श्री पशुपतिनाथले सबैको रक्षा गरून्

श्री पशुपतिनाथले सबैको रक्षा गरून्


13289011_1194113870600031_1023698210_n-मिलन शर्मा
भर्खरै लामो समयको प्रयास पछि बनाइएको वाम गठबन्धन फुस्किएको छ, आफ्नै भाषामा भन्दा रचिएको प्रोपागण्डाभित्र फेरि पनि नेपाली कम्युनिस्टहरू फसेकाछन्। नेपाली राजनीतिमा नयाँ घटनाक्रमको बिकास भएकाे छ |आपसमा कहल्याइएका चरम राष्ट्रवादीले फेरि एक अर्कालाई दलाल अवसरवादी धोकेवाज आदि इत्यादि भन्न थालेकाछन् । कोही संसदमा आफ्नो पल्ला भारी बनाउन लागे त कोही आफ्नो जनलहर देखाउन मॉईितघर मण्डलामा आफ्नो कार्यकर्ता चराउन थाले, कसैको पनि मनमा एक चिम्टी देशको निम्ति त्याग देखिएन सत्तालिप्सा चरम देखियो |

पहिलो चरणको आन्दोलन सकी अनसनरत तराई केन्द्रित दलहरुसामु कमरेड प्रचण्ड पुगेर आन्दोलन प्रति ऐक्येवद्दता जनाउनु भएछ | आफ्नो सरकार बनेपछि माग सम्बोधन गर्ने पनि प्रतिबद्धता जनाउनु भएछ | उहाँले त्यहाँ पुगेर आफ्नो ऐक्येवद्दता जनाउनु भन्दा पहिला किन के पी ओलीसँग बोली मिलाउनु भयो ? यो कुरो प्रस्ट पार्नु पर्ने होइन ? केका आधारमा आफ्नो गृहमन्त्रीलाई दमन गर्न लगाउनु भयो ? त्यसकाे उत्तर दिनु पर्ने होइन ? यहाँ प्रचण्डले जे भन्छन्, त्यो मात्रै ठीक हो ? उनले के आधारमा ऐक्येवद्दता जनाए र के आधारमा दमन गर्न लगाय ? काङग्रेस सभापति शेर बहादुर देउवा पनि ऐकेवद्दता जनाउन पुग्नु भएछ, के अर्थ राख्छ यसले ? नेपाली उखान “आफै धामी आफै बोक्सी” चरितार्थ हुँदैन र ?

यता प्रधानमन्त्री ओली जसरी भए पनि पदमा टिक्ने दाउमा हुनुहुन्छ | आफूलाई चरम राष्ट्रबादी अरुलाई अराष्ट्रियतत्व सम्झने ओलीलाई संसदमा ताली चाहिन्छ | अकर्मन्यताको खेती गर्ने ओली बबाल मास भाषण दिनुहुन्छ । बस आफ्नो कार्य समीक्षा गर्नु पर्दैन? भाषणले पुनः निर्माण हुने भए भइसक्थ्यो । गल्ती सबै अरुको टाउकोमा थुपार्ने आफू माखो नमार्ने ? संसद अवरूद्धको निर्णय पार्टीबाट पारित गराएर बन्धक बनाउने? प्रसंग गूगल बोय यानेकि आदित्य दाहाल सरकारको राष्ट्रिय ढुकुटीबाट एक करोड दिने निर्णय गर्यो । आदित्य फ़ाउण्डेशन खोल्नका लागि सोचनीय कुरा के हो भने आदित्य दाहाल यानेकि गूगल बोयको देश निर्माणमा के योगदान त? त्येसो त भूकम्प पीडितहरूलाई त्यो रकम उपलब्ध गराउन पनि सक्दथ्यो र त्यो सरकारको आफ्नो दायित्व पनि हो। यता देशका युबाहरूलाई विज्ञान तथा प्रबिधिको माध्यमबाट सबल बानाउछु भन्दै दुर्गम बस्ती र गाऊँगाऊँ पुग्ने महाबीर पुनको प्रोजेक्टको लागि भने सरकार एक पैसा पनि छुट्टाउन सक्दैन । त्यो एक करोड आदित्य दाहाललाई बढी आवश्यकता थियो कि महाबिर पुनलाई जसले भाग्य बताउने होइन, हज़ारौ यूवाहरूको भाग्य बनाउनका लागि लागिपरेका छन्। के देशको बिकास धामीझाक्री र ज्योतिषबाट मात्र सम्भव छ त? अझ सुनिएको छ सरकार जोगाउनको लागि उपेन्द्र यादवको गठबन्धनलाई बाउन्न करोड को अफ़र दिइयो रे के हो यो भ्रमको खेती होइन ? राजनीतिलाई व्यक्तिगत बनाउन खोज्नु के पी अाेलीको नाजायजता होइन र ?

यता डा. केसीको मागलाई राजनीतिक गर्मीले ओझेलमा परिसाक्यो । सबैलाई राजनीतिक गर्मी लागेको बेला डाक्टर केसीको मागलाई सम्बोधन गर्न सरकारलाई के खाँचो ? माइतीघर मण्डलामा जम्मा भएका मण्डले कार्यकर्ताको फोटोले सामाजिक संजाल ररंगाउन तत्पर वफ़ादारहरू डॉक्टर केसीको गुंजायमान माग, जातिले समर्थन गरे पनि हावदारी माग भन्ने बाहेक़को औक़ात राखदैनन्। सांसदमा डॉक्टर केसीको मागलाई दर्ता गराएछन्, नत्र सरकार डा. केसीको माग र अनसनलाई सुन्ने र देख्ने तागत राख्दैन। डा. केसीले पनि राजनीति गर्न तर्फ लागेजस्तो देखिन्छ। लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनु पर्याे । मेडिकल (स्वास्थ्य)क्षेत्रमा भएका बिसंगतिसँग लड्नु त साह्रै महान कार्य हो तर राजनीति गर्नु चाँहि स्वयम् आफैलाई आभिश्राप बन्न सक्छ। छिनमै भगवानझै भएका डा. केसी महत्वहीन हुन सक्छन्, तैपनि उनको जीवन रक्षा निकै महत्वपूर्ण छ, उनी सही वा गलत साबित हुनका लागि पनि ।

पुराना लेखक खगेन्द्र संग्रौला एमालेविरुद्ध निकै लागि परेका छन्, उनलाई पच्छ्याउदै युग पाठक र दिलनिसानी मगरले पनि के पी ओलीको धज्जी उडाएका छन्। यस्तै कलाकार मनोज गजुरेल खुलेरै के पी ओली जोगाउन लागिपरेका छन्। ओलीको समर्थन र विरुद्धमा लेखक कलाकार सबै सबै फेसबुक ट्विटर जस्ता सामाजिक संजाल भर्न काफी छन्। यसपालि पनि राजनैतिक तीजले देश रंगी सक्यो पशुपतिनाथ वरिपरी श्रावण लगेको छ । भीडले गौसला जाम हुन थालिसकेको छ तर देशभरिका राजनैतिक श्रावण लगेको बेला यहाँको जामको कसलाई के वास्ता?

वसले जे भने पनि राजनीति गर्न यहाँ सबैलाई रहर छ । फेसबूक ट्विटर जस्ता सामाजिक संजालमा राजनीतिको चर्को विरोध गरे पनि के पी, प्रचण्ड वा अरु जसकाे बिरोध गरे पनि यहाँ कुनै पनि कुरा हाम्रो वसमा छैन । अन्तत थकित भएर भन्नु पर्छ- श्री पशुपतिनाथले सबैको रक्षा गरून्।