भूपू गुर्खाहरुसँग बेलायत सरकार वार्तामा बस्ने

भूपू गुर्खाहरुसँग बेलायत सरकार वार्तामा बस्ने


press-releaseलन्डन । भूपू गुर्खाहरुको समस्याको समाधानका लागि त्रिपक्षीय वार्तामा बस्न बेलायत सरकारले रुची देखाएको छ । नेपाल र बेलायतबीचको दुई सय वर्ष सम्मको निरन्तर रुपमा रहेको मित्रताको विभिन्न चरणहरुमा खुशियाली मनाउने क्रममा नै नेपालका परराष्ट्र मन्त्री डा रामशरण महतले वास्तविक रुपमा नेपाल र बेलायतबीचको सम्वन्धको सेतुको रुपमा रहेको गुर्खाहरु, खासगरी भूतपूर्व गुर्खाहरुको वषौंदेखि थाँती रहँदै आएको समस्यालाई वार्ताबाट समाधान गराउनको लागि नेपाल सरकारको तर्फबाट गरिएको आग्रहको पत्र बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले यही २७ तारिख बेलायतको रक्षा अन्तर्गतको भूतपूर्व सैनिक तथा जगेडासम्बन्धी मामिला हेर्ने मन्त्रालयको मन्त्री मार्क लाङ्गकास्टर भीडी भीआरलाई हस्तान्तरण गरेको जानकारी बेलायतस्थित नेपाली राजदूतावासले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

सो विज्ञप्तिमा मन्त्री मार्क लाङ्गकास्टरले राजदूत सुवेदीलाई वार्ताको सहजीकरणको लागि अनुरोध गर्दै पत्र पठाउनु उल्लेख गर्दे संयुक्त अधिराज्य बेलायत सरकार र गोर्खा सत्याग्रह संयूक्त संघर्ष समिति एवं सम्बद्ध संघसँस्थाका प्रतिनिधीहरु सहितको सहभागितमा यथाशीघ्र वार्ता गर्न र गराउनको लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने दूतावास तयार रहेको बताएको छ । विज्ञप्तिमा, बेलायतस्थित गोर्खा सत्याग्रह संयूक्त संघर्ष समितिलाई त्रिपक्षीय वार्ताको लागि वातावरण तयार गर्न अनुरोध गरेको छ ।