एलगोरलाई राहत

एलगोरलाई राहत


अमेरिकाका पूर्वउपराष्ट्रपति तथा नोबेल पुरस्कार विजेता एलगोरले हालै यौन दुराचारको आरोपबाट सफाइ पाएका छन् । एलगोरलाई एक मसाज थेरापिस्टसँग यौन दुराचार गरेको आरोप लागेको थियो । सन् २००६ मा पोटल्यान्डको एक होटेलमा बस्दा गोरमाथि यौन दुराचार गरेको आरोप लागेको थियो । यौन दुराचारको आरोप लगाउने मसाज थेरापिस्ट माली हेगर्टीी गोरले मसाज गर्ने क्रममा आफूलाई यौन दुराचार गरेको बताए थिइन् । उपराष्ट्रपति गोरमाथि लागेको आरोपको लामो समयपछिको अनुसन्धानपछि जिल्ला न्यान्याधीश माइकल श्रंकले उक्त आरोपलाई आधारहीन भएको निर्णय सुनाउँदै यौन दुराचारको आरोप खारेज गरेका थिए । सोही क्रममा गोरमाथि आरोप लगाउने महिला माली हेगर्टीथि गरिएको पोलिग्राफ प्रशिक्षणमा पनि आरोप सफल भएको थियो ।

सडकको कसिंगरमा कोहीनूर
हीरा प्रायः कोइलाखानीमा भेटिने भए पनि चीनको साङ्र्घाईमा भने कसिंगरमा भेटिएको छ । साङ्र्घाई एक्पो गार्डनमा फोहोर उठाउने १५ वर्षीया तिब्बती किशोरी डोल्मा चुट्सो सबैभन्दा सुन्दरी बन्न पुगेकी छिन् । चाइना डेलीका अनुसार सिना डटकममा जारी एक सर्वेक्षणमा इन्टरनेट प्रयोग गर्ने व्यक्तिहरूलाई साङ्र्घाई एस्क्पोकी सबैभन्दा सुन्दरी केटी को हुन् – भनेर प्रश्न गरिएको थियो । यसको जवाफका लागि वेबसाइटमा भिडियोसमेत राखिएको थियो । उक्त भिडियोमा एस्क्पो गार्डनमा शीतलपेयका बोटलहरू उठाउँदै गरेको तस्बिर डोल्माको राखिएको थियो । इन्टरनेट प्रयोग गर्ने व्यक्तिहरूले डोल्माको तस्बिर अत्यधिक मन पराएर उनलाई साङ्र्घाई एस्क्पो गार्डनकी सबैभन्दा सुन्दरी भएको जवाफ दिएका थिए । भूकम्पको मारमा परेर विभिन्न कष्टहरू झेलिरहेकी डोल्मालाई तीन सय गरिब केटीसँगै उक्त एस्क्पोको निःशुल्क भ्रमणका लागि ल्याइएको थियो । एक्कासि डोल्मा एस्क्पोकी सुन्दरी बनेपछि उनको भविष्यको कायापलट भएको छ ।

१० हजार वर्ष पुरानो कङ्काल
वैज्ञानिकहरूले १० हजार वर्ष पुरानो एक महिला-कंकालको चित्र दुरुस्त बनाएको दाबी गरेका छन् । सो कंकाललाई पालमास नाम दिइएको छ । उक्त महिलाको कङ्काल अमेरिकामा पाइएको सबैभन्दा पुरानो मानवीय अवशेष हो । यो अवशेष दक्षिणपूर्व मेक्सिकोको एक गुफामा प्राप्त भएको थियो ।
यो महिलाको कङ्काललाई पूर्णता दिन केही समययता मेक्सिको र फ्रान्सका वैज्ञानिकहरू लागेका थिए । वैज्ञानिकहरूले हालै उक्त कङ्कालको अनुहार बनाउन सफल भएको र उनी ५० वर्षीया महिला भएको दाबी गरेका छन् । उनीहरूले उक्त महिला दक्षिणपूर्वी एसियाको महिलाजस्तै भएकोसमेत किटान गरेका छन् । लास दस हजार वर्ष पहिलेको भएको र अर्को कङ्काल पनि सुरक्षित अवस्थामा प्राप्त भएको बताइएको छ । महिलाको अनुहार दक्षिणपूर्वी एसियाका मंगोलियन महिलासँग मिल्दोजुल्दो भएकोले यिनीहरू निकै पुरानो जाति भएको बताएका छन् ।
– नवीन उप्रेती