जापानमा धादिङ समाज

जापानमा धादिङ समाज


Japan

धादिङ समाज जापानको दोस्रो अधिवेशनले कृष्णप्रसाद खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । गत आइतबार टोकियोको सिनओकोबुस्थित नेपाली मुरा हलमा सम्पन्न अधिवेशनले समाजका विगतका गतिविधिमाथि छलफल गर्दै समाजलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धताका साथ खनालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसमा उपाध्यक्षहरू श्यामहरि तिमिल्सिना, लक्ष्मी पाण्डे र विनोद खतिवडा रहेका छन् भने महासचिवमा दिनेश लोहनी, सचिवमा विमल श्रेष्ठ र कोषाध्यक्षमा राम सिंखडा चयन भएका छन् । यस्तै सदस्यहरूमा विष्णुकुमार श्रेष्ठ, सुमन थापा, साजन बस्ताकोटी, अनिता तिमिल्सिना, शङ्कर रिमाल, सन्तोष तिवारी, पार्वती ढकाल ‘न्यौपाने’ र फणिकान्त आचार्य रहेका छन् ।

अधिवेशनको खुल्लासत्रमा प्रमुख अतिथि डा. होमबहादुर रिजालले आफ्ना अनुभव राख्दै संस्थालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । संस्थापक तथा निवर्तमान अध्यक्ष तेजप्रसाद अर्यालले पनि हालसम्म आफूले पदमा रहेर सकेको काम गरेको र अब पदबाहिर रहेर पनि सक्दो सहयोग गरिरहने प्रतिबद्धता जनाए । अधिवेशनको संयोजन निवर्तमान महासचिव राजेन्द्र श्रेष्ठले गरेका थिए भने निवर्तमान उपाध्यक्ष अनुज थापाले निर्वाचन समितिको संयोजन गरेका थिए ।

धादिङ समाज धादिङ जिल्लाका विभिन्न स्थानहरूबाट पुगी विभिन्न उद्देश्यले जापानमा बसोबास गर्दै आएका धादिङेहरूलाई एकत्रित गरी उनीहरूका भैपरी आउने समस्याहरू समाधान गर्ने तथा धादिङका भौतिक विकास एवम् सामाजिक क्षेत्रमा योगदान दिने उद्देश्यले सन् २०१३ मा जापानमा स्थापना भएको संस्था हो ।