पाठकमञ्च:ज्यान फाल्ने पक्षकाले ज्यान लिन लागे

पाठकमञ्च:ज्यान फाल्ने पक्षकाले ज्यान लिन लागे


गत साउन १९ गते साँझ काठमाडौं गौशालामा सुस्त गतिमा गुडिरहेको बा.४च २९७२ नम्बरको टाटा मोबाइल पिकअपमा बा.२प ४९९८ नम्बरको दर्ुइजना सवार पल्सर बाइक तीव्र गतिमा आएर ठक्कर दियो । अत्यन्त अनियन्त्रित गतिमा हाँकिएकोले हुनसक्छ, पिकअपमा जुद्धा बाइकसवारको घटनास्थलमै मृत्यु भयो । सो सम्बन्धमा मृतक पक्षले बौद्ध प्रहरी डीएसपीकै उपस्थितिमा जनही दस लाख नगद माग गर्‍यो । जथाभावी किसिमबाट बाइक हाँकेर आफैं गल्ती गर्ने अनि मनलाग्दो पैसा माग्दैमा दिनसक्ने कुरै भएन । काठमाडौं सार्वजनिक यातायात पिकअप ढुवानी व्यवसायी सङ्घबाट कानुनसम्मत रूपमा दर्ुइ लाख ५० हजार प्रदान गरिने प्रस्ताव गर्दा अस्वीकार गर्दै यस सङ्घमातहतका पिकअप र कार्यालय भवन तोडफोड गर्ने, सदस्यहरूलाई अपहरण र समाप्तै पारिदिन्छौँ भनी धम्की दिने अमानवीय क्रियाकलाप गर्न थालिएको छ । समस्त राजनीतिक दल, मानवाधिकारवादी संस्था, नागरिक समाज, सञ्चारकर्मी तथा आमजनसमुदायमा जानकारी गराउँदै सुरक्षाका निम्ति अपिल गर्दछौँ ।
– अर्जुनबहादुर सुवेदी, महासचिव, काठमाडौं सार्वजनिक यातायात पिकअप ढुवानी व्यवसायी सङ्घ

विमलाको बलात्कारीमाथि कारबाही होला –
१७ वषर्ीया विमलाकुमारी पुनः एक बोल्न नसक्ने र कान नसुन्ने महिला हुन् । आफन्त कोही नभएकी उनी विगत २ महिनादेखि काठमाडौंको कपन ३ मा बस्दै आएकी थिइन् । उनी बसेको घरका छिमेकी कमला खड्कासँग सामान्य चिनजान थियो । गत साउन २१ गते पीडित विमला छिमेकमा बस्ने कमला खड्काको घरमा गएकी रहिछन् । त्यहीबेला आफ्नो २ तोलाको सुनका गहना चोरेको आरोप लगाई विमलामाथि निर्घर्ााकुटपिट गरी कमला र निजका श्रीमान् पर्शुराम खड्काले महानगरीय प्रहरी प्रभाग बौद्ध काठमाडौंमा पुर्‍याएर जिम्मा लगाएका छन् । पीडित विमलाका अनुसार प्रहरीचौकीमा पनि सुन फिर्ता दे भनी प्रहरीहरूले उनलाई थप कुटपिट गरे तर सुन फिर्ता नभएपछि प्रहरीले पुनः कमला -पीडक) कै जिम्मा लगाई विमलालाई पठाइदिए । यसपछि कमलाले विमलालाई आफ्नै घरमा राखिन् । गत २ गते कमला र पर्शुरामले नाङ्गेझार बनाई सिस्नुपानी लगाएर कुटे । यो दृश्य गाउँलेले सहन नसकी प्रहरीलाई खबर गरे । जुनबेला विमला अचेत अवस्थामा थिइन् । घटना थाहा पाएर महिला आधारशिलालगायतका संस्थाहरू बौद्ध प्रहरीमा पुग्यौँ । त्यहाँ पुगेर पीडित विमलालाई सोधिखोजी गर्दा विमला बोल्न नसक्ने भए पनि इसाराले मैले सुन चोरेको होइन, मलाई पर्शुरामले फकाएर तँलाई विवाह गर्छु, नी एउटा तिलहरी दिएको हो, त्यो मैले फर्काइदिएँ, भदौ २ गते कमलाले मलाई पिटिन् र कोठाभित्र थुनिदिइन्, त्यसबेला उनका श्रीमान् पर्शुरामले बलात्कारसमेत गर्‍यो, भन्दै रुँदै आफ्नो वेदना सुनाइन् । यसरी एउटा अपाङ्ग युवतीमाथि ज्यादती गर्नेलाई अब राज्यले कस्तो कारबाही गर्ने हो, हामी प्रतीक्षारत छौँ ।
– प्रमिता खनाल, शशिबाबु पौडेल, काठमाडौं