वर्षेनी पाँच अर्ब लिटर मदिरा खपत हुने गरेको भारतमा अवैध विषालु मदिरा सेवनका कारण वर्षेनी मृत्यु हुनेको संख्या अधिक रहन्छ । यस सिलसिलालाई निरन्तरता दिँदै भारत उत्तर प्रदेशमा घरमा बनाइएको विषादी रक्सी सेवन गरेका १२ जनाको मृत्यु भएको छ । सोमबार भएको यस घटनालाई भारतीय मदिरा प्रयोगकर्ताहरुको पछिल्लो अवैध मदिरा कारोबार भन्दै एजेन्सीहरुले समाचार सम्प्रेषण गरेका छन् ।
उत्तर प्रदेशको प्रहरीले गतसाता बिहीबार अवैध र विषाक्त मदिरा सेवा गरेकाहरु पेट दुखेर आत्तिएको जानकारी दिएको थियो । “बिषालु तरल पदार्थ सेवन गरेपछि १२ जनाको मृत्यु भएको छ,” अजाम्गार्ह जिल्लाका प्रहरी प्रमुख अजय कुमार साहनीलाई उद्धृत गर्दै भनिको छ ।
विषाक्त र अवैध मदिरा पदार्थ उत्पादनमा संलग्न भएको आभियोगमा २१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने विषाक्त रक्सी सेवन गरेका अरु चार जनाको अहिले पनि अस्पतालमा उपचार भईरहेको छ । अधिकारीहरुले राज्यका पिछडीएका ३० ठाउँमा अनुगमन गरेर अवैध रुपमा विक्रिवितरण गर्न लागिएको ११ सय लिटर मदिरा र १० हजार लिटर अवैध रुपमा घरमै बनाइएको मदिरा नष्ट गरेको प्रेस ट्रष्ट अफ इण्डीयाले जनाएको छ ।
उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यले तीन जना प्रहरी अधिकारीसहित आठ जना जिल्लास्तरीय सरकारी अधिकारीहरुलाई निलम्वन गर्नुभएको छ । उनीहरुलाई आफ्नो जिम्मेबारीप्रति बेवास्ता गरेको दोष लगाइएको पिडिआईले लेखेको छ । यस्ताखाले मदिराजन्य पदार्थ भारतमा निकै धेरै प्रयोग गरिन्छ । अवैध मदिरा बोतलमा पनि पाइने गरेको छ । त्यसैले मृत्युका घटनाहरु बेला बेलामा हुने गरेको छ । सन् २०१५ मा मुम्बइमा मात्र एक सय जना भन्दा बढीको विषालु मदिरा सेवनकै कारण मृत्यु भएको थियो ।
प्रतिक्रिया