दूताबासमा दुर्इ देशबीच द्वीशतवार्षिकी सप्ताहव्यापी महाेत्सवकाे समापन

दूताबासमा दुर्इ देशबीच द्वीशतवार्षिकी सप्ताहव्यापी महाेत्सवकाे समापन


Prince Harryप्रिन्स ह्यारीबाट नेपालकाे सुन्दरता र गुर्खा सैनिकहरुकाे प्रशंसा,
लण्डन । लण्डनस्थित बेलायतका लागि नेपाली दूतावासले नेपाल र बेलायतबीचकाे अटुट दाैत्य सम्वन्धकाे दुर्इ सय वर्ष पुगेकाे अवसरलार्इ महाेत्सवकाे रुपमा मनाउने क्रमकाे सप्ताहव्यापी कार्यक्रमकाे हिजाे मुख्य अतिथि राजकुमार ह्यारीकाे उपस्थितिमा समापन गरेकाे छ ।

दूतावासबाट दुर्इ देशबीचकाे सदियाै‌ पुरानाे सम्वन्धकाे खुशियाली मनाउने कार्यकाे निरन्तरता लगभग वर्ष दिनपछि अाैपचारिक रुपमा समाप्त भएकाे छ । बेलायतकी महारानीकाे प्रतिनिधित्व गरी उनका तर्फबाट मन्तव्य दिने क्रममा राजकुमार ह्मारीले नेपालकाे प्रकृति तथा संस्कृतिकाे खुलेर प्रशंसा गर्दै नेपालमा भूकम्प गएकाे लगभग वर्ष दिनपछि अाफू नेपाल गएकाे, बेलायतबाट सरकारी तथा गैरसरकारी संघसंस्थालगायत अन्य मुलुकहरुबाट पुनर्निर्माण कार्यमा भएकाे प्रगतिदेखि सन्तुष्ट भएकाे अनि साेही भ्रमणताका गाेर्खामा मंगली तामाङबाट अाफूले पाएकाे न्यानाे अातीथ्यकाे सम्झना गरेका थिए । बेलायतकाे लागि गुर्खा सैनिकहरुबाट देखाइएकाे इमान्दारी, वफादारी तथा बहादुरी कदरयाेग्य रहेकाे बताउने राजकुमारले नेपालमा स‌ंसारबाट पर्यटकहरु भित्रिने क्रममा व्यापकता हाेस् भन्ने कामना गरेका थिए ।

विशेष अतिथिकाे रुपमा रहेका नेपालका उद्याेग मन्त्री नविन्द्रराज जाेशीले नेपाल बेलायत सम्न्वन्धकाे दुर्इ सय वर्षकाे एेतिहासिकताकाे संक्षिप्तमा चर्चा गर्दै विसं २०७२ सालबाट लाेकतान्त्रिक र समावेशी संविधान जारी भएकाे जसले वहुदलीयता कानूनी प्रशासन स्वतन्त्र न्यायपालिका स्वतन्त्रतालगायत माैलिक अधिकार तथा मानवाधिकारकाे व्यवस्था भएकाे मन्तव्यमा बताएका थिए ।

17436041_10155121826349282_5664929012187126082_oत्यस्तै बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीबाट दुर्इ मुलुकबीचकाे दाैत्य सम्वन्धकाे एेतिहासिकताकाे सम्झना गर्दै साे सम्वन्धकाे द्वीशतवार्षिकीलार्इ महाेत्सवकाे रुपमा दूतावासमा मनाउँदा अाफू गाैरवान्वित भएकाे बताएका थिए । साे अवसरमा भएकाे राजकुमार ह्मयारीकाे उपस्थितिले नेपाल र नेपाली जनताप्रति बेलायती राजदरबार सरकार र जनताकाे सदभावना तथा सम्मानकाे भावना प्रतिविम्वित गरेकाे बताएका थिए । साे कार्यक्रम शरदराज अारनले संचालन गरेका थिए ।

17434531_10155121822644282_6307111657580440717_oद्वीशतवार्षिकीकाे साेही अवसरमा राजकुमार ह्मारीबाट १३ जना भीसी पदक विजेताहरुका तस्वीरहरु जाे स्थायी रुपमा दूतावासकाे हलमा टाँगिने भएकाे छ, लार्इ अनावरण गरेका थिए । दूतावासकाे प्राङ्गणमा अायाेजित उक्त विशेष कार्यक्रममा बेलायतका रक्षामन्त्री मार्क ल्याङ्गेस्टर, नेपालसम्वन्धी सांसद समूहका अध्यक्षसहित बेलायती सांसदहरु, बेलायती सेनाका डेपुटी कमान्डर इन चिफ, बेलायत सरकारका विभिन्न मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरु, विभिन्न देशका राजदूतहरु, मेयरहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु व्रिटिश तथा नेपाली स‌ंचारक्रमीहरु र बेलायतमा रहेका नेपालीहरुकाे उल्लेखनीय उपस्थिति रहेकाे थियाे ।

17240526_10155121830259282_6031827494459345005_oखासगरी बेलायतस्थित नेपाली समुदायमा यस सप्ताहव्यापी महाेत्सवलार्इ विशेष उत्साहजनक रुपमा हेरिएकाे थियाे । यस सप्ताहव्यापी समाराेहमा नेपाल तथा बेलायतस्थित नेपाली समाजका विभिन्न तह र तप्कालार्इ समेट्ने गरी विभिन्न कार्यक्रमहरु गरिएका थिए । खासगरी नेपाली साहित्यलार्इ बेलायतमा एक उर्जाकाे रुपमा दुबसु क्षेत्री अर्थात् राजदूत दुर्गाबहादुर सुवेदीकाे अागमन भएकाे मानिएकाे छ । याे समाराेहमा बेलायतमा रहेका नेपाली कविहरुका कविताहरुलार्इ स‌ंग्रहित गरी राजदूत सुवेदीकाे सम्पादकत्वमा बेलायतमा कविता शीर्षककाे कविता संग्रह प्रकाशित भएकाे छ, जसकाे विमाेचन साेही समाराेहमा भएकाे थियाे । पत्रकारहरुसँग नेपाली समुदायबीचमा अन्तरक्रियात्मक कार्यक्रमकाे अायाेजनालगायत पर्यटन र व्यावसायिकतासम्वन्धी कार्यक्रम गीत संगीत नृत्य नाटक अनि नेपाली खाना परिकारसम्वन्धी कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएका छन् ।

17361870_10158347471700534_2165561024542601530_nयसरी दूतावासमा मनाइएकाे सप्ताहव्यापी द्वीशतवार्षिकी अाराेपविहीन भने रहेन । दुर्इ देशबीचकाे एैतिहासिकताकाे खुशियाली विशेष गरेर नेपालकाे तर्फबाट ज्यादा मनाइएकाे एकातिर अाराेप लगाइएकाे छ भने अर्काेतिर दुर्इ देशबीचमा कसरी वाणिज्य तथा पर्यटकीय प्रावर्द्धनार्थका सम्वन्धलार्इ सुचारु दिर्इ बढाेत्तरीतर्फ लैजाने कसरी दुर्इ मुलुकबीच पारस्परिक रुपकाे दाैत्य साझेदारीलार्इ गहन बनाउने भन्नेबाट नलागी सदीयाै‌ं पुरानाे असमझदारीयुक्त सन्धि जसले तत्कालीन परिवेशमा अघाेषित दासतापूर्ण सम्वन्धकाे स्थापना गर्याे, लार्इ भुलेर त्यसैकाे अाधारलार्इ उत्सवकाे रुपमा दूतावासले विशेष गरेर मनाएकाे अाराेप लगाइएकाे छ । पर्यटकीय तथा लगानीकाे सम्भावनाहरुउपर गरिएकाे कार्यक्रममा बेलायती सम्भावित लगानीकर्ताहरुकाे उपस्थिति नदेखिएकाेले दूतावासले कार्यक्रम नामका लागि मात्र गरेकाे, स्थानीय नेपाली समुदायमा गुर्खाहरुकाे उल्लेखनीय प्रभाव रहेकाे अवस्थालार्इ अाधार बनार्इ साेही पक्षलार्इ विशेष गरी खुशी पार्ने ध्याउन्ना दूतावासले राखेकाे, नेपाली नागरिकले बेलायतकाे तर्फबाट अन्य मुलुकहरुसँग लडी देखाएकाे बहादुरी तथा शाहसलार्इ अाधार बनार्इ बेलायतकाे सेनामा दिइने उच्च पदककाे सम्मान गर्दै दूतावासमा सम्मानार्थ टाँगिएका १३ भीसी पदकवाहकहरुका तस्वीरहरु नेपाल सरकारकाे अाैपचारिक रुपमा विराेधाभास अाचरण भएकाे, दूतावासले सङ्कलन गरेकाे राजश्वकाे दुरुपयाेग गरेकाे जस्ता अाराेपहरु लागेका छन् । तर पनि संयुक्तमा सप्ताहव्यापी द्वीशतवार्षिकी समाराेह अत्यन्तै सफल भएकाे छ, त्यसकाे लागि दूतावास धन्यवादकाे पात्र अवश्य भएकाे पनि सर्वत्र चर्चा चलेका छन् ।
17407840_10211800363217810_81988982_o

17453447_10211800363817825_271396974_o

-प्रकाश, तस्वीर: नरेन्द्र बस्नेत