निखिल यता, सञ्चिता यता न उता

निखिल यता, सञ्चिता यता न उता


-राजन घिमिरे
अझै पनि सेलाएको छैन, निखिल र सञ्चिताबीचको विवाहको चर्चा । चलचित्र क्षेत्रप्रति थोरै चासो राख्नेहरू पनि निखिल र सञ्चिताबीचको विवाहको चर्चासँग अनविज्ञ छैनन् । तर, यतिबेला यो विवाहमा भने दरार आउने देखिन्छ ।
‘निखिल र सञ्चिता दुवै मुर्म्बई भागेर यी दुइले उतै विवाह गरे’ यो चर्चा एक्कासि बजारमा आयो । यो कुरालाई झनै पुष्टि गरिदिइन् सञ्चिताले । उनले काठमाडौं आएर भनिन्, ‘हो, मैले निखिलसँग विवाह गरेको हो । अहिले हामी दुवै आनन्दले मुर्म्बईमा बसेका छौँ ।’ सञ्चिताको यो कुरा त बजारमा आयो तर, अचम्म यसबारे निखिलको प्रतिक्रिया भने आउँदै आएन । निखिलसँग विवाह गरेको कुरालाई जतिसक्दो धेरै उचालेर मिडियाहरूमा छाइरहेकी सञ्चिताको यस्तो प्रतिक्रियामा कुनै वजन र सत्यता नभएको र नहुने कुरा अब चाँडै स्पष्ट हुने भएको छ ।
विवाहको बारेमा एकतर्फी मात्र प्रतिक्रिया सञ्चिताबाट आइरहनु र यसबारे निखिल नबोल्नुले ‘दाल मे कुछ काला है’ भन्ने उखानलाई पनि सम्भिmरहेका थिए मानिसहरूले ।
सञ्चिताले त अब निखिल नेपाल र्फकंदैनन् र उतै बस्छन् भनेर निकै दाबीका साथ भनिरहेकी थिइन् । तर सञ्चिताले भनेका यी सबै कुरा ‘वाहियात’ र बेवकुफ हुन् भन्दा फरक नपर्ला । निखिलले यसै साता मात्र भदौ महिनाको पहिलो हप्ता आफू नेपाल आउने र आफूले सञ्चितासँग कुनै पनि हालतमा विवाह नगरेको जिकिर गरेका छन् । यसै साता मात्र निखिलले थप अर्को एक नेपाली चलचित्रमा काम गर्ने मञ्जुरी दिइसकेका छन् भने सो फिल्मको छायाङ्कनका लागि निखिल भदौ महिनाको पहिलो हप्ता नेपाल आउने भएका छन् । आफूले अभिनय गर्ने नयाँ चलचित्रका निर्मातासमक्ष निखिलले भने, ‘विवाहको बारेमा दुवैको कुरा आउनुपर्ने हो, तर उसको मात्र आयो मेरो आएको छैन । म नाम, इज्जत र कलाकारिताले दिएको वजनलाई कसरी माया मार्न सक्छु र,’ निखिलको भनाइ राख्दै ती निर्माताले भने ।
यदि सञ्चिताले मात्र मैले निखिलसँग विवाह गरेँ भनेर एकतर्फी रटान दिइरहेकी हुन् र निखिल यो विषयमा गुपचुप रहनुको उद्देश्य निखिलले विवाह गरेको छैन भन्ने भनाइ सत्य सावित भएमा अन्तत: सञ्चिता यता न उताकी हुनेछिन् भन्दा फरक नपर्ला । यता नेपालमा आफ्नो क्रेज सकिएको र उता निखिल उप्रेतीसँगको सम्बन्ध पनि वाहियात रहेछ भने सञ्चिता अब बेहाल नै हुने निश्चित छ । त्यसैले आफ्नो उचाइ, वजन अनि धरातल बिर्सिदिँदा सञ्चिताले दु:ख र हन्डर खाएको दिन देख्न धेरै दिन कर्ुर्नुनपर्ने भएको छ ।

सिने क्षेत्रमा गफको बाढी
नेपाली सिनेमा उद्योग गफाडीहरूको अखडा हो भन्दा फरक नपर्ला । यहाँ काम गर्नेहरू सधैं ओझेलमा पर्छन् तर फाइँफुइँ भने गफ गर्नेहरूकै बढी देखिन्छ । त्यसमाथि पनि केही समययता आएर सिनेमा निर्माणको धारलाई नौलो तरिकाले प्रस्तुत गर्छर्ुु युवा पुस्तालाई चलचित्र क्षेत्रतर्फ आकरि्षत गर्छर्ुुनेर कामभन्दा बढी गफ गर्नेहरूको जमात ठूलै देखिन थालिएको छ र यिनीहरू नै नेपाली सिनेमा पनि खेल्ने हो र – हेर्ने हो र भनेर समग्र चलचित्र उद्योगलाई गाली गर्नेहरूलाई नै प्राथमिकतामा राखेर यिनीहरूकै चर्चा गर्न पनि पछि पर्दैनन् यिनीहरू । आफू अर्को ग्रहबाट आएजस्तो गरी मिडियामा प्रस्तुत हुने अनि मिडियासँग खुलेर बोलेमा सानो भइनेजस्तो तल्लोस्तरका सोच बोक्नेहरू र गफ दिनेहरूबीच साँठगाँग भइदिँदा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रप्रति समर्पित भएकाहरू रहरेहरूको भीडले गर्दा अपमानित भइरहेका छन् ।
यस्ता रहरे र गफाडीहरू नै ‘अब नेपाली सिनेमाको छायाङ्कन विदेशमा गर्दा मात्र चलचित्रको स्तर उकासिन्छ’ भनेर दाबी गर्छन् । तर, यिनीहरूले बुझेका छैनन् कि नेपाल नै राम्ररी नघुमेका र यहाँका लोभलाग्दो स्थानहरूमा छायाङ्कन गर्न नसकेका यिनीहरूले कसरी दाबी गरे कि बाहिर छायाङ्कन गर्नासाथ सिनेमा हिट हुन्छ र सिनेमाले अन्तर्राष्ट्रिय बजार पाउँछ भनेर बिनातयारी र गृहकार्य विदेशमा सिनेमाको छायाङ्कन गर्नु भनेको भोलि लगानी नउठेर टाउकोमा हात राख्दै ‘डुबियो’ भन्नुको विकल्प अरू नहुनु हो ।
ठूलो सपना बोकेर विदेशमा छायाङ्कन गरिएका र लोकेसनकै भरमा सिनेमा चल्छ भनेर खोक्नेहरूले यो बुझनु अनिवार्य छ कि यसरी कथालाई भन्दा विदेशको छायाङ्कनलाई महत्व दिएर आफ्नै ‘वाहवाही’ गर्नेहरू आज पनि पछुताइरहेका छन् ।
विदेशमा छायाङ्कन गरिएको पहिलो चलचित्र थियो कस्तुरी । लन्डनमा छायाङ्कन गरिएको यो चलचित्र यसरी पत्तासाफ भयो कि यसका निर्माता किरण प्रधान आज नेपाली चलचित्रको नाम सुन्दा पनि डराउँछन् । यसरी विदेशमा छायाङ्कन गरिएको भनेर कथाचाहिँ पुङ न पुच्छरको राखेको चलचित्र ‘मितेरी गाउँ’लाई दर्शकहरूले मीत नै लगाएनन् । जापानमा छायाङ्कन गरिएको यो चलचित्रका निर्माताहरू यसरी आर्थिक रूपमा फ्लप भए कि यसका निर्माता अनि निर्देशकको आज नामोनिशाना छैन । बेल्जियममा शरणार्थीको रूपमा लुकेर बसेर कमाएको रकमले नरेन्द्र थापाले एउटा चलचित्र बनाए देशदेखि विदेश । यो सिनेमाको छायाङ्कन पनि बैंककमा गरियो तर नेपालमा छायाङ्कन गरिएका चलचित्रले भन्दा पनि निकै कम व्यापार गरेपछि अहिले थापा सपरिवार फेरि बेल्जियममा नै र्फकन बाध्य भए । विदेशमा छायाङ्कन गरिएको चलचित्र भनेर नाक फुलाउने तर पछि व्यावसायिक रूपमा घाटा खाएपछि लुत्रुक्क हुनेहरूको सङ्ख्या लामै हुन्छ । त्यसैले पहिला स्वदेशमा नै छायाङ्कन सकाऊँ अनि गफभन्दा पनि काम गरौँ भन्नेतर्फ लाग्ने हो कि –

अर्को नयाँ अनुहारको प्रवेश
यतिबेला सिनेमा निर्माणमा तीव्रता आएको छ । नयाँ-नयाँ चलचित्रसँगै चलचित्र क्षेत्रमा नयाँ-नयाँ अनुहार आउने क्रम पनि बढ्न थालेको छ । यसै क्रममा एकजना उत्साही र जाँगरिला कलाकारको प्रवेश भएको छ नयाँ चलचित्र ‘परि्खराख है’मार्फत । प्रवेश भएका ती युवक हुन्- दिल श्रेष्ठ ।
बाबुराम ढकालको निर्देशनमा रहेको चलचित्र ‘परि्खराख है’ विशुद्ध रूपमा प्रेमकथामाथि आधारित चलचित्र हो । यो चलचित्रको निर्माण पनि दिलले नै गरेका हुन् । ‘अब निर्माण र अभिनय दुवै विधामा एकसाथ अगाडि बढ्ने सोच बनाएको छु,’ उनले भने ।
चलचित्र ‘परि्खराख है’ लाई स्तरीय रूपमा दर्शकमाझ ल्याउन आफ्नो समूहले कुनै पनि कुरामा सम्झौता नगरेको कुरा नायक एवम् निर्माता दिल श्रेष्ठ बताउँछन् । आफू चलचित्र क्षेत्रमा केवल रहरले मात्र नआएको कुरा बताउने दिलले चलचित्र ‘परि्खराख है’ले नेपाली चलचित्र क्षेत्रमा नयाँ आयाम ल्याउने कुरा सुनाए ।