ट्रम्पको तलब जम्मा एक डलर !

ट्रम्पको तलब जम्मा एक डलर !


donald_trump

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्षिक जम्मा एक डलर (नेपाली रुपैयाँ एक सय भन्दा केही बढी) मात्र पारिश्रमिक ग्रहण गर्ने भएका छन् । आफूलाई राष्ट्रपतिको तलब कति हुन्छ भन्ने जानकारी नभएको बताउँदै ट्रम्पले भनेका छन्, ‘जति भए पनि म त्यो तलब लिन्नँ, वर्षको जम्मा एक डलर मात्र लिनेछु ।’ ज्ञातव्य छ, अमेरिकाको राष्ट्रपतिलाई तलबबापत एक वर्षमा चार लाख डलर प्राप्त हुनेछ । यसबाहेक भत्ता र अन्य केही सुविधा पनि राष्ट्रपतिलाई प्राप्त हुनेछ । तर, ट्रम्पले नगदका रूपमा एक डलरभन्दा बढी नलिने स्पष्ट गरेका छन् ।

अर्बपति डोनाल्ड ट्रम्पको सम्पत्ति र उनले राज्यलाई बुझाउने करबारे केही समयपछि नै सार्वजनिक हुने बताइएको छ । उनको आम्दानी र खर्चबारे अहिले अडिट भइरहेको छ, लेखा परीक्षणको कामपछि ट्रम्पको सम्पत्ति र उनले बुझाउने करबारे विश्वका जनताले जानकारी पाउने विश्वास गरिएको छ ।