राजा त्रिभुवन (घोषणापछि)

राजा त्रिभुवन (घोषणापछि)


sn-karki-5

– स्वयम्भूनाथ कार्की

परिच्छेद ३१ मा सीपीएन सिन्हाले बीपी, मातृका र सुवर्णलाई बोलाएर भेटेको प्रसङ्ग छ । यो प्रसङ्गमा राजा, राणा र काङ्ग्रेबीच हुने कन्फरेन्स कहाँ हुने भन्ने विषयमा छलफल भएको उल्लेख छ । जसमा बीपीको प्रस्ताव कसैलाई पनि उचित लागेन । परिच्छेदको अन्तमा भन्छन्, ‘दिल्ली त मलाई मन परेको छैन । अब तपाईं, हाम्रो अध्यक्ष र सुवर्णजीहरू भन्नुहुन्छ र महाराजाधिराजको पनि त्यही इच्छा छ भने त अब अरू कुरै भएन ।’ यसअघि राजाको लडाइँ बन्द गरेर वार्ताद्वारा समस्या समाधान गर्न गरेको अपिल छर्ने प्लेन बीपीको आदेशले चलाइएको गोलीबाट संयोगले मात्र बाँचेको थियो । उनी भन्छन् ‘मैले त्यसले छरेको पर्चा के रहेछ भनेर हेर्दा कस्तो रिस उठ्यो भने मैले त्यस प्लेनलाई फायर गर भनेको थिएँ ।’

राजा त्रिभुवनसँगको जीवनको पहिलो भेटभन्दा ठीक पहिलेका यी घटनाक्रम थिए । पहिलो भेट भयो, परिच्छेद ३२ मा त्यो पहिलो भेट र कुराकानी यसरी वर्णन गरिएको छ, ‘महाराजाधिराजले मलाई आफ्नै काउचमा बस्नुस् भने, म बसेँ । उनले कस्तो छ, के छ भनेर सोधे । तपाईंको बारेमा धेरै सुनिसकेको थिएँ भनेर तारिफ गरे ।’ त्यसपछि ठुल्दाजु (मातृका), सुवर्णजी र सायद सूर्यबाबुले सबैसँग भेट्ने, तर बीपीले केवल नेहरूसँग मात्र भेट्ने क्रम चल्यो । रावसँग उनको अर्को भेट नै भएन । राउन्ड टेबुल कन्फरेन्सलाई यिनै अलग–अलग वार्ताहरूले विस्थापन गरिदियो । बीपी बाटो हेरेका हे¥यै भए अचानक उनले ‘तय हो गया’ भन्ने सुने । त्यसपछि सरकार गठनको व्यस्तता सुरु भइहाल्यो राजासँग भेट र सल्लाहको समय नै भएन ।

आत्मवृत्तान्त किताबमा मात्र आधारित यो अध्ययनमा राजा त्रिभुवनको तर्पmबाट के प्रयत्न भयो त्यो थाहा पाउने उपाय छैन र पनि नेपाल फर्किसकेपछि बीपीसँग नजिकिने लगातार प्रयत्न भएका उदाहरण छन् । बरु बीपीबाटै ती प्रयत्नको प्रतिकूल प्रतिक्रिया दिएको पाइन्छ । बीपीको प्रयत्न नेहरू समूहमा सम्बन्ध कम गर्दै जयप्रकाश नारायण समूहसँग घनिष्टता बढाउँदै लैजाने भएको देखिन्छ भने राजाको समदूरीमा भारत मात्र होइन अन्यसँग पनि सम्बन्ध कायम राख्ने प्रयत्न देखिन्छ । तर, यो प्रयत्न फलामको चिउरासरह नै हुने परिस्थिति स्वयम् बीपीले नै अज्ञानतावश सिर्जना गरिदिएका थिए । आपूmलाई प्रशासनिक सहयोगी भनेर ल्याएको भारत सरकारको कर्मचारी गोविन्दनारायणलाई राजाको निजी सचिव बनाएर । यो कामले नेपालको अन्तरङ्ग काम तथा कदमहरूको पहिलो सूचना भारत सरकारलाई अझ भन्ने हो भने नेहरूलाई पहिले पुग्ने परिपाटी बस्यो ।

राजा त्रिभुवनले बीपीलाई विश्वासमा लिन आफ्नो जीवनभरि नै प्रयत्न गर्दै रहे । पारिवारिक समारोहहरूमा, अन्तरङ्ग मनोरञ्जनका कार्यक्रमहरूमा बीपीलाई सामेल गर्नुको पछाडि यो कारण नै देखिन्छ । बीपीको ज्ञान, योग्यता, क्षमता तथा कुशलताको उपयोग दुई नेपाली शक्ति राजसंस्था र नेपाली काङ्ग्रेस मिलेर नेपालको हितमा होस् अनि दुवैको बीचमा कुनै बाह्य शक्तिले खेल्न नपाओस् भनेर राजा त्रिभुवनले सक्दो प्रयास गरे । परिच्छेद ३७ बाट एक उदाहरण सान्दर्भिक नै हुन्छ । ‘अनि त्रिभुवनले मलाई भने, हेर्नुहोस्, तपाईंको र मेरो सम्बन्ध बिगार्नलाई उसले आएर यसरी चुक्ली लगाएको छ । किनभने, तोप लिने अधिकार त राजाको हो । उसले आएर भन्छ, सरकार ने क्या गृहमन्त्री को तोप का सलामी दिया ? भनेर । त्यसरी कुरा लगाएर तपाईं र मेरो सम्बन्ध बिगार्न आएको थियो । तपाईं सतर्क रहनुहोला ।’

राजा त्रिभुवन (घोषणापछि)

बीपीले यस कुरालाई कुनै महत्व दिएनन्, बरु बीपीको सल्लाहमा राजालाई व्यक्तिगत आचरण सुधार्न नेहरूले चिठ्ठी लेखे । चिठ्ठीमा ‘तपाईंले बीचबीचमा, हिन्दुस्थानका यी ठूलाठूला सहरहरूमा आउन भएन र अलिकति तपाईंले संयमसँग बस्नुभयो भने राम्रो हुन्छ कि ?’ पनि लेखिएको थियो । एक मुलुकको सरकारप्रमुखले अर्को मुलुकको राष्ट्राध्यक्षलाई लेख्ने भाषा यो थिएन, नेहरू यो कुरा जान्दथे । त्यसैले चिठ्ठीसँग यो तपाईंको गृहमन्त्रीको आग्रहमा लेखिएको भनेर राजदूतलाई भन्न पनि लगाए । राजाले बीपीलाई भने, ‘तपाईंले विदेशको प्राइममिनिस्टरलाई किन कुरा लगाउनुप¥यो ? मलाई नै भनेको भए भइहाल्थ्यो नि ।’ राजा बीपीको सबै कुरा सल्लाह सुन्न तयार थिए, तर यहाँ महसुस भएको कुरा के हो भने बीपीले राजासँग हमेसा दूरी राखे ।

नेहरूले आपूm र बीपीबीच फाटो ल्याउन खोजेको कुरा राजा त्रिभुवनले बुझे, उनले यो कुरा बीपीलाई सीधा घुमाउरो हरेक तरिकाले बुझाउन खोजे । तर, बीपीले त्यो बुभ्mन नै चाहेनन् । यसको असर राणा–काङ्ग्रेस संयुक्त सरकारको पतनपछि बीपीलाई प्रधानमन्त्री हुन रोकेर प¥यो । राजा त्रिभुवनले आफूले मातृकाभन्दा बीपीको साथ चाहेको कुरा स्पष्ट शब्दमा भनेको कुरा पनि किताबमा उल्लेख छ । त्यही परिच्छेदमा राजाले भनेको भनेर बीपीले उल्लेख गरेका छन् ‘होइन, तपाईंको र मेरो स्वभाव मिल्छ मातृकाबाबुसँग मिल्दैन । तर, के भइरहेको छ तपाईंसँग मेरो ठ्याक मिल्न लागेको छैन ।’ यसरी राजा त्रिभुवनले हमेसा साथ लिन खोज्दा पनि यिनी आफ्नो जीवनपर्यन्त सफल भएनन् । भारतको साथ घातक हुन सक्थ्यो, राणाहरूलाई फेरि विश्वास गर्नु आगोमा हामफालेसरह हुन्थ्यो, मातृकामा सङ्गठन क्षमताको कमी देखेका थिए, त्यसैले साथ लिने एकै विकल्प बीपी नै थिए ।

तर, राजा त्रिभुवनले बीपीलाई साथमा लिन असफल भएर नै संसार छोड्नुप¥यो । जसको दुष्परिणाम यतिका वर्षसम्म पनि देखिँदै छ । यही दुष्परिणामले वर्तमानमा नेपालको अस्तित्वमाथि नै प्रश्नचिह्न लगाएको छ । इतिहास केलाउने जिम्मा इतिहासकारको हो । सबै उपलब्ध जानकारीबाट इतिहास परिष्किृत गर्नु यो आलेखको ध्येयभित्र पर्दैन, तर इतिहासका एक प्रमुखपात्रले आफ्नोतर्पmबाट प्रस्तुत गरेका कुराहरूमा पनि इतिहास परिमार्जनको खाँचो देखिएको छ । राजा त्रिभुवनले बीपीको साथले मात्र मुलुकको भलो देखेका थिए, तर उनले गरेका सबै प्रयत्न विफल भए । सुरुमा उनका छोरा राजा महेन्द्रले पनि बीपीको साथ लिन धेरै वर्ष मिहिनेत गरे, त्यसपछि आफ्नो जीवनको उत्तरार्धतिर उनलाई विकल्प रोज्नैपर्ने भयो । विकल्प कस्तो रह्यो त्यसको बेग्लै ठेली हुन सक्लान् तर विकल्प भने राजा त्रिभुवनकै समयमा आवश्यक भइसकेको छनक भने किताबमा राजा त्रिभुवनको पात्र विवेचनले दिन्छ ।