ग्लोबल आईएमई बैंकको नयाँ फड्को

ग्लोबल आईएमई बैंकको नयाँ फड्को


ग्लोबल आइएमई बैंक लि.ले रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडलाई एक्विजिसन (प्राप्ति) गरी एकीकृत कारोबार सञ्चालन गरेको छ । असार २५ गते अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संयुक्त कारोबार सञ्चालन शुभारम्भ समारोहको उद्घाटन गर्नुभएको हो । विगत ११ वर्षदेखि बैंकिङ कारोबार गर्दै आएको राष्ट्रिय स्तरको रिलायबल डेभलपमेन्ट बैंकले ग्रामिणस्तरसम्म १७ वटा शाखामार्फत बैंकिङ कारोबार गर्दै आएको र उक्त बैंकको रु. ८ अर्ब निक्षेप, रु.७ अर्ब कर्जा तथा रु. १ अर्ब १ करोड चुक्ता पूँजी रहेको थियो । ग्लोवल आईएमई बैंक लि. नेपाल सरकार एवम् नेपाल राष्ट्र बैंकको मर्जर र प्राप्ति नीतिलाई अंगिकार गर्दै हालसम्म १० वटा बैंक तथा वित्तिय संस्थालाई सपmलतापुर्बक मर्जर र प्राप्ति गरी पूँजीको हिसाबले निजी क्षेत्रको दोस्रो ठुलो बैंक बनेको बताइएको छ । यस प्राप्तिपश्चात् ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड पुगेको छ भने कुल निक्षेप ९७.७० अर्ब, कर्जा लगानी रु. ८२ अर्ब, शाखा संख्या १ सय १२, भारत तथा अस्ट्रेलियामा प्रतिनिधि कार्यालय, एटिएम ११४, ५ वटा एक्सटेन्सन काउण्टर, ४६ शाखारहित बैंकिङ सेवा तथा ग्राहक संख्या ७ लाख भन्दा बढि पुगेको बैंकले जनाएको छ ।

रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरेपछि ग्लोबल आइएमई बैंक लिमिटेडले आगामी दिनमा आफ्ना ग्राहकलाई अझ बिस्तारित रुपमा गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने विश्वास एवम् प्रतिबद्धता व्यक्त गरेको छ ।