आई लभ यू टू भन्दा फसिन्छ कि ?-राजन घिमिरे

आई लभ यू टू भन्दा फसिन्छ कि ?-राजन घिमिरे


यतिबेला चर्चामा छन् नायक सुमन सिंह । विशेष गरेर युवा पुस्ताका दर्शकहरूमाझ लोकप्रिय सुमन सिंह यतिबेला साँच्चै भ्याइनभ्याईकै अवस्थामा आइरहेका छन् । उनी एकसाथ दुर्इवटा सिनेमामा काम गरिरहेका छन् भने उनले अभिनय गरेका दर्ुइवटा चलचित्र नाइँ नभ्ननु ल र तिमीबिनाको जीवन प्रदर्शन भइरहेका छन् ।
० के अहिले व्यस्त नै हो त –
– किन ढाँट्नु † तपार्इंले सुनेको कुरा साँचो नै हो ।
० सुमन अब चम्केकै हुन् त –
– त्यसो त नभनौँ । पहिलेभन्दा राम्रा-राम्रा अवसरहरू आइरहेका छन् । त्यसमा नै सन्तुष्टि मिलेको छ ।
० भनेपछि सुमनको क्रेज बढ्दो छ –
-र् दर्शकहरूले माया गरिदिनुभएको छ ।
० सुमनका बढी प्रशंसकहरू युवती छन् भन्छन् नि –
– कुरा सत्य नै होला । तर, म के भन्छु भने मेरा फ्यानहरू सबै खालका दर्शकहरू छन् ।
० सुमन भनेपछि केटीहरू भुतुक्कै हुन्छन् रे, हो –
– अहिलेसम्म त मप्रति केटीहरू भुुतुक्कै भएको पाइको छैन नि ।
० तपाईंचाहिँ केटीहरू भनेपछि कत्तिको भुतुक्क हुनुहुन्छ नि –
– केटी भनेपछि लाजले भुतुक्कै हुने ममाथि यस्तो आरोप नलगाए हुन्थ्यो कि ।
० केटी भनेपछि किन डराएको नि –
– डराएको होइन । तर, केटीको मामिलामा फसियो भने त बर्बाद नै भइहाल्छ नि ।
० केटीहरूको सौर्न्दर्यको सामग्री बन्न पाए कुन सामग्री बन्नुहुन्थ्यो होला –
– म त गाजल नै बन्थेँ । किनकि सधैं आँखामा बस्न पाइन्थ्यो नि ।
० कुनै समूहमा केटीहरू भेट हुँदा तपाईंलाई के भनेर केटीहरूले कमेन्ट गर्ने गर्छन् –
– कस्तो चकलेटी रहेछ । केटी जस्तै भनेर भन्छन् । तर, यो मैले भनेको होइन नि । मप्रति युवतीहरूको कमेन्ट हो नि ।
० पहिलोपटक कसैले आई लभ यू भनेको थियो –
– पहिलोको कुरा त याद छैन । अहिले कलाकारिता क्षेत्रमा लागेपछि यस्ता आई लभ यू धेरै सुनिन्छ । तर, कतिलाई आई लभ यू टू भन्नु – आई लभ यू टू भन्दा फसिन्छ कि भन्ने डर लाग्छ ।

मनीषाको हप्कीपछि निर्माता लुत्रुक्कै
नेपाली सिनेकर्मीहरूको पनि कुरा बुझिसक्नु छैन । कसैले केही नयाँ कुरा गर्न खोज्यो वा गर्‍यो भने सबै त्यतातिरै लाग्न थाल्छन् । आफ्नो सोच नयाँ र उद्देश्य फराकिलो नभएपछि अर्काको कामको तारिफ गर्ने अनि अरूको जस्तै गरी उनीहरूकै पछि लाग्ने गलत परम्पराकै कारण पछाडि परेका छन् केही सिनेकर्मीहरू । एउटी नायिकाको मामिलामा पनि केही दिन अगाडि यस्तै भयो यहाँ । ती नायिका हुन् मनीषा कोइराला ।
मनीषाले करिब दर्ुइ दशक अगाडि एउटा नेपाली चलचित्र खेलिन्- फेरि भेटौँला । त्यो फिल्म खेलेपछि फेरि भेटौँला भन्दै मुर्म्बईतिर हानिएकी उनी भारतीय चलचित्रमा पनि रामै्रसँग जमिन् । यतिबेला मुर्म्बईमा उनको बजार ओरालोतिर लागेपछि फेरि उनी ठूलो आशा र भरोसा बोकेर नेपाली सिनेमामा हानिएकी छिन् । र, उनलाई पछिल्लोपटक साथ दिइन् शाहीकालीन महिलामन्त्री डा. दर्ुगा पोखरेलले । दर्ुगाले लगानी गरेको नेपाली चलचित्र ‘धर्मा’मा नायिका बनेर फेरि मनीषा नेपाली सिनेमामा छिरेकी छिन् र यो सिनेमालाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् ।
मनीषा कसरी धर्मार्मा खेलिन् – उनको र डा. दर्ुगा पोखरेलबीच के सम्बन्ध छ वा यत्रो समयपछि मनीषाले दर्ुगा पोखरेलकै सिनेमामा काम गर्नुको अर्थ के – भन्ने जस्ता गहन कुराहरू नबुझीकन आफू पनि मनीषालाई सिनेमामा खेलाउने ठूलो सपना बोकेर फिल्म प्रस्तावसहित मनीषासमक्ष पुगेका केही निर्माताहरू हिस्स परेका छन् । सिनेमा बजारमा रामै्र नाम भएका ती निर्माता/निर्देशकको नाम भने इज्जतका लागि भए पनि गोप्य राखिएको छ । यसरी मनीषासमक्ष फिल्मको प्रस्ताव लिएर गएकालाई यस्तो जवाफ दिइन् कि त्यस्तो जवाफ आउने कुरा ती निर्देशकले कल्पना पनि गरेका थिएनन् ।
मनीषाले पहिले सिनेमाको बजेट सुनिन्, अनि जवाफ दिइन् यस्तो- ‘तपाईंको फिल्मको बजेटले त मेरो पारिश्रमिक पनि पुग्दैन । कसरी आँट गर्नुभयो -‘ मनीषाको जवाफपछि रातो-पिरो भएका ती निर्माता/निर्देशकले यो कुरा गोप्य राख्न खोजेका थिए, तर चलचित्र ‘धर्मा’कै एक सदस्यले यो गोप्यता भङ्ग गरिदिएका छन् । ती निर्माताले ‘धर्मा त खेल्नुभयो नि’ भनेर प्रत्रि्रश्न राख्दा मनीषाको जवाफ थियो- ‘मैले त्यो फिल्म बिनापारिश्रमिक पनि खेलेको हुन सक्छु । तपाईंलाई के थाहा -‘ मनीषाको दोस्रो कडा जवाफ सुनेपछि लुत्रुक्क भएर फर्किएका ती निर्माताले डा. दर्ुगा पोखरेल, मनीषा र मनीषाका पिता प्रकाश कोइरालाबीचको सम्बन्धको हेक्का नै राखेनन् । मनीषालाई आफ्नो सिनेमामा खेलाउने धोको केवल धोकोमा नै सीमित भएपछि अहिले ती निर्माता मनीषालाई यसो भन्दै हिँड्न थालेका छन्- ‘मनीषालाई खेलाउने सोच थियो तर उसको रोल नै निक्लिएन । अब त मनीषा पनि बूढी देखिन थालिछिन् ।’ ती निर्माताको यो भनाइलाई भने जानकारहरू फ्याउरोले अङ्गुर खान नसकेपछि अमिलो अङ्गुर कसले खाओस् भनेको प्रसङ्गतिर जोड्न थालेका छन् ।