नवनियुक्त राजदूत सुवेदी र नेपाली पत्रकाहरुको दूतावासमा भेटघाट

नवनियुक्त राजदूत सुवेदी र नेपाली पत्रकाहरुको दूतावासमा भेटघाट


राजदूत सुवेदीबाट दूतावासमा भेदभाव, दुव्र्यवहार, भष्ट्राचार, ढिलासुस्ती तथा अनियमता नहुने वा नगरिने वाचा ।

DUBASUलण्डन । यही अक्टोबर ७ तारिख, बेलायतस्थित नेपाली दूतावासले नवनियुक्त राजदूत डा. दुर्गाबहादुर सुवेदी क्षेत्रीसँग बेलायतस्थित नेपाली पत्रकाहरुको एक अनौपचारिक भेटघाटको आयोजना गरी नेपाली समाजसँग राजदूतको चिनापर्चीको थालनी गरेको छ । लगभग अढाइ वर्षदेखि रिक्त रहेको बेलायतका लागि नेपाली राजदूतको पदस्थापन गर्न, नवनियुक्त राजदूत दुर्गाबहादुर सुवेदी क्षेत्री गत सेप्टेम्बर २८ तारिखका दिन बेलायत आएका थिए । आफ्नो ३० वर्षसम्मको सरकारी कामकाजको अनुभव बटुलेर बेलायतका लागि राजदूतमा नियुक्ति लिएका डा. सुवेदी क्षेत्रीले नेपाल र बेलायतबीचमा रहेको दौत्य सम्वन्धलाई गाढा बनाई दुई देशबीच व्यापारिक अवसरहरुको सिर्जना गर्ने, पर्यटकीय प्रर्वधन र विकासमा बेलायतको संलग्नतालाई बढाउने, २०० वर्षको ऐतिहासिक सम्वन्धलाई सुदृढ बनाउनका भू.पू. गोर्खाहरुका मुद्दामा नेपाल सरकारको तर्फबाट सकारात्मक भूमिका खेल्ने आदि आफ्नो लक्ष्य रहेको कुरा पत्रकारहरुमाझ खोलेका थिए ।

नेपाली दूतावास र नेपाली समाज पक्ष र प्रतिपक्षको जस्तो सम्वन्ध रहने अनुभव आफूले न्युयोर्क बस्दा बटुलेको बताउने राजदूत सुवेदीले आफ्नो कार्यकाललाई सफल बनाउनका लागि आएको हप्तामा नै नयाँ पहलहरु शुरु गरिसकेका छन् । दूतावासले दिँदै आएको सेवालाई सुमधुर राख्नका लागि एउटा विशेष पदको सिर्जना गरी मुख्यतया सेवाग्राहीका लागि दिइने सेवामा नै खटाइने र सो पदको पदस्थापन डेनमार्कस्थित दूतावासबाट गरिने बताइएको छ । दूतावासले आफ्नो प्रवक्ताको रुपमा काउन्सिलर डीसीएम शरद राज आरनलाई चयन गरेको छ । सूचनाको लागि सरल पहुँच समाजमा लाने हेतुले चयन गरिएको काउन्सिलर आरनको नियुक्तिलाई नेपाली समाजमा निक्कै राम्रो थालनीको रुपमा लिइसकिएको छ ।

बेलायतस्थित २० जना पत्रकारहरुको सहभागिता रहेको सो अवसरमा राजदूत डा. सुवेदीले आफ्नो कार्यकाल, एक उदाहरणीय बनाउने अठोट पेश गरेका थिए । राजदूतलाई एक अभिभावकको रुपमा लिइने भए तापनि आफूलाई एक साथीको रुपमा लिनको लागि विशेष रुपमा आग्रह गर्ने डा. सुवेदीले बेलायतका रहेका सयौं संघसंस्थाहरुले बोलाउने क्रममा आफू स्वयं उपस्थित हुन नसके त्यसलाई अन्यथा नलिन अग्रिम अनुरोध गरेका छन् । डा. सुवेदी भन्छन् -“बेलायत आउने क्रममा मेरो जानकारीमा आएअनुसार, यहाँ लगभग ३०० वटा संघसंस्थाहरु छन्, यसरी हरेकमा दिनैपिच्छे जाने भए मेरो कार्यावधिको पूरा तीन सय दिन बित्दछ । यसरी त मेरो काम चौपट हुन्छ नी । त्यसैले, विभिन्न त्यस्ता कार्यक्रमहरुमा, सक्दो मिलाएर, राजदूत नभए तापनि दूतावासले आफ्नो प्रतिनिधि अवश्य नै पठाउने प्रयास भने अवश्य गर्नेछु ।

dinner-at-Embassyवि.सं.२०६७ सालको साझा पुरस्कारबाट पुरष्कृत दुवसु क्षेत्रीको नाममा नेपाली साहित्य क्षेत्रमा ख्याती कमाएका डा. सुवेदीको बेलायती नेपाली समाजमा भएको आगमनले बेलायतस्थित नेपाली साहित्य जमातमा केही खुशियाली जगाएको छ । साझा पुरस्कार अश्वमेध यज्ञका घोडाहरु शीर्षकको पुस्तकले पाएको थियो । विभिन्न कविताहरुको संग्रहित भएका अश्वमेध यज्ञका घोडाहरुमा वि.सं. ४७ सालपछि रंगभेद, धर्म तथा सम्प्रदाय, दासत्व, असमानतालगायत अमानवीयताहरुउपर व्यंग्यात्मक किसिमका कविताहरु राखिएका छन् । सोको प्रभाव राजदूत सुवेदीमा अद्यावधि देखिन्छ । उनी भन्दछन् -“म कुनै जाति विशेषको होइन, कुनै राजनीतिक धारका होइन, कुनै क्षेत्र, धर्म, वा सम्प्रादयका होइन, या म सबै जातजाति, धर्म, भाषाभेषी, राजनीतिक पार्टी, र सम्प्रदायका हुँ, म त्यसैले बेलायतस्थित नेपाली समुदायलाई यो कुरामा प्रतिवद्धता दिलाउन चाहान्छु कि, मेरो कार्यकालमा यस दूतावासमा कुनै किसिमको भेदभाव, ढिलासुस्ती, दूव्र्यवहार, भ्रष्टाचार आदि हुने छैन । यदि अति नै आकस्मिक घटनाले गर्दा नेपालीका लागि जरुरत परे, आधा रातमा पनि दूताबास खोलिने छ ।

[youtube]http://www.youtube.com/watch?v=Vt-z0uxnElU[/youtube]
Video Source: Milan Sharma, Radio Rhino

-प्रकाश के.सी., लण्डनबाट,
तस्वीर-नरेन्द्र बस्नेत