प्लेटलेटको कमी : के गर्ने के नगर्ने ?

प्लेटलेटको कमी : के गर्ने के नगर्ने ?


ajaya-jha

– डा. अजयकुमार झा

इम्युन थ्रोम्बोसाइटोपेनिया भनिने यो प्लेटलेटसम्बन्धी रोग हो । प्लेटलेट रगतको एक सेल हो, जुन बोनम्यारोमा बन्छ । बोनम्यारोमा मेगाकेरियोसाइटबाट प्लेटलेट बन्ने गर्छ । प्लेटलेटको Normal cont शरीरमा १५००००–४००००० lcumm हो । प्लेटलेट रगत जमाउने तत्व हो । शरीरको कुनै भागमा चोट लागेमा त्यहाँ प्लेटलेट एकत्रित हुन पुग्छ र रगत जमाउन मद्दत गर्छ । थ्रोम्बोसाइटेपिनिया (Thrombocytopenia) भन्नाले प्लेटलेट कम भएको अवस्था हो । यसको कमीले रगत नजम्ने र त्यसबाट रक्तश्राव हुने अवस्था सिर्जना हुन्छ । शरीरमा बोनम्यारोसम्बन्धी रोग (ल्युकेमिया, लिम्फोमा, माइलोमा, माइलोडिसप्लास्टिक सिन्ट्रोम, माइलोफाइब्रोसिस आदि)मा प्लेटलेटको उत्पादन नै कम भई थ्रोम्बोसाइटेपिनिया हुने गर्छ । धेरैजसो समयमा सङ्क्रमण (इन्फेक्सन)ले गर्दा पनि प्लेटलेटको सङ्ख्या केही समयका लागि कम हुन पुग्छ । ब्याक्टेरियल इन्फेक्सन, भाइरल इन्फेक्सन, सेप्सिसहरूमा शरीरमा प्लेटलेटको सङ्ख्या कम हुन पुग्छ जसले रक्तश्रावको सम्भावना या खतरा बढ्छ । शरीरमा इन्फ्लाम्माटोमी अवस्थामा पनि प्लेटलेट कम हुन पुग्छ ।

thrombocytopenia-in-pregnancy

खतराका लक्षणहरू :
रक्तश्राव नाकबाट रगत बग्नु, कालो दिसा हुनु, रातो पिसाब हुनु आदि रक्तश्राव भएको अवस्था हो । प्लेटलेटको सङ्ख्या बीस हजारभन्दा कम भएमा मस्तिष्कमा पनि रगत बग्न सक्ने सम्भावना बढेर जान्छ । प्लेटलेट कम भएको अवस्थामा काटिएको बेला लामो समयसम्म रगत गइरहने, चोटपटक लागेमा नीलो डाम आउने हुन्छ । यस्ता लक्षणहरू भएमा तुरुन्त रगत रोग विशेषज्ञस“ग परामर्श लिनुपर्ने हुन्छ ।

रगत रोग विशेषज्ञको परामर्शमा यससम्बन्धी रोगहरूको जा“च सुरु गरिन्छ । प्रथम चरणमा सीबीसी (Complete Blood Count), पीबीएस (Peripheral Blood Smear) गरेर प्लेटलेटको सङ्ख्या यकिन गरिन्छ । बोनम्यारोसम्बन्धी रोगको शङ्का लागेमा बोनम्यारो एस्पिरेसन एवम् बायोप्सी गरिन्छ । कमन भाइरल इन्फेक्सनलाई परीक्षणबाट यकिन गरिन्छ । ANA, H. Pylori Antibody, Ultrasonography, Immunoglobulin level आदि परीक्षण गर्नुपर्ने आवश्यकता हुन सक्छ ।

उपचार :
आइ.टि.पी. (Acute) एवम् दीर्घकालीन (Chronic) Variety प्रकारका हुन्छन् । बच्चाहरूमा Acute ITP ६०–७० प्रतिशत Resolve हुने तर २०–३० प्रतिशत Chronicity मा परिणत हुने हुन्छ । यस्तै, वयस्कहरूमा २०–३० प्रतिशतमा Resolve हुने एवम् ६०–७० प्रतिशतमा Chronicity मा परिणत हुने हुन्छ ।

Acute ITP विभिन्न किसिमको औषधिहरूको प्रयोग गरिन्छ । IVIG आई.भी.आई.जी Anti-D (एन्टीडी), Methyl Prednisolone (मिथाइल प्रेडनिसोलोन), Steroid (एसटिरोइड) आदि औषधिहरूको प्रयोग गरी Platelet को Count लाई बढाइन्छ जसले Risk of bleeding कम हुनमा मद्दत गर्छ । Bleeding भएको परिवेशमा Platelet Concentrate वा Single Donor apheresis Platelet (SDAP) को प्रयोग गरी Bleeding लाई कम गरिन्छ ।

दीर्घकालीन (Chromic ITP) रोगमा विभिन्न किसिमको औषधि (Dapson, Steroid, Rituximab, Azathioprine) आदिको प्रयोग गरिन्छ । Bleeding को tendency खतरामुक्त नभएको अवस्थामा Splenectomy (फियो निकाल्ने) गरिन्छ ।

Platelet कम भएको अवस्थामा निम्न उपायहरूको अवलम्बन गर्न अति आवश्यक हुन्छ ।
१. चोटपटक लाग्ने अवस्था नल्याउने ।
२. धारिलो सामान (Sharp Instrument) को प्रयोग नगर्ने ।
३. Intramuscular injection (मासुमा इन्जेक्सन) नदिने ।
४. Collision Sports (चोटपटक लाग्ने खालका) खेलकुद नगर्ने ।
५. बिरामी परेको अवस्थामा चिकित्सकको सल्लाहमा मात्र औषधिको प्रयोग गर्ने ।

अस्पतालमा सम्पर्क राख्नुपर्ने अवस्था :
– रक्तश्राव भएमा
– ज्वरो आएको बेलामा
– कुनै पनि Invasive procedure गर्नुपर्ने भए रगत रोग विशेषज्ञसेवा परामर्श हुनुपर्ने ।

(एम.डी., डी.एम.
रक्त रोग एवम् बोनम्यारो प्रत्यारोपण विशेषज्ञ
भक्तपुर क्यान्सर अस्पताल)