भूकम्प जनता र राहत -मिलन शर्मा

भूकम्प जनता र राहत -मिलन शर्मा


sr-netभूकम्प २०७२ :
२०७२ साल बैशाख १२ गते शनिवार मध्यान्हभन्दा केहीपहिले जमीनको सतहभन्दा ९ माइलमुनि रहेको एक चट्टान सर्यो र ठुलो धक्का दियो । काठमाडौं उपत्यकालाई चिरिदिएको यो धक्का २० आणविक हतियार फुटेजत्तिकै शक्तिशाली थियो भन्ने अनुमान लगाइएको छ । विसं २०७२ बैसाख १२ गते शनिबार नेपालको प्रमाणिक समय अनुसार ११:५६ (६:११:२६ यूटीसी)मा लगभग ३४ किमी (२१ माइल) पूर्व-दक्षिणपूर्व बार्पाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प १५ किमी (९.३ माइल) गहिराइमा गएको हो| भूकम्पले नेपाल सरकारको प्रारम्भिक जानकारीअनुसार नेपालमा मात्रै ५१६२ मानिसको ज्यान गएको थियाे । नेपालसँगै रहेका भारत, चीन र बंगलादेशमा पनि कयौं मानिस हताहात भएको थियाे ।

क्षति
वि.सं. २०७२ बैशाख १२ गते मध्यान्हमा गएको भूकम्पको धक्का नेपाललगायत छिमेकी मुलुक भारत, बंगलादेश र चीनमा समेत महसुस भएको थियो । भूकम्पका कारण विश्वका १० पर्यटकीय उपत्यका मध्यको लाङटाङ उपत्यका अझै हिउँ पहिरोमा पुरिएको छ । यसैगरी सिन्धुपाल्चोक जिल्लाको सिपाघाट भन्ने बजार पनि पूरै बगरमा परिणत भएको छ । त्यसैगरी भीमसेन थापाले निर्माण गर्न लगाएको धरहरा केवल इतिहासका पन्नामा सीमित भएको छ । यो भूकम्पले केवल घर जमीन मात्र हल्लाएन, सम्पूर्ण नेपालीको मुटु पनि हल्लायो । यस भूकम्पका कारण सात हजारभन्दा ठूलाे संख्यामा हताहती भएकाे छ । भूकम्पका कारण १० हजार ८०३ सरकारी घरहरु तथा भवन पूर्ण रुपमा क्षति भएका छन् । आंशिक रुपमा १५ हजार ०३४ घर तथा भवनहरु क्षति भएका छन् । सर्वसाधारणका २ लाख ९७ हजार २६६ घरहरु पूर्ण क्षति भएका छन् भने २ लाख ७७ हजार ५० घरहरु आंशिक क्षति भएका छन् ।

जनजीवन
भूकम्पले जनजीवनलाई तहसनहस मात्र पारेन, मनलाई पनि तहसनहस पार्यो | सिन्धुपाल्चोक, दोलखाका प्रतेक बस्तीहरु उजाड मरभूमि बन्न पुगे, गोरखाको पनि उस्तै हालत बनायो |गत बैशाख १२ गते गएको प्रलयकारी भूकम्प र त्यसका लगातारका साना ठूला कम्पनले गर्दा मानिसका घरबार उठिबास बनाएको छ । शहरी ईलाकामा भन्दा ग्रामीण ईलाकामा भूकम्पको चकचकी र बिगार बढी मात्रामा देखिएको छ । भूकम्पले गर्दा कति परिवारमा साना नानीबाबू मात्र छन् । उनीहरुका वा आमा तथा अभिभावकरु भूकम्पले समाप्त पारेको छ । करीव एक मिनेटको कम्पनले कतिपयको जीवन नैं कहाली लाग्दो र अपत्यारिलो बनाइदिएको छ । अति प्रभावित भनेर सरकारको तथ्यांकमा परेका १४ जिल्लाका अधिकांश सरकारी भवन र व्यक्तिगत भवनहरु बस्नै नमिल्ने गरी चर्किने, लड्ने तथा ध्वस्त भएका छन् । सहरी क्षेत्रका कतिपय भग्नावशेष भवनहरु नेपाली सेनाले भत्काएको छ भने ग्रमीण ईलाकामा रहेका भग्नावशेषहरु विभिन्न राजनीतिक दलका भातृ संगठनहरले ‘क्लिन’ गरेका छन् । अझै कतिपय भग्नावशेषहरु त्यतिकै छन् ।

प्राधिकरण
भूकम्पबाट भत्किएका घर तथा भौतिक संरचनाहरुको पुनर्निर्माण र विस्थापित भएका व्यक्ति तथा परिवारलाई पुनर्स्थापना गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरिएको हो ।

milanपीडित पहिचान :
भूकम्प जना साथ राहतको ओहिरो लाग्यो, काठमाडौँ विमानस्थल राहतले भरियो, मापदण्ड नहुँदा समयमा राहत पुग्न सकेन, समयमा त्रिपाल पनि जनतामा पुग्न सकेन, भलै कोइ ठाउमा ३-४ वटासम्म पुग्यो | यता सरकारले राहत वितरणमा समेत भेदभाव गरेको, राहतका सामग्रीमा अनियमितता भएको र राहतका लागि बिक्री गर्न लगिएको जस्ता पाता, त्रिपाल लगायतका सामाग्री बिक्री भएको भन्दै जनगुनासो सुनिन थालेका छन् । पहिलो चरणको प्रमाणीकरण शुरु गर्यो । हचुवाको भरमा पर्मानिकरण भयो | कतिपय बिकट ग्रामीण भेगका जनताले भूकम्प गएको १०/१५ दिनपछि बल्ल त्रिपाल पाए । शहरबजार र सदरमुकाम केन्द्रित पीडितहरुको आँखामा सवै एनजीओ तथा आईएनजीओ परे भने बिकट स्थानमा सरकारी निकायको उपस्थित निकै ढिलो र पातलो रुपमा देखा परेको पाइयो । जनताको धान, मकै, आलु गहुँ, कोदो ्लगायत खाद्यान्न माटोमा पुरिएको छ |फर्जी पीडित धेरै निस्किए | घर नै नभएका र पहुँच भएका राहत लिन पुगे तर पीडितहरु पुर्पुरोमा हात लगाएर बस्न बाध्य भए |

केही नभएको भने अवश्य होइन, जनतामा पनि केही चेतना उठ्न आवश्यक छ | गैर सरकारी संस्था र सरकारको समोंयोया आवश्यक देखिन्छ |

PHoto Source : Net