पत्रकार महासंघ युरोप शाखाको अधिवेशन

पत्रकार महासंघ युरोप शाखाको अधिवेशन


नेपाल पत्रकार महासंघ युरोप शाखाको तेश्रो अधिवेशन बेल्जियमको लुभेनमा शनिबार सम्पन्न भएको छ । अधिवेशनले केजिन राईको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डिल्लीराम अम्माई (बेल्जियम), उपाध्यक्ष राजकुमार दिक्पाल (पोर्चुगल), महासचिवमा योगेन्द्रमिलन छन्त्याल (पोर्चुगल), सचिवमा द्रोण रिजाल (नेदरल्याण्ड) र सदस्यहरूमा शेरबहादुर छन्त्याल (बेल्जियम), वीरमान घर्ति मगर (बेल्जियम), प्रेम परियार (नर्वे), निराजन श्रेष्ठ (स्वीटजरल्याण्ड), माहिन्दो वाईवा (इटली), प्रेम पोमु (जर्मनी) र तेज नेपाली (बेल्जियम) चयन भएका छन् ।

यसैगरी नयाँ सदस्यताको प्रक्रिया पूरा गरेपछि स्पेनका वसन्त रानाभाट, डेनमार्कका महेश खाँती र पोर्तुगलका पेम्बागेलु शेर्पालाई सचिवमा, स्पेनका भोला लामिछाने, बेल्जियमका निलम घिमिरे, दीपकज्योति पौड्याल, स्वीटजरल्याण्डका अच्युतप्रकाश फुयाल, जंगम खड्का, पोर्तुगलका यामबहादुर गुरुङ, गणेश पाण्डे, विष्णु पौडेल र फ्रान्सका विनोद खकुरेललाई सदस्यमा पदस्थापन गर्ने निर्णय गरिएको छ ।

उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै प्रमुख अतिथिका रूपमा सहभागी भएका नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष खिलबहादुर भण्डारीले युरोप शाखाको तेस्रो अधिवेशनले युरोपमा सक्रिय पत्रकारहरूलाई एकढिक्का हुन आह्वान गर्दै स्वतन्त्र पत्रकारितामा देखिएका पछिल्ला चुनौतीहरूमा पत्रकारहरू बढी जिम्मेवार बन्न अनुरोध गरे । उनले महा संघले कसैलाई काखा र पाखा नगर्ने भन्दै आफ्नो कार्यकालभरि राजनैतिक आस्थाका जिम्मेवारीबाट मुक्त भएर निस्पक्ष रुपमा पत्रकारिता गर्न समेत पत्रकारहरूलाई निर्देशन दिए । पत्रकार महासंघ युके शाखा अध्यक्ष नरेश खपाङ्गी मगरको एकल निर्वाचन मण्डलले सहमतिको आधारमा कार्यसमिति घोषणा गरेको थियो ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सचिव अर्जुनकुमार श्रेष्ठ, परिषदमा बेल्जियमबाट सदस्य रहेका नेत्र मगर, एनआरएनए बेल्जियम अध्यक्ष गंगाधर गौतम, एनआरएनए पोर्तुगल अध्यक्ष भिम केसी कमल, नेपाली संघिय समाज बेल्जियम महासचिव लोक राना, नेपाली जनसम्पर्क समिति बेल्जियमका महामन्त्री सुवास गुरुङ, नेपाली जनप्रगतिशिल मन्च बेल्जियमका अध्यक्ष जीत लामा, तामाङ समाज युरोप अध्यक्ष बाबुराजा लामालगायतका अतिथिहरूले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको अन्तमा प्रमुख अतिथिद्वारा नवनिर्वाचित कार्यसमिति सदस्यहरूलाई प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रम शाखा अध्यक्ष केजिन राईको अध्यक्षता, निलम घिमिरेको स्वागत मन्तव्य र द्रोण रिजालको संचालनमा सम्पन्न भएको थियो ।