हिमानीको जन्मदिनमा चन्दा सङ्कलन

हिमानीको जन्मदिनमा चन्दा सङ्कलन


himani-shah

भूकम्पबाट क्षतिग्रस्त एक मन्दिरको पुनर्निर्माण पूर्वयुवराज्ञी हिमानीको नाममा स्थापित ट्रष्टले गरिदिने भएको छ । संस्कृति बचाउ कार्यक्रमअन्तर्गत ट्रष्टले एक मन्दिरको पुनर्निर्माण गरिदिन लागेको हो । सो कार्यका लागि नगद जुटाउन पूर्वयुवराज्ञी हिमानीले नयाँ युक्ति निकालेकी छिन् । यही असोज १५ गते उहाँको ४०औँ जन्मदिन परेको छ र त्यस अवसरमा पूर्व श्री ५ ज्ञानेन्द्रका तर्फबाट असोज १४ गते साँझ होटेल सोल्टीमा एक रात्रिभोजको आयोजना गरिने भएको छ ।

उक्त रात्रिभोजमा शाही नातेदार तथा पारिवारिक सदस्यहरूलाई मात्र आमन्त्रण गरिने बुझिएको छ । यसरी आफ्ना ससुराद्वारा आयोजित रात्रिभोजमा आफूलाई उपहार लिएर नआउन पूर्वयुवराज्ञीले आमन्त्रितहरूलाई आग्रह गरेकी छिन् । बरु भोजमा सहभागी हुन आउनेहरूले मन्दिर पुनर्निर्माणका लागि हिमानी ट्रष्टलाई आर्थिक सहयोग गर्न पाउने व्यवस्था गरिएको छ । यसरी रात्रिभोजमा आमन्त्रितहरूबाट प्राप्त रकममा थप गरी हिमानी ट्रष्टले भूकम्पले क्षति पु¥याएको एउटा मन्दिर पुनर्निर्माण गरिदिने भएको छ ।