लण्डनमा नेपाली स‌ंस्कृतिलार्इ जगेर्ना गरिएकाे राजदूतकाे धारणा

लण्डनमा नेपाली स‌ंस्कृतिलार्इ जगेर्ना गरिएकाे राजदूतकाे धारणा


17972159_10155214791889282_4450911082026330851_oलन्डन । हिजाे नेपाली नयाँ वर्ष ०७४ काे अवसरलार्इ खुशियाली मनार्इ स्वागत गर्नकाे लागि अनलाइन रेडियाे गुर्खा रेडियाेकाे संयाेजकत्वमा गुर्खा इन्टरटेनमेन्टले एक शुभकामना साँझ सम्पन्न गरेकाे छ । बेलायतका लागि नेपाली दूतावासबाट राजदूत डा‍ सुवेदीले श्रीमतीसहित उपस्थिति जनाउँदै अाफ्नाे मन्तव्यमा स्वेदशमा नहुँदा पनि बेलायतमा अायाेजित हुने यस्ता साँस्कृतिक कार्यक्रमहरुले नेपालीपनलार्इ सम्वर्धन गरेकाे हुन्छ भनेका थिए । बेलायतमा नेपाली कला संस्कृति माैलाउँदै आएको बताउँदै यस नयाँ वर्षले खुशीसहित र नयाँ सम्भावना बोकेर आउनेमा अाफू विश्वस्त रहेकाे बताउँदै यस्ता उत्सवले नेपालीबीच एकता, सहिष्णुता र भातृत्व विकास हुने विश्वास व्यक्त गरेका थिए । । लन्डनस्थित फेल्थानस्थित कम्युनिटिहलमा अायाेजित उक्त शुभकामना साँझ तथा सांस्कृतिक कार्यक्रममा दर्जनजति सञ्चारकर्मीहरु भेला भएर नयाँ वर्ष मनाएका थिए ।

17972320_10155214805004282_3569800397519787737_oकार्यक्रममा स्वागत मन्तव्य कार्यक्रमका संयाेजक नरेन्द्र बस्नेतले दिएका थिए भने एक्लाे वक्ताकाे रुपमा शुभकामना मन्तव्य राजदूत दुर्गाबहादुर सुवेदीले दिएका थिए । जसकाे संचालन नेपाल ब्रिटेन डट कमका चिरन शर्माले गरेका थिए । कार्यक्रममा स्थानीय कलाकारले विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए । गायक सुजन पराजुली, दिव्यानी शर्मा, सुजाता काफ्ले, मन्दिरा प्रसाई, चाँद लामालगायतका कलाकारहरुले अाआफ्नो प्रस्तुतिहरु दिएका थिए र साे कार्यक्रममा रश्मी गौतम, टिया आचार्य, बेन्सन बस्नेत, श्रेया क्षेत्री, अमूल्य थापा, अतुल्य शाहीलगायतले नृत्यहरु प्रस्तुत गरेका थिए ।

17990398_10155214773579282_6498009571622779318_oकार्यक्रममा साहित्यकार नारायण गाउँले, रामशरण सिम्खडाले गजल र बिमला गौतमले कविता पाठ गरेका थिए । पत्रकार वाचस्पति रेग्मीको सम्पादनमा शुरु भएको शीतलपाटी अनलाइन समाचार प्रोटलको शुरुवात राजदूत डा. सुवेदी र पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपाङ्गीले गरेका थिए । कार्यक्रममा समाजसेवी ध्रुव के.सी. काउन्सिलर बिष्णु गुरुङ, गैरआवासीय नेपाली संघका संस्थापक चिरञ्जीवी ढकाललगायतकाे उपस्थिति थियो ।

17880648_10155214836659282_2461069248020134305_oरातकाे मध्यसम्म चलेकाे साे कार्यक्रममा २०० भन्दा बढी मानिसहरुकाे सहभागिता रहेकाे थियाे । स्टेनस्थित बुद्ध अथेन्टिक एसियन कुजिनले क्याटेरिङ् गरेकाे थियाे भने डिजे चाँद लामाले सा‌ंस्कृतिक मंच संचालन गरेका थिए ।
17991696_10155214778704282_109458427174379428_o
17917515_10155214784109282_563454504061383321_o
18010257_1820732921580753_2697662375105965381_n
17966918_10155214749089282_7295203046187181889_o
17966991_10155214855249282_6768519920416596931_o
17973558_10155214795149282_6552680978890308402_o
17972395_10155214814319282_4010372189044350754_o
17972319_10155214782874282_8835251163969282512_o
[youtube width=”720″ height=”420″]https://www.facebook.com/nepalbritain/videos/10154414917501889/[/youtube]

-नीर