चलचित्र अब द प्लान यू ट्यूबमा

चलचित्र अब द प्लान यू ट्यूबमा


18379008_10209636012805343_955082675_oहङकङमा बनेको पहिलो नेपाली फिल्म ‘द प्लान’ युट्युबमार्फत सार्वजनिक भएको छ । यो चलचित्रलाई हाइ लाइट्सले यू ट्यूब मार्फत सार्वजनिक गरेको हो । कृष्णबहादुर लाम्गादेको निर्माणमा बनेको यो फिल्मलाई प्रविन बराइली निर्देशन गरेका हुन् । चलचित्रका सहायक निर्मातामाहरूमा यूद्द पुन, शिब लिम्बू, दिपेश लाम्गादे, सन्तोष लाम्गादे र रत्न लाम्गादे रहेका छन्र । फिल्ममा छायांकन र सम्पादन पनि निर्देशककै रहेको छ ।
18379448_10209636012845344_492076734_oचलचित्रले सस्पेन्स बिषयवस्तुलाई समेटेको छ भने चलचित्र दर्शकहरूलाई बाँध्न सफल देखिन्छ । यो चलचित्रको सम्पूर्ण छायांकन हगंकगंमा गरिएको थियो । यो चलचित्रमा लामो समयदेखि बेलायतमा बसेर पनि अभिनयमा सक्रिय ध्रुव दत्त मुख्य कलाकार हुन । यसै चलचित्रमार्फत धुर्बले आफ्नो अभिनय यात्रा शुरू गरेका थिए । ध्रुपले अभिनय गरेको पछिल्लो फिल्म तीन घुम्ती’ले राम्रो चर्चा बटुलेको थियो। चलचित्र यो फिल्ममा ध्रुवसँगै जुनु पुन, सर्बिना श्रेष्ठ, युद्दा पुन र शिवा लिम्बू लगायतका कलाकारको अभिनय रहेको छ ।
18361574_10209636013005348_1306617636_n