आत्मानुशासन

आत्मानुशासन


tilak-poudel

– तिलक पौडेल

सामान्य अर्थमा आत्मा भन्नाले मन, परमात्मा भन्ने बुझिन्छ । यदि मनमा कलुषण छैन, आग्रह–पूर्वाग्रहबाट पीडित छैन, समुचित÷यथावश्यक विवेक छ भने यसबाट हुने उद्बोधन स्वयम्मा मात्र होइन, चराचर जगत्को भलोतर्फ निर्देशित हुन्छ । फेरि, अनुशासन भन्नाले सामान्यतः शिष्टाचार, मर्यादा आदिको पालना भन्ने बुझिन्छ । यस मानेमा कोही पनि जन्मजात विवेकपुञ्ज हुँदैन । उमेरको क्रमिक उकालोसँगै आर्जन सकेका अनुभवले विवेकको टोकरी क्रमशः भरिँदै जाने हुन्छ । ‘आपूmभन्दा ठूलाको आदर गर र आपूmभन्दा सानाको माया गर’ ‘दुष्टका पनि राम्रा कुराहरू ग्रहण गर र गुरुका पनि अनुचित पक्षहरू त्यागिदेऊ’ जस्ता भनाइबाट ग्रहणशील विवेकहरू प्राप्त हुन सक्दछन् । र, यिनै मर्यादाहरूको पालना गर्नु नै अनुशासन हो भन्दा अनुपयुक्त नहुनुपर्छ ।

यसरी हेर्दा आत्मा साक्षी राखी विवेकीहरूबाट प्रस्फुटित अनुशासनका व्यहोराहरू अवलम्बन गर्नु आत्मानुशासित हुनु हो भने आपूmले पालना गर्नुपर्ने ठहरिएका मर्यादालाई मनमा अमिट ढङ्गले यथास्थान उपलब्ध गराउनु आत्मानुशासन हो भनिनुपर्दछ ।

वास्तवमा अनुशासनलाई विद्यार्थी जीवनकालमा बिउको रूपमा छरिन्छ । जुन आफ्नो कालपर्यन्त गहनाको रूपमा पहिरनु युक्तियुक्त देखिन्छ । बालकको पहिलो विद्यालय उसको घर हो । यस मानेमा उसका बाबु–आमालगायत घरका अग्रजहरू अनुशासनलगायतका गुरुहरू हुन् । यदि अग्रजहरूमा अनुशासित व्यवहार छैन भने निःसन्देह भोलिका कर्णधार उच्छृङ्खल, अनुशासनहीन हुन्छन् । ‘आपूm आज्ञाकारी नभई अरूलाई अराउन सकिँदैन’ ‘अरूलाई व्यवस्थित बनाउन पहिले आफैँ व्यवस्थित बन्नुपर्छ’ ‘स्वानुभवबेगरको अर्ती–उपदेश कोरा काल्पनिक ठहर्न सक्दछ’ जस्ता व्यहोराहरूले अग्रजहरूमा हुनुपर्ने अनुशासनको सन्देश दिएको पाइन्छ । जसले उल्लिखित व्यहोरालाई आत्मा साक्षी राखी व्यवहारीकरण गर्दैन, स्पष्टतः त्यस घरका अनुजहरूमा समुचित शिष्टाचारको खेती मौलाउँदैन । यसकारणले गर्दा यदि अग्रजले आपूmले जानेका, आर्जेका व्यहोरालाई आत्मानुशासित ढङ्गले लागू गर्दछन् भने स्वभावतः अनुजहरू त्यही व्यहोराको देखासिकी गर्दछन् र त्यो परिवार पूर्णानुशासित हुन पुग्छ ।

हुन त वर्तमान चलनचल्तीमा राम्रो, मीठो बोली र लाए–अराएको कार्य सम्पादन गर्नुलाई अनुशासित ठह¥याएर अनुशासनको दायरा सङ्कुचन गराएको पाइन्छ । वास्तवमा जीवनका हरेक पहलुमा मर्यादाका घेराहरू हुनछन्– समय, आहार–विहार, स्वास्थ्य, शिक्षा, घर–व्यवहार आदि । ध्यान दिनुपर्ने एउटा सत्य के पनि हो भने तत्तत् विषयवस्तुमा विशेषज्ञता हासिल गरेका अनुभवीहरू पनि छन्, जसले त्यस क्षेत्रको उत्कृष्टताका लागि सीमाङ्कन गरिदिएका छन् । अब, ती सीमाबद्ध व्यहोराहरूलाई मनको रोहवरमा लागू गराउन सकियो भने स्वकल्याण निश्चित छ र यही प्रसङ्गलाई आत्मानुशासन भन्न पनि सकिन्छ । तर, वर्तमानमा लालबुझक्कडीपनाले रजाइँ गरेको प्रतीत हुन्छ । विशिष्ट ओहोदा धारण गर्ने–गरेकाहरू कुनै पनि पक्षमा अनभिज्ञ देखिनुलाई आफ्नो इज्जतको स्खलन ठान्दछन् । परिणाम चुरोट, रक्सी स्वास्थ्यका लागि हानिकारक सिद्ध भएको व्यहोरा Relaxation को पूरक वस्तुका रूपमा परिभाषित गरी सेवन गर्नु अनुपयुक्त होइन-हुँदैन भन्ने व्याख्या सुन्नुपर्दछ । अनि अनुजहरूले सोही व्यहोरा अवलम्बन गर्दागर्दै आउँदा वर्तमान अवस्था विद्यमान हुन पुग्नु अस्वाभाविक देखिँदैन । र भनाइ सुनिन्छ ‘भनेजस्तो गर, गरेजस्तो होइन’ यसले आत्मानुशासनको उपहास गरिरहेको छ । यदि कसैले पनि अवलम्बन गर्नुपर्ने सत्यतथ्य व्यहोरा थाहा पाउँछ भने त्यसलाई लागू गर्दा कसैले पनि कायरको संज्ञा दिन मिल्दैन । यदि कसैले कायरकै संज्ञा दिँदा दूरावलम्बित हुन्छ कोही भने त्यो आत्मानुशासित पनि हुँदैन । यस मानेमा आत्मानुशासनको उल्लङ्घन गर्नु स्वयम्मा ठगी गर्नु हो । तर, पथ–कुपथको ठहर हुँदाहुँदै एक हातको दूरी (पेट र मुखको बीचको दूरी) लाई ध्यान नदिँदा, जिब्रोको स्वादप्रियताले प्रश्रय पाउँदा, ग्यास्ट्रिक, एसिडिटीजस्ता रोगाग्रस बन्नु परेकोछ– आमाशय ।

हुन पनि यसो नियाल्ने हो भने आत्माउपर अन्याय भएकै देखिन्छ । किनभने, आत्मा स्वचालित र अर्धचालित अङ्गहरूको पक्षमा वकालत गर्दछ । खैनी, चुरोटले फोक्सो बिगार्छ भन्ने विवेकको कार्यान्वयनमा लापरबाही गरेर हातले चुरोट किनी सल्काएर ओठमा च्याप्न अराउने मस्तिष्कले फोक्सोको चाहनाको समर्थन जनाउने आत्माको भावनामाथि हठात् बलात्कार गर्दछ र पनि सहनुपरेको छ– आत्माले । कतै अनुशासनको शृङ्खला तोडिन पुग्दाको अवस्था त होइन यो ? भन्ने राय पनि बेमुनासिव देखिँदैन । कारण, आत्मामष्तिष्कज्ञानेन्द्रीयकर्मेन्द्रीय, शायद यस्तो क्रम हुनुपर्दछ, यो शरीर विशेषको हेरचाहका कार्यहरू सम्पादन गर्दा÷गराउँदाको मर्यादा । तर, कलियुग लागेर चराचर जगत्को अनुशासितताको विच्छृङ्खलता सिर्जिएजस्तै कर्मेन्द्रीयको अनुकरणीय भावको तीव्रतामा ज्ञानेन्द्रीयले हस्तक्षेप नगर्दा, ज्ञानेन्द्रीयमाथि मस्तिष्कको समुचित निर्देशन नहुँदा, आत्माको स्पन्दनप्रति दिमाग बेफिक्री रहँदा अथवा मर्यादाको सीमा उल्लङ्घन हुँदा आत्माको पहरेदार शरीरका कर्मेन्द्रीयहरू स्वच्छन्द हुन पुगेको परिणाम हित-अहितको लक्ष्मणरेखा मेटिएजस्तो देखिन्छ ।

शरीर पूmर्तिलो हुनुपर्दछ, जसका लागि शारीरिक व्यायाम जरुरी हुन्छ, प्रातकालको हिँडाइले प्राकृतिक समवितरणको स्वच्छ पवनपान अति हितानुकूल हुन्छ,…. तर स्थूल शरीर आवश्यकताभन्दा बढी सुत्न–आराम गर्न उद्यत् हुन्छ अनि अल्छीहरूमा स्थूल शरीरको विजय स्वरूप शयानागारको अवधि अधिकिन्छ । हो, यहाँ पनि आत्मैदेखि उल्लिखित अवस्था सोचिएको हुँदैन, तर भइदिन्छ त्यस्तै  आत्मानुशासनको कमी ।

यस उसले गर्दा आत्मानुशासन भनेको आपूmको पथ–कुपथ, हित–अहित, योग्य–अयोग्य, उचित–अनुचित, … व्यहोराको सकारात्मकता अवलम्बन गर्ने भाव हो– जसको अभावमा आत्मघात हुन पुग्छ । तसर्थ, ए ! अनुशासनका पुजारीहरू हो ! अरूलाई देखाउन मात्र राम्रो काम गरेर अनुशासितमा मात्र गनिने होइन, आफ्नै आत्मा साक्षी राखेर अनुशासित बन्न सक– यसबाट सकारात्मक प्रतिफल तुरुन्तै प्राप्त हुँदै जाने व्यावहारिक व्यहोरा उल्लेख गरी बिट मार्नु उपयुक्त ठानिन्छ ।