राखेप र एनओसीको शीतयुद्ध -श्रीविक्रम भण्डारी

राखेप र एनओसीको शीतयुद्ध -श्रीविक्रम भण्डारी


खेलकुदमा विवादको भूत कहिलेसम्म –
विभिन्न विवादका कारणले दलदलमा भासिँदै गएको नेपालको खेलकुद पुनः विवादमा परेको छ । खेलकुदको विकासभन्दा श्रेष्ठताको विकासमा लागेका खेलकुदका सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीबीचको शक्तिका लागि लुछाचुँडी देख्दा अहिले …लाई भन्दा देख्नेलाई लाज भएको छ । आखिर ओलम्पिक कमिटीले यस्तो विवाद बारम्बार किन दोहोर्‍याइरहेको छ, त्यो कसैले बुझ्न सकेको छैन । एनओसीले पटक-पटक यस्तो विवाद निकालेर खेलकुदलाई कतातिर धकेल्न थालेको हो त्यो सोचनीय भएको छ । एनओसी कुन स्वार्थबाट प्रेरित भएर यस्तो घीनलाग्दो खेल खेलिरहेको छ त्यो समग्र खेलकुदमा चिन्ताको विषय बनेको छ । तर्सथ राष्ट्रिय खेलकुद परिषद्को मातहतमा रहेको संस्थाले परिषद्लाई नै बाइपास गर्नु कत्तिको उपयुक्त कुरो हो आफैंमा सोचनीय बनेको छ । खेलकुदलाई अन्योलतातर्फ धकेल्दै आएको एनओसीले अहिले पनि आफ्नो रंग देखाउँदै परिषद्को आत्मसम्मानमा ठूलो प्रश्नचिह्न लगाइदिएको छ ।
कुरा त्यही सेभ द मिसनको हो । केही समय पहिले मात्र समाप्त भएको यो विवादलाई पुनः ब्युँताउने काम एनओसीले गरेको हो । मुर्दालाई बारम्बार बाहिर निकाल्दै आएको एनओसीले यसपटक पनि उक्त कुरालाई दोहोर्‍याएको छ । पहिले रविराज थापा त्यसपछि दीपक विष्टलाई बलिको बोका बनाएको एनओसीले यसपटक उपेन्द्रकेशरी न्यौपानेलाई अघि सारेको छ । सेभ द मिसनकै कारणले मुलुकको खेलकुद बारम्बार विवादमा होमिँदा पनि सम्बन्धित निकाय भने कानमा तेल हालेर बसेको छ । सरकारले त झन् अनदेखि र अनसुनी गरेको छ । सहमति र सहकार्यका साथ अगाडि बढ्नुपर्ने यी दुइ संस्था लामो समयदेखि साँढेझैं जुधिरहँदा पनि वास्तविकता बुझ्ने कार्य कसैबाट भएको छैन । एनओसीका अध्यक्ष ध्रुवबहादुर प्रधान र महासचिव जीवनराम श्रेष्ठलेे सेभ दि मिसनको पत्ता फाँक्ने क्रममा नेपालका र्सवाधिक सफल खेलाडी दीपक विष्टलाई निलम्बन र कारबाही गराउन सफल भएको घटना कसैले बिरि्सएका छैनन् ।
युथ ओलम्पिकमा दीपकलाई सेभ द मिसन बनाउँदा चर्केको विवाद शान्त हुन नपाउँदै एनओसीका धुरन्धरले पुनः सहमति र सहकार्यलाई बिरि्सएका छन् । उनीहरूले आफुखुसी गर्ने क्रममा हाल सिङ्गापुरमा सञ्चालन भइरहेको प्रथम युथ ओलम्पिकको सेभ द मिसनमा एनओसीका कोषाध्यक्ष उपेन्द्रकेशरी न्यौपानेलाई बनाएका छन् जुन राखेपको विधानविपरीत छ । सोही कुराप्रति आपत्ति जनाउँदै राखेपले मुलुकको कानुनप्रति एनओसीले खेलवाड गरेको आरोप लगाएको छ । ओलम्पिक चार्टरबमोजिम एनओसीले सेभ द मिसन तोक्न पाउने व्यवस्था भए पनि खेलकुदको सर्वोच्च निकाय राखेपसँग कुनै छलफल र सहमति नगर्नु दुभाग्य बनेको छ । एनओसीले आफ्नो हस्तक्षेप बारम्बार दोहोर्‍याएपछि राखेपका सदस्यसचिव हरिबाबु चौधरीले एनओसीविरुद्ध अदालतमा जाने बताएका छन् ।
सदस्यसचिव चौधरीले एनओसीले खेलकुद विकास नियम २०४९ मिचेको आरोप लगाउँदै त्यहाँ स्पष्ट रूपमा व्याख्या भएको कुरालाई एनओसीले बेवास्ता गरेको आरोप लगाएका छन् । खेलकुद विकास नियम २०४९ मा राखेपका सदस्यसचिव वा उसले तोकेको व्यक्ति सेभ द मिसन हुने व्याख्या गरे पनि एनओसीले ओलम्पिक चार्टरलाई मात्र आधार बनाएर त्यसलाई मिचेको आरोप चौधरीले लगाएका छन् ।
चौधरीले मन्त्रिपरिषद्को निर्णय अर्थात् सदस्यसचिवलाई मात्र सेभ द मिसन बनाउनु भन्नेलाई समेत एनओसीले लत्याएको बताए । आफूहरू एनओसीसँग समन्वय गरेर अगाडि बढ्न तयार रहे पनि एनओसीले आफ्नै तालसुरमा परिषद्लाई बाइपास गरेर अगाडि बढेको हुँदा अदालत जानुपर्ने बाध्यता भएको बताएका छन् । त्यस्तै राष्ट्रिय खेलकुद परिषद् कर्मचारीले सङ्घले एनओसीको रवैयाप्रति आपत्ति प्रकट गरेको छ । सङ्घले मुलुकको कानुन मिचेर एनओसीले सेभ द मिसन तोकेको भन्दै कारबाहीका लागि माग गरेको छ । सङ्घले खेलकुद मन्त्रालयको नियमविपरीत काम गर्ने एनओसीको विरोधमा आन्दोलनमा उत्रिनेसमेत बताएको छ ।
सेभ द मिसनको विवाद चर्किएपछि विवादलाई साम्य पार्न एनओसीले एघारौं सागमा हरिबाबु चौधरीलाई सेभ द मिसन बनाउने निर्णय गरेको थियो । खेलकुदको नियमअनुसार कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको नेतृत्व सदस्यसचिवले गर्ने भए पनि गत वर्षदेखि यो कुरामा एनओसीले हस्तक्षेप गर्दै आएको छ । पूर्वसदस्यसचिव जीवनराम श्रेष्ठले आफू परिषद्को सदस्यसचिव हुँदा यही नियमलाई आधार बनाएर सेभ द मिसनको भूमिका निभाएका थिए । आफ्नो पलायनसँगै राखेपलाई कमजोर बनाउन प्रधान र श्रेष्ठले पहिले हतियारको रूपमा सेभ द मिसनलाई अगाडि सारेका थिए । कमजोर सदस्यसचिवलाई पहिलो प्रहार गर्ने क्रममा उनीहरूले बक्सिङ सूङ्घका अध्यक्ष तथा एनओसीका सदस्य रविराज थापालाई अगाडि सारेका थिए जुन कुरा नेपाल नभई विदेशमा गएर थाहा भएको थियो । ताइवानमा भएको एसियन इन्डोर गेममा नेपालका दुइजना सदस्यसचिव देखिएपछि आयोजकलाई समेत को नक्कली को सक्कली भनेर ठम्याउन गाह्रो भएको थियो । ताइवानमा छताछुल्ल भएको विवादले सदस्यसचिव चौधरीलाई रातो मुख पार्न एनओसी सफल भएको थियोे । स्वदेश फर्केपछि यसबारेमा व्यापक विवाद भएपछि दुवै संस्थाको सहमतिअनुसार सेभ द मिसन तोक्ने निर्णय गरिएको थियो । तर, यो कुरालाई एनओसीले निर्णयमा मात्र सीमित राख्दै आफ्नो कर्तुतहरूलाई अगाडि बढाउन अहिलेसम्म रोकेको छैन जसको उदाहरण उपेन्द्रकेशरी बनेका छन् ।
आखिर किन एनओसीले यस्तो गैरजिम्मेवारी कार्य गरिरहेको छ त – प्रश्न उठ्नु स्वाभाविकै हो । खेलकुदका एक वरिष्ठ पदाधिकारीका अनुसार मुलुकको तरल राजनीतिक अवस्था र कमजोर सदस्यसचिवका कारणले ओलम्पिक कमिटीले पेलेको बताएका छन् । ती पदाधिकारीले जबसम्म देशको राजनीतिमा कुनै परिवर्तन आउँदैन र राखेपले खेलकुद बुझेको सदस्यसचिव पाउँदैन तबसम्म एनओसीले यस्तै हर्कत देखाउने बताए । त्यस्तै परे एनओसी सदस्यसचिव चौधरीलाई १६ एसियाली खेलकुदको सेभ द मिसन पनि नबनाउने कसरतमा लागेको खुलासा गरेका छन् । यदि राखेप र एनओसीको यस्तै शितयुद्ध जारी रहने हो भने त्यो नेपाली खेलकुदका लागि ठूलोे दुभाग्य हुनेछ ।

दीपकबिनाको एसियाड
तेक्वान्दो खेलमार्फत मुलुकको शानलाई अन्तराष्ट्रमा पुर्‍याउँदै आएका नेपालका र्सवाधिक सफल खेलाडी दीपक विष्टले १६औं एसियाली खेलकुद प्रतियोगितामा सहभागिता नजनाउने भएका छन् । कोरियाको बुसान र कतारको दोहामा सम्पन्न भएका एसियाडमा लगातार कास्यपदक जितेका दीपकले घँुडाको शल्यक्रियापश्चात् यस्तो निर्णय गरेका हुन् । ढाकामा सम्पन्न ११औं सागमा स्वर्णपदक जितेर सागमा लगातार चार स्वर्णपदक जित्ने कर्ीर्तिमान बनाएका दीपकले चिकित्सकको सल्लाहबमोजिम एसियाडमा भाग नलिने भएका हुन् । दीपकको शल्यक्रिया गर्ने चिकित्सकसँग परामर्श लिँदा उनले अझ ६ महिना आराम गर्नुपर्ने बताएपछि एसियाडमा दीपकको सहभागितामा पूर्णविराम लागेको हो । दीपकले तीन महिनाअघि थाइल्यान्डको बैङ्ककस्थित थोनबुरी अस्पतालमा शल्यक्रिया गरेका थिए ।
एसियाडमा आफ्नो सहभागितामा पूर्णविराम लागेपछि दीपकले दुःख प्रकट गरेका छन् । विष्टले आफ्नो चाहना तेस्रोपटक पनि एसियाडमा पदक जित्ने रहे पनि घँुडाले साथ नदिँदा बाध्यताबस प्रतियोगिताबाट बाहिर बस्नुपरेको बताए । विष्टले एसियाको सबैभन्दा ठूलो प्रतियोगिताका लागि आफूले अहिलेसम्म तयारी गर्न नपाएको र बिनातयारी सहभागिताका लागि मात्रै जान नमिल्ने बताए । आफ्नो चाहना मुलुकलाई अझ थुप्रै अन्तर्राष्ट्रिय पदक दिलाउनु रहेको बताउँदै घँुडा राम्रोसँग निको भएपछि खेलमा फर्किने बताए । उनले आफूलाई माया गर्ने सम्पूर्ण समर्थकसँग माफी माग्दै चोट निको भएपछि पुनः खेलमा फर्किएर मुलुकको शान बढाउने बताएका थिए ।

गोललाइन प्रविधिप्रति फिफाको चासो
हालै दक्षिण अफि्रकामा सम्पन्न विश्वकप फुटबलमा भिडियो प्रविधिको व्यवस्था नहुँदा थुप्रै खेल विवादमा परेका थिए । जसमध्ये इङ्गल्यान्डका फ्राङ्क लाम्पार्डले हानेको बलले गोललाइन क्रस गरे पनि गोलको मान्यता पाएको थिएन । भिडियोमा हेर्दा स्पष्ट रूपमा गोल भएको देखिए पनि रेफ्रीले उक्त गोललाई गोलको मान्यता नदिएपछि विवाद उत्पन्न भएको थियो । यो घटनापछि फुटबलमा पनि भिडियो प्रविधिको विकास हुनुपर्छ भन्ने दबाब फिफामा परेको थियो । यही कुरालाई आत्मसात् गर्दै एसियाली फुटबल महासङ्घ -एएफसी) का प्रमुख मोहम्मद बिन हमालले गोललाइन प्रविधि र अतिरिक्त सहायक प्रशिक्षकको प्रयोगप्रति सहमर्थन जनाएका छन् । हमालले फुटबलमा भिडियो प्रविधिको आवश्यकता भइसकेको र अब यसलाई कसैले रोक्न नसक्ने बताएका छन् । वर्तमान अवस्थामा भिडियो प्रविधि टेनिस, क्रिकेट, रग्वीलगायतका खेलहरूमा लागू भइसक्दा पनि फिफाले भने पारम्परागत नियमलाई नै लागू गर्दै आएको थियो ।
फिफा कार्यसमितिका सदस्य तथा वर्तमान अध्यक्ष सेप ब्लाटरका उत्तराधिकारी रूपमा चर्चित हमामले फुटबललाई फेयर बनाउन पनि भिडियो प्रविधिलाई प्रयोगमा ल्याउनुपर्ने बताएका छन् । हमाललेे यो प्रविधिले फुटबललाई र रेफ्रीहरूलाई विवादबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । सोही कुरालाई मध्यनजर गर्दै आगामी बोर्ड बैठकमा फिफाले गोललाइनसम्बन्धी प्रविधिको बारेमा छलफल गर्ने भएको छ । यसअघि खेलको निरन्तरतामा व्यवधान आउने भन्दै यसबारेमा कुनै छलफल गर्न फिफाले अस्वीकार गर्दै आएको थियो ।

जीवनपुरमा नान्बुकाई कराते प्रतियोगिता सम्पन्न
नेपाल नान्बुकाई कराते डो जिल्ला समिति धादिङको प्रथम जिल्लाव्यापी नान्बुकाई कराते प्रतियोगिता गत शनिबार सम्पन्न भयो । जीवनपुर- ५ मा आयोजित प्रतियोगितामा काठमाडौं उपत्यकालगायतका जिल्लाबाट आमन्त्रण गरिएका प्रशिक्षकको सहभागिता रहेको थियो । धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शरद अधिकारीले उद्घाटन गर्नुभएको प्रतियोगितामा धादिङमा रहेका नान्बुकाई करातेका पुरुषतर्फका खेलाडीहरू सजन लामा प्रथम भए भने अमृत तामाङ दोस्रा भए । तृतीय स्थान बुद्धिबहादुर तामाङ र नवीन ढुङ्गानाले संयुक्त रुपमा प्राप्त गरे ।
महिलातर्फ मनीषा नेपाली प्रथम, मनिता शाही दोस्रो, बिन्दु ढुङ्गाना र मनीषा मगर संयुक्त रुपमा तेस्रा भए । उक्त एकदिवसीय प्रतियोगितामा धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शरद अधिकारी, नन्बुकाई कराते नेपालका जन्मदाता तथा प्रमुख प्रशिक्षक कृष्णबहादुर राई, जुरीमा राम लामा, धिर्जमान तामाङ, गोविन्द श्रेष्ठ र रेफ्रीहरूमा विजय महर्जन, चीन लामा, विजय खड्का, मनिकृष्ण न्यौपाने, राजु महर्जन, ज्ञानबहादुर थापामगर, सुशील घलान, बिमल थापा, मिलन महर्जन र सुमन लामा थिए ।
कार्यक्रमको सभापतित्व संस्थापक प्रकाश हमालले गरेका थिए भने प्रमुख अतिथिमा जिल्ला अध्यक्ष शरद अधिकारी र अतिथिहरूमा बाबुकृष्ण सापकोटा, बद्री महत, रामचन्द्र कँडेल, ललितपुर जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य जनकलाल लामा, मथुराकुमार मास्केलगायत सहभागी थिए । स्वागत मन्तव्य धादिङ जिल्ला डोजो अध्यक्ष महेश कँडेलबाट भएको थियो । जिल्ला डोजो प्रमुख सुवास शाही ठकुरीले कार्यक्रमबारे विस्तृत जानकारी गराएका थिए ।

विश्व गल्र्स स्काउटको शतवारि्षकी
नेपाल स्काउट जिल्ला स्काउट कार्यालय काठमाडौंको आयोजनामा २१औँ शताब्दीमा महिला स्काउटको भूमिका, गल्र्स स्काउटको पर््रवर्द्घन र गल्र्स स्काउटले सामना गर्नुपरेका चुनौतीहरू विषयक महिला स्काउटरको एकदिने कार्यशाला गोष्ठी सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै कार्यक्रमकी प्रमुख अतिथि तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले स्काउटिङ शिक्षाले नेतृत्व विकास तथा आत्मविश्वास बढाउन स्काउटले खेलेको भूमिकाको सराहना गर्दै माइती नेपालमा आश्रय लिइरहेका चेलिबेटीहरूलाई पनि स्काउटका आवश्यक कार्यक्रमहरू दिई हौसला प्रदान गर्न आग्रह गर्नुभयो । नेपाल स्काउटकी वरिष्ठ लिडर रामवदन जोशीले विश्व गल्र्स स्काउट सय वर्ष पुगेकोमा खुसी व्यक्त गर्नुहुँदै स्काउटहरूलाई सधंै शुद्ध मन, वचन र कर्ममा पवित्र हुन आग्रह गर्नुभयो । ‘परिवर्तित जीवनका सय वर्ष’ भन्ने नाराका साथ विश्वभर मनाइएको विश्व गल्र्स स्काउटको शतवारि्षकी समारोह यो वर्ष सन् २०१० देखि सन् २०१२ सम्म तीन वर्ष विश्वभर खुसियाली मनाउँदै विभिन्न कार्यक्रमहरू हुने कुरा काठमाडौं जिल्लाकी जिल्ला सहआयुक्त विमला श्रेष्ठले जानकारी गराउनुभयो । जिल्ला महिला तालिम आयुक्त सङ्गीता मिश्रले कार्यपत्र प्रस्तुत गर्नुभएको उक्त कार्यक्रमा काठमाडौं जिल्लाका १५० भन्दा बढी महिला स्काउटरहरूको उपस्थिति रहेको थियो ।

वीरेन्द्र सैनिक र जनज्योति उत्कृष्ट
कोकाकोला कप अन्तरविद्यालय राष्ट्रिय फुटबल प्रतियोगिता हालै सम्पन्न भएको छ । उक्त प्रतियोगितामा छात्रतर्फ वीरेन्द्र सैनिक आवासीय महाविद्यालय र छात्रतर्फ जनज्योति उच्चमाविले उपाधि हासिल गरेका थिए । गत वर्ष क्वाटरफाइनलबाटै बाहिरिएको वीरेन्द्र सैनिकले यसपटक फाइनलमा श्रमिक शान्ति विद्यालयलाई सडनडेथमा पराजित गरेको थियो । यी दुइ टोलीले निर्धारित समयमा एक-एक गोल गरे पनि अन्त्यमा बाजी भने वीरेन्द्र सैनिकले मारेको थियो । सैनिकको यो पहिलो कोकाकोला कप उपाधि हो ।
त्यस्तै छात्रहरूको फाइनल खेलमा जनज्योतिले राधिका उमाविलाई चार-शून्यको अन्तरले पराजित गर्दै सहज विजय हासिल गरेको थियो । जनज्योतिका तर्फबाट यशोदा लामाले ह्याटि्रक गरेकी थिइन् । प्रतियोगितामा विजयी हुने छात्र तथा छात्रा टिमले नगद दुइ लाख प्राप्त गरेका थिए भने दोस्रो हुनेलाई एक लाख प्रदान गरिएको थियो ।