प्रेरक व्यक्तित्व :निरन्तर सत्याग्रही

प्रेरक व्यक्तित्व :निरन्तर सत्याग्रही


०३४ सालमा जननेता बीपी कोइरालालाई पोखरा एयरपोर्ट उत्रन नदिएको दिन काङ्ग्रेसमा आस्थावान् एक २४ वर्षो युवकको सङ्कल्प थियो- पञ्चायत नढलेसम्म जुत्ताचप्पल नलगाउने, नुन नखाने, सन्तान नजन्माउने र नयाँ कपडा नफेर्ने ।
त्यसै दिनदेखि गाउँसहरमा जुत्ताचप्पल नलगाउने सत्याग्रहीको चिनारी बनाउनुभयो शङ्करप्रसाद पाण्डेले । ०३६ को जनमतसङ्ग्रहमा बहुदलले हारेपछि उहाँ पूर्ण रूपमा जटादारी पालेको, कम्मल ओडेको जोगी भेषमा हिँड्नुभयो । त्यसको एकमात्र उद्देश्य थियो- प्रजातन्त्र प्राप्ति ।
सत्याग्रहका बेला घोषित समय र कार्यालयमा पुगेर धर्ना दिने शङ्कर पाण्डेकै समूहमात्र थियो । उहाँको मिसन कहिल्यै पनि ‘पदप्राप्ति’ रहेन, प्रजातन्त्रको प्रतिफल गरिबका झुपडीसम्म पुर्‍याउने सपना मात्र रह्यो । उहाँ भन्नुहुन्छ- राजनीति, ऐसआराम, मोजमज्जा, सुखसयल नेताहरूको लहड होइन ।
मुलुकमा प्रजातन्त्र भनियो, लोकतन्त्र भनियो, गणतन्त्र भनियो, तर मुलुकको अवस्थामा कुनै सुधार आएन । उहाँ अहिले पनि खालीखुट्टै हिँड्नुभएको छ । नेपालमा लोकतान्त्रिक संविधान नबनेसम्म जुत्ता नलगाउने उहाँको अठोट छ । यसलाई उहाँ गान्धीवादीभन्दा पनि नीतिवादी राजनीति मान्नुहुन्छ । उहाँ भन्नुहुन्छ- शब्द, ठाउँ र कपडा फेरेर मात्र देशको अवस्था फेरिँदैन, प्रजातन्त्र भनेको जीवनशैली हो, व्यवहारमै देखिनुपर्छ ।
शङ्करप्रसाद पाण्डेको जन्म २०१० भदौ १४ गते भयो, बिर्घा स्याङ्जामा गणेशप्रसाद र सावित्रा पाण्डेका सुपुत्रका रूपमा । विमातृ तुलसातिर भाइ दिनेशप्रसाद र माधवप्रसाद छन् । गोमता भण्डारी, कला पोखरेल, भगवती गैरे र बसुन्धरा न्यौपाने उहाँका दिदीबहिनी हुन् । गाउँमा खेलेर, पढेर उहाँको बाल्यकाल बित्यो । बाघचाल, डन्डीबियो आदि त्यतिखेरका खेल थिए । सुरुमा गाउँमै चण्डी-दर्ुगा पढ्नुभयो । ब्रतबन्ध नगरी वेद पढ्न नपाइने भएकाले पाल्पा जानुभयो । गाउँमै स्कुल खुलेपछि बुबाले बोलाउनुभयो र जनता माविबाट एसएलसी दिनुभयो, २०२६ सालमा ।
उहाँको सपना थियो- एमबीबीएस डाक्टर बन्ने । त्रिचन्द्र कलेज भर्ना हुनुभयो, साइन्समा बायोलोजी लिएर । उहाँ त्रिचन्द्र पढेका बेला बाबुराम भट्टर्राई अस्कलमा पढ्नुहुन्थ्यो एउटै ब्याचमा । मेधावी विद्यार्थी शङ्करले आईएस्सीको परीक्षा दिन पाउनुभएन । किनभने बुबा खस्नुभयो । उहाँ गाउँ र्फकनुभयो । बुबाले स्थापना गरेको जनता माविमै गणित, विज्ञान र अङ्ग्रेजी पढाएरै १२ वर्ष बिताउनुभयो । अनि पाल्पाको त्रिभुवन क्याम्पसमा मानविकीतर्फ स्नातक गरेर राजनीतिशास्त्रमा स्नातकोत्तरसम्म गर्नुभयो ।
शङ्करप्रसाद पाण्डेका पालामा त्रिचन्द्र कलेजमात्रै थियो राजनीति गर्ने थलो । त्यहाँ रहँदा नै उहाँ सक्रिय हुनुहुन्थ्यो नेविसङ्घमा । जिल्लामा रहँदा उहाँ तरुण पत्रिका बोक्ने, बनारस जाने-आउने गर्नुहुन्थ्यो । पाल्पा, स्याङ्जा र गुल्मीका विकट भेगमा सङ्गठन विस्तारको जिम्मा उहाँलाई दिइएको थियो ।
उहाँले जनमतसङ्ग्रहका बेला जिल्लामै रहेर बहुदलका पक्षमा प्रचारप्रसार गर्नुभयो । ०४२ सालमा मावि तहको स्थायी शिक्षकबाट राजीनामा दिएर उहाँ सत्याग्रही बन्न निस्कनुभयो र अहिलेसम्म सत्याग्रहीकै हुलियामा हुनुहुन्छ ।
पाण्डे प्रतिबन्धितकालमै काङ्ग्रेसको गाउँ सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति हुँदै निरन्तर महासमिति सदस्य रहनुभयो । दर्ुइपटक सांसद भए पनि उहाँले मन्त्री बन्ने रहरसमेत गर्नुभएन । मन्त्री बनाउन खोज्ने गिरिजाप्रसाद कोइरालालाई उहाँले जवाफ दिनुभयो- प्रजातन्त्र स्थापनामात्र मेरो लक्ष्य हो, मन्त्री बन्ने काम छैन । संविधानसभामा उहाँलाई पार्टीले टिकट दिएन, टिकट नदिए पनि आफ्नो क्षेत्रमा उहाँले पार्टीलाई जिताउन कुनै कसर बाँकी राख्नुभएन । उहाँले कहिल्यै राजासँग भेट्नुभएन । किनभने राजासँग भेट्ने भनेको पदप्राप्तिका लागि थियो । पद लिने उहाँको कुनै महत्त्वाकाङ्क्षा थिएन ।
०४६ को जनआन्दोलन सफल भएपछि उहाँले छोरी जन्माउनुभयो, प्रतीज्ञा । कृष्णप्रसाद भट्टर्राई प्रधानमन्त्री बनेको दिन जन्मेकी थिइन् छोरी । त्यसपछि फेरि प्रजातन्त्रमा गडबडी हुन थालेपछि उहाँले समाजवादका लागि अर्को छोरी जन्माउनुभयो, प्रतीक्षा ।
त्यसो हुँदा सांसद हुँदा पार्टीले हि्वप लगाएपछि उहाँले सिंहदरबारभित्र बैठकका बेला मात्र नेपाली दौरासुरुवाल र जुत्ता लगाउनुभयो । उहाँले त्यतिबेला भन्नुभएको थियो- सिंहदरबारको घेराभित्र मात्र प्रजातन्त्र आएको छ । अहिले म यहाँभित्र मात्र लगाउन सक्छु, बाहिर प्रजातन्त्रै आएको छैन । उहाँले संसद्मै निर्वाचित राष्ट्रप्रमुख हुनुपर्छ भनेर बोल्नुभएको थियो । यसपटक काङ्ग्रेस महाधिवेशनमा केन्द्रीय सदस्य लड्ने उहाँको योजना छ । उहाँको विचारमा धर्म, राजनीति र विज्ञानको समन्वयबिना समाजमा शान्ति हुँदैन, व्यक्तिको कल्याण हुँदैन । नबुझी-नबुझी काम गरेकाले राजनीति उपहास, धर्म ठट्टा र विज्ञान विनासकारी भएको छ ।
प्ााण्डेलाई मनपर्ने नेता बीपी कोइराला हुन् । धर्मेन्द्र र हेमामालिनी उहाँका प्रिय कलाकार थिए । जनावरमा गाई, फूलमा गुलाफ, घुम्ने ठाउँ हरियो चौर मनपर्छ । उहाँको बिर्सन नसक्ने क्षणचाहिँ पिताजीको देहान्त हो । खुसीको क्षण पञ्चायत ढलेको दिन । उहाँले कहिल्यै रक्सी पिउनुभएन । चुरोट त नुनसँगै छाड्नुभयो । काठमाडौंमा डेरामा बस्नुभएको छ । गाउँमा जन्मने मान्छे गाउँमै बस्नुपर्छ भन्ने उहाँको मान्यता थियो । उहाँ बिहान ४ बजे उठिसक्नुहुन्छ । उठेपछि स्नान, ध्यान, साधना र अध्ययनमा व्यस्त हुनुहुन्छ । बेलुका १०-११ बजे सुतिसक्नुहुन्छ ।
२२ वर्षको उमेरमा उहाँको विवाह भयो, दीपा पाण्डेसँग । उहाँहरूको परम्परागत विवाह हो । पहिले त उहाँ विवाह नै गर्न चाहनुहुन्थेन । तर, बुबा बितेपछि पारिवारिक दबाब झेल्न सक्नुभएन । एकदम सादा विवाह भएको थियो । जन्ती १० जना पनि थिएनन् । भित्र्याउने बेलामा पञ्चेबाजा बजाइएको थियो ।
लोग्नेस्वास्नीको झगडा परालको आगो, एउटै बिस्तारामा सुतेपछि गोडा लाग्छ भन्छन् । पाण्डेलाई पनि त्यस्तै लाग्छ । अलिअलि ठाकठुक नभए मज्जै आउँदैन जस्तो लाग्छ, उहाँलाई । नजिक बस्नेबीच त्यस्तो हुनु सामान्य हो रे । उमेरमा उहाँलाई कसैले लभलेटर लेखेन । उहाँले पनि लेख्नुभएन । कुनै सुन्दरीले आई लभ यु भने के गर्नुहुन्छ भन्ने जवाफमा उहाँले भन्नुभयो- मलाई जस्तै प्रकृतिलाई पनि माया गर । सबले सबैलाई माया गर्नुपर्छ । माया बढाउँदै लगे आनन्द आउँछ ।
उहाँको विचारमा प्रेम जीवन हो । प्रेमबिना जीवन रहन सक्दैन । जीवन र जगत्सँगको प्रेम अलौकिक छ । सेक्सचाहिँ प्रेमसँग सम्बन्धित होइन । सेक्स सन्तानोत्पादनका लागि हो । प्रेमजस्तो आनन्ददायी केही छैन । मान्छेको सम्बन्ध सेक्ससँग मात्र हुन्छ भन्ने उहाँ मान्नुहुन्न । विवाहअघिको सेक्स ठीक होइन । जीवन जिउन पाउनुमै आनन्द छ । किनभने सेवा गर्न पाइन्छ, प्रकृति र परमात्मासँग सम्बन्ध बढाउन सकिन्छ । उहाँको जीवनको अन्तिम लक्ष्य हो, शान्ति र मुक्ति ।
– ऋषि धमला
जो प्रजातन्त्र र पार्टीलाई शिरमाथि राख्छःहरि अधिकारी

देशकै पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काङ्ग्रेस आन्तरिक प्रजातन्त्रको अभावमा गुट-उपगुटमा विभाजित रहेको र पुराना तथा इमानदार कैयन कार्यकर्ता पार्टी-उपेक्षाको सिकार भई भूमिकाविहीन बनेका कुरा नौलो होइन । यसरी पार्टी-सङ्गठनका निम्ति त्याग दर्शाएर र क्षमतानुरूपको जिम्मेवारी वा अवसर नपाउँदा पनि सतिसालझैँ पार्टी र प्रजातन्त्रको पक्षमा अडिग रहने काङ्ग्रेसजन कति होलान् – यस्ता व्यक्ति जति छन्, यथार्थमा काङ्ग्रेस बाँचेकै आफ्ना यस्तै कार्यकर्ताका प्रतापले हो भन्दा अत्युक्ति नहोला । पार्टीका निम्ति अविचलित रूपमा उत्तिकै ऊर्जाका साथ चार दशकभन्दा बढी अवधिदेखि लगातार होमिएका यस्तै कोटीका एक काङ्ग्रेस व्यक्तित्व हुनुहुन्छ- हरि अधिकारी ।
नेपाली काङ्ग्रेस धादिङका नेता हरि अधिकारीको जन्म बैरेनी- ३, धादिङमा वि.सं. २०११ सालमा भएको हो । सम्पन्न र कुलीन ब्राह्मण परिवारको सदस्य हुनुका नाताले उहाँको बाल्यकाल तत्कालीन परिवेशमा सुखद् किसिमले नै बित्यो । सात वर्षकै उमेरमा जन्मदिने आमा गोमादेवीको निधन भएकोले हजुरआमाको लालनपालनमा हर्ुकनुभएका उहाँको पढाइलेखाइमा सुरुदेखि नै पिता केदारनाथले विशेष ध्यान पुर्‍याउनुभएकाले सात कक्षासम्मको अध्ययन गाउँकै स्कुलमा पूरा भएपछि आठ कक्षादेखिको पढाइका लागि उहाँलाई काठमाडौंको दरबार हाइस्कुलमा भर्ना गरिदिए । तत्कालीन परिवेशअनुरूप संस्कृत विषयको जगमा पढाइ गर्नुहुने हरि अधिकारी ०२९ सालमा अध्ययनकै लागि बनारस जानुभयो । दरबार स्कुल छँदै प्रजातान्त्रिक चेतबाट प्रशिक्षित हुने र नेविसङ्घको सदस्यता लिएर काम गर्ने अवसर पाएका अधिकारीको राजनीतिक चेतनाले बनारस पुगेपछि फक्रने अवसर पायो । एक वर्ष बनारस बसेर माध्यमिक शिक्षा पूरा गर्दाकै अवधिमा उहाँको सङ्गत नेपाली काङ्ग्रेसका कतिपय नेताहरू, विशेषगरी विद्यार्थी तथा युवा फाँटमा काम गर्ने खुमबहादुर खड्कासँग हुनपुग्यो । बनारसमा सक्रिय ‘पश्चिम एक नम्बर छात्र समिति’मा आबद्ध भई हरि अधिकारीले सो समितिद्वारा प्रकाशित हुने ‘नयाँ पाइलो’ नामक पत्रिकाको प्रधान सम्पादकको जिम्मेवारीसमेत निर्वाह गर्नुभयो । युवा तथा विद्यार्थीलाई प्रजातान्त्रिक विचारप्रति आकरि्षत र सचेत तुल्याउने उद्देश्यबाट प्रकाशित सो पत्रिकाको सम्पादनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेपछि उहाँले छात्र समितिको महामन्त्रीको जिम्मेवारी पनि पाउनुभयो । बनारसमै रहँदा छात्र परिषद् नामक अर्को सङ्गठनमा पनि उहाँ आबद्ध हुनुहुन्थ्यो ।
त्यसपछि उहाँ ०३२ सालमा दाङ संस्कृत क्याम्पसमा स्नातक तहमा भर्ना हुन पुग्नुभयो । बनारसमा रहेका नेताहरूकै सुझावअनुसार उहाँ अध्ययन र राजनीतिक क्रियाकलाप पनि सँगै अघिबढाउने उद्देश्यले दाङ जानुभएको थियो । अन्य साथीहरू पनि थिए । त्यही वर्ष तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकको कार्यक्रम हुँदै थियो । प्रवासमा बसी बीपी कोइरालाको निर्देशनमा काम गर्ने अन्य साथीहरूसँग मिलेर हरि अधिकारीले राजाको राज्याभिषेक बिथोल्ने कार्यक्रम राख्नुभयो । त्यतिखेरको अवस्थामा राजाविरुद्ध पर्चा-पम्प्लेट निकालेर विरोध गर्नु चानेचुने काम थिएन । प्रजातन्त्रको पक्षमा जनता जागृत गर्ने उक्त अभियानपछि हरि अधिकारी पञ्चायती प्रशासनको तारो बन्नुभयो र उहाँ दाङमै गिरफ्तारीमा पर्नुभयो । शिव गिरी, गेहेन्द्र गिरी, तर्ीथराज चैतुलगायतका होनहार युवाहरू पहिले नै पक्राउ परिसकेका थिए, पछि सुरेन्द्र हमाललगायत केही साथीहरू अधिकारीलाई भेट्न जाँदा हमालबाहेक अरू सबै प्रहरी फन्दामा परेपछि उनीहरूकै बयानका आधारमा आफू पक्राउ परेको स्मरण गर्नुहुन्छ उहाँ । ३५ दिनको घोर पीडादायी प्रहरी हिरासतको भोगाइपछि उहाँ लगभग डेढ वर्ष दाङ कारागारको कैदी बन्न पुग्नुभयो ।
पारिवारिक रूपमा दाजु विष्णु अधिकारी र राजनीतिक रूपमा प्राध्यापक श्रीकृष्ण गौतमलाई आफ्ना राजनीतिक गुरु मान्नुहुने काङ्ग्रेस नेता हरि अधिकारी ०३४ सालमा दर्ुइ हजार नगद जरिवानासमेत बुझाएर जेलमुक्त भएपछि काङ्ग्रेसको सङ्गठन शून्य रहेको आफ्नै जिल्ला धादिङ सेरोफेरोमा सक्रिय हुन थाल्नुभयो । ०१७ सालको घटनासँग जोडिएका भरत उप्रेतीको नाम काङ्ग्रेसी कार्यकर्ताका रूपमा त्यतिखेर सुनिए पनि धादिङमा काङ्ग्रेसको सङ्गठन र प्रजातान्त्रिक चेतना शून्यप्रायः थियो । तत्कालीन माले र वाम विचारबाहक अन्य सङ्गठनहरूको जगजगी सुरु भइसकेको तत्कालीन अवस्थामा प्रजातान्त्रिक धारले शिर उठाउन सकेको थिएन । तर, जीवनलाई प्रजातान्त्रिक आन्दोलनको पक्षमा र्समर्पण गर्ने दृढ अठोट गरिसक्नुभएका हरि अधिकारीले धादिङमा काङ्ग्रेस सङ्गठन निर्माण गर्ने र प्रजातान्त्रिक विचार प्रवाह गरेर राजनीतिक रूपमा कायापलट गर्ने सोच बनाउनुभयो । त्यही समय त्रिविमा स्नातकोत्तर तहमा भर्ना पनि हुनुभयो उहाँ । राजधानीमा हुने पार्टीका प्रत्येक कार्यक्रम तथा अन्य प्रजातान्त्रिक गतिविधिमा उहाँको सक्रिय सहभागिता रहन्थ्यो । गंगाधर लम्साल, यज्ञ अधिकारी, बेनुप प्रर्साईं, बलबहादुर केसीलगायतका साथीहरू मिलेर नेविसङ्घको प्लेटर्फममा निकै काम गर्नुभयो अधिकारीले । सन्तनेताका रूपमा समेत चिनिनुहुने काङ्ग्रेस संस्थापक कृष्णप्रसाद भट्टर्राईसँग त्यहीबेला सर्म्पर्क बढ्यो र उहाँसँगको दिनहुँको भेटले प्रजातन्त्रका लागि केही गर्ने थप ऊर्जा पनि मिल्यो नेता अधिकारीलाई । त्रिविबाट त्यतिबेलाको नियमअनुसार राष्ट्रिय विकास सेवा -राविसे) कार्यक्रअर्न्तर्गत हरि अधिकारी दैलेख जानुपर्‍यो । त्यहाँ उहाँले काङ्ग्रेसको सङ्गठन विस्तार गर्ने कामलाई तीव्रता दिनुभयो । त्यतिखेर नेता अधिकारीहरूजस्ताले सङ्गठन निर्माण र विस्तारमा निर्वाह गरेको भूमिकाकै कारण आज पनि दैलेखमा काङ्ग्रेसको अवस्था सुदृढ रहेको छ ।
०३६ सालपछि पुराना नेताका हैसियतले भरत उप्रेतीलाई किसुनजीले धादिङ जिल्ला सभापतिको जिम्मेवारी दिएर खटाएपछि उप्रेतीकै मातहत बसी हरि अधिकारी पार्टी सङ्गठनमा सक्रिय हुन थाल्नुभयो । धादिङ सदरमुकामका चिजकुमार श्रेष्ठलगायत भीमसेन श्रेष्ठ, राजकुमारजस्ता युवा साथीहरू र अर्का पुराना काङग्रेस नेता शिवराज अधिकारीलगायत मिलेर धादिङमा नेपाली काङ्ग्रेसको सङ्गठन निर्माण, विकास र विस्तार कार्यलाई तीव्रता दिइयो । युवा, विद्यार्थी एवम् आमजनतालाई प्रजातान्त्रिक विचारप्रति आकरि्षत गर्नका लागि उहाँहरूले पुस्तकालय स्थापना, निःशुल्क कोचिङ क्लास आदि क्रियाकलाप सञ्चालन गर्नुभयो । अत्यन्त अप्ठ्यारो अवस्था, राणा र पञ्चायती शासनका अवशेषहरूले भाँजो हालेको र काङ्ग्रेसमाथि ‘लुटेरा पार्टी’को आरोपयुक्त दुष्प्रचार भइरहेको परिवेशमा पार्टी सङ्गठनको काम कम्ती चुनौतीपूर्ण थिएन, तर हरि अधिकारी कुनै पनि अवस्थामा विचलित हुनुभएन । यसरी दृढताका साथ लागिपरेर अन्ततः धादिङमा काङ्ग्रेसको सङ्गठनलाई विकास गर्ने र मजबुत तुल्याउने नेता अधिकारीको प्रयत्नले रङ देखाएरै छाड्यो । वामशक्तिको वर्चश्व रहेको ठानिने धादिङमा आज नेपाली काङ्ग्रेस दर्बिलो टक्कर दिनसक्ने हैसियतमा उभिएको छ, जसको श्रेय हरि अधिकारीजस्ता नेताहरूलाई नै जान्छ ।
शक्तिमा पुगेपछि इमानदार र दुःख पाएका आफ्नै साथीहरूलाई बिर्सने प्रवृत्ति जुनसुकै राजनीतिक दलमा पनि रहेको बताउनुहुने नेता अधिकारी काङ्ग्रेसमा त्यो प्रवृत्ति अलिक बढ्तै रहेको र त्यसको सिकार आफू पनि बनेको अभिव्यक्ति दिनुहुन्छ । पहिले नै पार्टीको दह्रो सङ्गठन रहेको ठाउँमा काम गर्न पाएको भए आफू पनि यतिबेला उपल्ला स्थानमा पुगिन्थ्यो होला भन्नुहुने उहाँ पार्टीका सङ्गठनका लागि सिङ्गो जवानी या जीवन नै लगानी गरिसक्दा पनि स्वयम् कुनै खास जिम्मेवारीरहित अवस्थामै सक्रियता दर्शाइरहनुभएको छ । सुरुदेखि लगातार पार्टी महासमिति सदस्य रहनुभएका हरि अधिकारीलाई कहिलेकाहीँ लाग्छ- जनताको मन जित्न, उनीहरूको साथ-सहयोग पाउन कुनै उपल्लो पद हासिल भएको अवस्थामा मात्र सजिलो हुने रहेछ । जनतालाई प्रत्यक्ष लाभ दिन सकिने ओहोदाको अभाव कहिलेकाहीँ उहाँलाई खट्किन्छ । तथापि आफूभन्दा अरूलाई अगाडि बढाउने भूमिकामै उहाँ हालसम्म देखिनुभएको अनुभूति गरिन्छ ।
तर, उहाँलाई कुनै गुनासो छैन । किनकि सत्तामा पुग्छु, शक्ति र सम्पत्ति आर्जन गर्छर्ुुन्ने उद्देश्यले उहाँ राजनीतिमा लाग्नुभएको थिएन । बरु, देशमा प्रजातन्त्र स्थापित हुनुपर्छ, देश गरिबीको रेखाबाट माथि उठ्नुपर्छ, प्रत्येक जनताको मुहार हँसिलो तुल्याउनुपर्छ भन्ने मान्यताबाट दुःख र सङ्घर्षको यात्रामा होमिनुभएको थियो उहाँ । पार्टी र प्रजातन्त्रकै चिन्ता र चिन्तन गर्दागर्दै उमेरमै विवाह गर्ने सोच र फुर्सदसम्म पनि भएन उहाँलाई । प्रजातन्त्र पुनर्स्थापना भएको क्षणलाई आफ्नो जीवनको र्सवाधिक सुखद क्षण ठान्नुहुने अधिकारी आफूले अत्यन्त विश्वास गरेको र प्रजातन्त्रको हिमायती ठानेको एक साथीले विश्वासघात गरिदिँदा ०३५ सालमा धोका पाएको र १५ दिनसम्म प्रहरी कष्टडीमा यातना भोग्नुपरेको घटना सम्झँदा मन अमिलो हुने गरेको बताउनुहुन्छ ।
यसरी पार्टी सङ्गठन र प्रजातान्त्रिक आन्दोलनमै आफूलाई अनवरत र अविचलित रूपमा होम्दै आउनुभएका नेता अधिकारीलाई पार्टीले मूल्याङ्कन र उचित कदर गर्न कतै ढिलाइ पो गरिरहेको हो कि – काङ्ग्रेसको नेतृत्व तह र आमतप्काले यो मनन गर्नु आवश्यक देखिन्छ ।
– जयप्रकाश