भूपू वृद्ध गुर्खा सैनिकमाथि बेलायतमा अाक्रमण

भूपू वृद्ध गुर्खा सैनिकमाथि बेलायतमा अाक्रमण


20161119_001750लन्डन। सामाजिक विश्रृंखलता देखिने किसिमकाे घटनामा तीनजना युवाहरूले ६० वर्षीय वृद्धलाइर् मुक्का प्रहार गरी बेहाेस बनाएर छाडेकाे समाचार फाेर्सेस् टीभीमा टेखाइएकाे छ । ६० वर्षीय उक्त वृद्ध भूपू गुर्खा सैनिक हुन् । बेलायतमा बस्ने कानूनी अाधारले बेलायतकाे नटिंगहाममा छाेरी ज्वाँइसँग बस्दै अाइरहेका लाेकेन्द्र लिम्बूलार्इ सडकमा हिँडिरहेकाे अवस्थामा अगाडिबाट अाइरहेका तीनजनामध्ये एक जनाले जाेडले अनुहारमा हानेकाे मुक्काले उनी बेहाेस हुन पुगेका थिए । समाचारमा जनाइएअनुसार, अाफू हाेसमा अाएपछि पनि साेबारे कसैलार्इ नबताए पनि अनुहारमा चाेट लागेका अाफ्ना बाबुलार्इ अस्पताल लाने छाेरीले खबर सार्वजनिक गरेकी थिर्इन् ।
६० वर्षीय लिम्बूले फाेकल्याण्ड युद्धमा बेलायतकाे तर्फबाट लडेका थिए । १५ वर्षसम्म अनवरत रूपमा अाफ्नाे उर्जाशील जीवन खर्चेर कानूनी रूपमा बेलायतमा बस्दै अाएका भूपू गुर्खालार्इ गरिएकाे अाक्रमण अति नै दुःखदायी तथा अाश्चर्यजनक रहेकाे छाेरीले बताएकिछिन् । समाचारमा अाएकाे साे घटनामा बेलायती नेपाली समाजमा भाइरल बनेकाे छ । बेलायत युराेपीयन युनियनबाट अलग हुन लागेकाे सन्दर्भमा फाटफुट सुनिरहेकाे भेदभावजन्य घटनाहरूमा थप एक हाे कि भन्ने अाशंका पनि लगाइएकाे छ ।
घटनाकाे बारेमा नटिङ्हामशायर पुलिसले खाेजविन गरिरहेकाे छ ।