‘संविधानसभा विघटन हुनुपर्छ’- खुमबहादुर खड्का

‘संविधानसभा विघटन हुनुपर्छ’- खुमबहादुर खड्का


नेपाली काङग्रेसका शक्तिशाली नेता खुमबहादुर खड्का संविधानसभा भङ्ग गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्नुभएको छ । पार्टी कार्यकर्तामाझ लोकप्रिय, कर्मठ, जुझारू र क्रान्तिकारी नेता खड्का काङ्ग्रेसको बाह्रौं महाधिवेशनमा सभापति या महामन्त्री पदमा उठ्ने भन्नेबारे अझै छलफलमा व्यस्त हुनुहुन्छ । माओवादीसँग तिखो असहमति राख्दै आउनुभएका नेता खड्का दुर्इपटक गृहमन्त्री भइसक्नुभएको छ । नेता खड्कासँग समसामयिक विषयमा घटना र विचारका लागि ऋषि धमलाले गरेको कुराकानी ः
० नेपाली काङ्ग्रेस अब कसरी अघि बढ्ला –
– भविष्यमा पनि काङ्ग्रेस बीपीकै समाजवादी विचार मानेर अघि बढ्छ । अहिले कता-कता विचारबाट भड्किएकोजस्तो देखिएको छ । यसलाई ट्रयाकमा ल्याउनुपर्छ । आगामी बाह्रौं महाधिवेशनमा सभापतिका उम्मेदवार साथीहरू कस्तो नीति लिएर आउनुहुन्छ, त्यसबाटै सबै कुराको निक्र्योल हुन्छ ।
० काङ्ग्रेस महाधिवेशनमा तपाईं कुन पदमा लड्दै हुनुहुन्छ –
– अहिले यसबारे मैले कुनै निर्णय लिएको छैन । म छिट्टै निर्णय गर्छर्ुु सबै साथीहरू आइसक्नुभएको छैन । म सरसल्लाह गर्दै छु ।
० सभापतिमा सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङमा कसलाई समर्थन गर्नुहुन्छ –
– अहिले मैले कसैलाई गरेको छैन । म आफैं यसको तयारी गरिरहेको छु भनेपछि कसैलाई समर्थन गर्ने भन्ने कुरै आउँदैन ।
० अब काङ्ग्रेस माओवादीसँग भिड्ने कि मिल्ने –
– हिजो काङ्ग्रेसले गल्ती-कमजोरी गर्‍यो । १२ बुँदे समझदारी मानेर माओवादी जान्छ भने योभन्दा राम्रो विकल्प छैन । तर, त्यस्तो अवस्था देखिएको छैन । उनीहरू लिँडेढिपी छाड्दैनन्, बहुदलीय व्यवस्था र प्रजातन्त्र मान्दैनन् भने एकपटक भिड्नु त पर्छ-पर्छ । यसभन्दा अर्को विकल्प छैन । यसबारे मेरो स्पष्ट विचार छ ।
० भिड्ने भनेको त गृहयुद्ध होइन र –
– लगभग त्यस्तै हो । माओवादीका कारण मुलुक गृहयुद्धमा जान सक्छ ।
० गृहयुद्धमा जान त काङ्ग्रेसको सभापति त बलियो चाहियो नि –
– कार्यकर्ताले कसलाई बलियो मानेका छन् र को बलियो छ भन्ने कुरा त महाधिवेशनले बताउँछ । कसले काङ्ग्रेसलाई बचाउन सक्छ, सुदृढ पारेर लैजान सक्छ भन्ने कुरा कार्यकर्ताको विवेकमा निर्भर छ । कार्यकर्ताको विवेक पुगेन भने काङ्ग्रेस कहाँ पुग्छ भन्न सकिन्न ।
० अब काङ्ग्रेस महाधिवेशन एकताको कि विभाजनको –
– चुनावमा हारजित हुँदैमा काङ्ग्रेस विभाजन हुँदैन । बरु अझ सशक्त भएर अघि बढ्छ ।
० द्दसुशील र देउवाको खेमा छुटि्टयो नि त –
– जसले सुशील र देउवाको खेमा भन्छ त्यो गलत हो । पार्टी भनेको शेरबहादुर, खुमबहादुर या भीमबहादुर होइन । काङ्ग्रेस एक छ र एक हुन्छ । प्रजातान्त्रिक प्रक्रिया जुनसुकै पार्टीमा हुन्छ, त्यो सामान्य हो ।
० देउवासँग तपाईंको समीकरण हुँदै छ रे –
– त्यो निश्चित भइसकेको छैन । मेरो सबैसँग कुरा भइरहेको छ । कोसँग समीकरण बन्छ, अहिले भन्न सकिँदैन ।
० संविधानसभाको औचित्य सकिएको घोषणा गर्नुभएछ –
– हो, अब संविधानसभाको औचित्य सकियो । यो मृत्युशय्यामा पुगिसकेको छ । यसको अवधि अझै लम्ब्याउनुपर्छ भन्नेहरू सत्तालोलुप र पाखण्डी हुन् । यसलाई चाँडोभन्दा चाँडो विघटन गरेर स्वतन्त्र व्यक्तिहरू रहेको नयाँ सरकार बनाउनुपर्छ र ताजा चुनावमा जानुपर्छ ।
० भनेपछि अब काङ्ग्रेसले पनि प्रधानमन्त्रीको चुनाव नलड्दा हुन्छ –
– संविधानसभाकै औचित्य छैन भनेपछि प्रधानमन्त्रीको के औचित्य – हाम्रो पार्टीमा पनि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ भनेर चिच्याउनेहरू थिए । मैले त संविधानसभाको म्याद बढाउनै हुँदैन भनेको थिएँ । पार्टीले ६ महिना म्याद थप्ने निर्णय गर्‍यो र पछि एक वर्ष म्याद थपियो, त्यो नै दुर्भाग्य हो मुलुकका लागि ।
० प्रचण्डले त संसदीय व्यवस्था असफल भयो भने नि –
– उनले कहिले संसदीय व्यवस्था मानेका छन् र – उनीहरू यसलाई असफल बनाउन लागेका हुन्, असफल बनाउन सफल पनि हुन खोज्दै छन् । यसमा उनीहरू खुसी भएका होलान् ।