राजदूतबाट महारानीसमक्ष अाफ्नाे अाेहाेदाकाे प्रमाणपत्र प्रस्तुत

राजदूतबाट महारानीसमक्ष अाफ्नाे अाेहाेदाकाे प्रमाणपत्र प्रस्तुत


screen-shot-2016-12-02-at-07-17-47लण्डन । बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले हिजाे अर्थात् डिसेम्बर ०१ तारिख वकिङ्घम प्यालेसमा एक समाराेहबीच अाफ्नाे अाेहाेदाकाे प्रमाणपत्र पेश गरेकाछन् । दूतावासले जारी गरेकाे विज्ञप्तिमा जनाएअनुसार साे अवसरमा राजदूत सुवेदीले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबाट पठाइएका शुभकामना सन्देशहरु पेश गरेकाथिए । बेलायती महारानी एलिजावेथ (द्वितीया)काे व्यक्तिगत स्वास्थ्य तथा सुख शान्तिलगायत बेलायत र यसका जनताकाे लागि शुभेक्षाहरु समावेश थिए ।
बेलायती महारानी एलिजावेथले नेपालकी राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालका व्यक्तिगत सुख शान्ति तथा नेपाल र यसका जनताकाे निरन्तर शान्ति प्रगति एवं सम्वृद्धिका लागि शुभकामना पुर्याइदिन राजदूत सुवेदीलाई अाग्रह गरेकी थिईन् । साथै सुवेदीकाे कार्यकालमा बेलायत र नेपाल बीचकाे द्विपक्षीय सम्वन्ध सुमधुर हुने विश्वास व्यक्त गरेकी थिईन् ।
अाेहाेदाकाे प्रमाणपत्र पेश भएपश्चात कुटनीतिक प्रचलनअनुसार राजदूत सुवेदीले दूतावासमा जलपानकाे व्यवस्था गरेका थिए जहाआ बेलायतका शिष्टाचार महापाललगायत उच्चायुक्ताहरु, प्रतिनिधिसभाका सांसदहरुलगायत विशिष्ट व्यक्तिहरुकाे उपस्थिति रहेकाेथियाे ।