माधवबाट फेरि धोखा हुनसक्ने

माधवबाट फेरि धोखा हुनसक्ने


प्रधानमन्त्री पदबाट असमयमा राजीनामा दिएर सहकर्मी राजनीतिक दलहरूलाई स्तब्ध एवम् खिन्न तुल्याउनुहुने माधवकुमार नेपालले प्रजातान्त्रिक गठबन्धन र प्रजातान्त्रिक आन्दोलनप्रति फेरि अर्को धोखाधडी गर्नुहुने हो कि भन्ने आशङ्का पैदा भएको छ । माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन या आफैं प्रधानमन्त्री बन्ने मूल्यमा एमाले पार्टी नै विभाजन गर्न पनि झलनाथ खनाल तयार रहनुभएको पाइएपछि नेपाल आत्तिनुभएको बुझिएको छ । खनाल पार्टी विभाजनको तयारीमा रहेको सूचना प्राप्त भएपछि प्रधानमन्त्री नेपालले खनाललाई कसरी तह लगाउने या उहाँलाई कसरी ट्रयाकमा ल्याउनेभन्दा पनि आत्मर्समर्पण गर्ने मानसिकता बनाउन थाल्नुभएको जानकारी प्राप्त भएको छ । नेपालले आफ्ना खास-खास मानिसहरूसँग बरु प्रचण्डकै नेतृत्वमा सरकार बन्न दिएर झलनाथलाई शान्त बनाइदिने हो कि भन्न थाल्नुभएको छ । प्रधानमन्त्री नेपालको भनाइ हुने गरेको छ, ‘बरु मधेसकेन्दि्रत दलहरूको समर्थनमा प्रचण्डको सरकार बन्न दिएर झलनाथलाई शान्त पार्ने हो कि -‘ माधव नेपालले यसरी सोच्न थाल्नुलाई एमालेभित्रको बहुमत पक्षले अनिष्टको सङ्केतका रूपमा बुझेको छ । अर्कोतिर केन्द्रीय कमिटीको बैठक माग गर्दै बहुसङ्ख्यक सदस्यले नेपालसमक्ष बुझाएको दस्तखत पनि नेपालले आफूसँग सुरक्षित राखी अहिलेसम्म पार्टी कार्यालयमा
विधिवत् दर्ता गराउनुभएको छैन । यसलाई बैठक बोलाउन नेपाल आफैं पनि हिचकिचाइरहनुभएको भनी एमाले पङ्क्तिभित्र टिप्पणी हुन थालेको छ । प्रधानमन्त्री नेपालको यस प्रकारको भूमिकाले प्रचण्डलाई प्रधानमन्त्री बन्न सहयोग पुर्‍याइरहेको र कदाचित प्रचण्ड प्रधानमन्त्री बन्नुभएमा नेपालको प्रजातान्त्रिक आन्दोलनमाथि ठूलो धक्का पुग्ने र अन्तत: एमाले आफैं पनि माओवादीको सिकार बन्ने चिन्ताले एमालेभित्रको प्रजातन्त्रवादी कित्तालाई सताएको छ । नेपालको यस्तै ढुलमुले र अडानरहित भूमिकाले प्रजातान्त्रिक आन्दोलनलाई धोखा हुनसक्ने ठानिएको छ । यसअघि अप्रत्यासित रूपले प्रधानमन्त्री पदबाट राजीनामा दिँदा गठबन्धनका सहकर्मीहरूले आफूहरूमाथि धोखा भएको महसुस गरेका थिए । त्यसबेला नेपालले रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन पूर्ण साथ र सहयोग रहने वचन दिएर सम्बद्ध पक्षलाई आश्वस्त तुल्याउनुभएको थियो । तर, उहाँको अहिलेसम्मको भूमिकाले प्रजातान्त्रिक गठबन्धनलाई सहयोग पुग्न सकेको ठानिएको छैन ।

पत्नीबाट पति बलात्कृत !
महिलामाथि हुने विभिन्न प्रकारका हिंसा र विशेषगरी यौन हिंसाका कुराले सामाजिक र राष्ट्रिय बहस पाइरहेका बेला एकजना पुरुषले आफूमाथि आफ्नै श्रीमतीबाट पटक-पटक बलात्कार भएको बयान दिएका छन् । सामाजले नामर्दको संज्ञा दिने डरले आफू सार्वजनिक हुन नसकेको बताउँदै घटना र विचारसँग उनले भने, ‘म एकदमै अप्ठ्यारो परिस्थितिमा छु, श्रीमतीलाई छोडुँ मेरो भएभरको सबै सम्पत्ति उसको नाममा छ, नछोडौँ यौन हिंसाको पराकाष्टा भोग्न गाह्रो छ ।’ उनको अनुभवमा पुरुषहरूमाथि पनि बलात्कार हुन्छ र त्यो बलात्कारको पीडा सहन गाह्रो हुने प्रकारको हुन्छ । पुरुषहरूमा पनि शारीरिक मात्र होइन बलात्कारको मानसिक आघातसमेत पर्छ । पुरुषहरूले आफूमाथिको पीडा भन्न नसकेका कारणले पनि त्यसले भित्रभित्रै मानसिक यातनाको रूप लिने उनको ठम्याइ छ । ४५ वर्षीय ब्राह्मण जातिका -उनकै अनुरोधमा नाम नराखिएको) ती पुरुष एकपटक न्यायका लागि प्राय: महिलाहरू जाने ठाउँ कानुनी सहयोग तथा परामर्श केन्द्र -ल्याक) पनि पुगे तर त्यहाँ पुगिसकेपछि आफ्नो कुरा जस्ताको तस्तै भन्न भने सकेनन् । भने, ‘त्यहाँका कानुन व्यवसायी महिलाहरूसँग कुरा गर्दा आफ्नै दिदीबहिनीजस्तो लाग्यो, श्रीमतीको लाजमर्दो अत्याचार उनीहरूसामु भन्न सकिनँ र घरेलु हिंसा पुरुषहरूमाथि पनि हुन्छ, तपाईंहरूले विचार गरिदिनुस् है भनेर फर्किएँ ।’ पेसाले यी पुरुष शिक्षक हुन् ।
महिलाबाट बलात्कार हुन सक्छ या सक्दैन भनेर सर्वोच्च अदालतमा बहस चलिरहेका बेला उनले आफ्नो पीडालाई यसप्रकारले बाहिर ल्याएका छन् । उनले भने, ‘कैयौँ बलात्कृत महिलालाई जस्तै मलाई पनि अप्ठ्यारो के छ भने बलात्कारको प्रमाण मसँग छैन, ममाथि भएको दृश्य म जस्ताको तस्तै अरूलाई देखाउन सक्दिनँ । सर्वोच्च अदालतमा अधिवक्ता श्यामकृष्ण मास्केले पुरुषमाथि बलात्कार हुन्छ भन्दै आफू पनि पीडित भएको जिकिरसहित मुद्दा नै हालेका छन् । ०६५ साल असार २७ गते दायर गरेको उक्त मुद्दामा प्रधानमन्त्रीको कार्यालय,
कानुन तथा न्याय मन्त्रालय, संविधानसभाको सचिवालयलगायतलाई विपक्षी बनाइएको छ । मुद्दामा पुरुषले महिलालाई मात्र होइन महिलाले पनि पुरुषलाई आशय करणी, जबर्जस्ती करणी र गैरकानुनी करणी गर्न सक्छन् भन्ने कुरा उल्लेख गरिएको छ । त्यसैले यस्ता करणीहरूमा जसरी पुरुषलाई सजायको भागीदार बनाइन्छ त्यसैगरी महिलालाई पनि बनाइनुपर्छ । अधिवक्ता मास्केले ठाउँ-ठाउँमा आफू पनि यौन हिंसाबाट पीडित भएको कुरा उल्लेख गरेका छन् । उनको यो मुद्दालाई लिएर सर्वोच्च बार र नेपाल बारले एमिकस क्युरी गठन गरेका छन् जसमा महिला अधिकारका क्षेत्रमा कार्यरत महिला अधिवक्ताहरूलाई सहभागी बनाइएको छ । जसमा चर्चित अधिवक्ता मीरा ढुङ्गाना, उषा मल्ल पाठकलगायतका अधिवक्ताहरूले बहस गर्ने भएका छन् । यता मुद्दा दायर गर्ने मास्केले भने पीडित पुरुषहरू चाहिए अदालतमा कुनै पनि बेला हाजिर गराउन सक्ने भनी बहसमा उल्लेख गरेको बताइएको छ । विशेषगरी पत्नीबाटै पुरुषहरू बलात्कृत हुने गरेको तर्क उनले पेस गर्दै आएका छन् । गत असार ३१ गतेको बहसले पनि मुद्दा टुङ्गो लगाउन नसकेकाले यो मुद्दाले लामै समय लिने सङ्केत देखिएको छ । तर, अधिवक्ता मास्केले भनेझैं बलात्कृत पुरुषहरू त्यत्ति सजिलै अदालतमा हाजिर हुन भने नसक्ने आफूलाई बलात्कृत दाबी गर्ने ती पुरुषको भनाइ छ । उनले भने, ‘भारी अदालतमा म स्वास्नीबाट बलात्कृत व्यक्ति हुँ भनेर कुनै पनि पुरुष आफूलाई नामर्द प्रमाणित गर्न चाहँदैन ।’

सुशील महाजिततर्फ देउवाको स्थितिमा सुधार
प्रधानमन्त्री चयन प्रक्रियामा देखिएको भद्दा खेल र यसमा भइरहेको ढिलाइले देशवासीको ध्यान भङ्ग गरेको भए पनि काङ्गे्रस महाधिवेशनप्रतिको राष्ट्रिय चासोमा कुनै कमी आएको देखिएन । आगामी भदौको दोस्रो सातामा हुने बाह्रौं महाधिवेशनमा सुशील कोइराला र शेरबहादुर देउवाले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसक्नुभएकोले कसको पक्षका महाधिवेशन प्रतिनिधिहरू बढी चयन भए भन्ने विषयमा सर्वत्र चासो प्रकट भएको छ । देशभरिका दुइ सय चालीस -२४०) निर्वाचन क्षेत्रमध्ये भक्तपुर, र्सलाही र सप्तरीलगायतका केही जिल्लामा प्रतिनिधि चयन कार्य बाँकी रहे पनि अधिकांश क्षेत्रीय अधिवेशनहरू सम्पन्न भएका छन् । अठसठ्ठी जिल्लाको चुनावी परिणाम हेर्दा अधिक स्थानबाट नयाँ अनुसार प्रतिनिधि चयन भएका पाइएको छ । प्रतिनिधिहरूको अवस्था सरसर्ती अध्ययन गर्दा केन्द्रीय समितिमा पनि नयाँ पुस्ताका मानिसको बाहुल्य रहनसक्ने सङ्केत मिलेको छ । देशभरको चुनाव परिणामले शेरबहादुर देउवाको स्थिति पूर्वअनुमान गरिएभन्दा केही सुधार भएको देखिएको छ । कुल २८८० प्रतिनिधिमध्ये देउवाका पक्षमा ५ देखि ६ सयसम्म हुने अनुमान पहिले गरिएको थियो । तर, परिणामले देउवाका पक्षमा बढीमा आठ सयसम्म मत आउनसक्ने देखाएको छ । देउवाको सबैभन्दा राम्रो प्रभाव क्षेत्र मानिएको सुदूरपश्चिम र बागमती अञ्चलमा चाहिँ देउवाले झन्डै पैंतीस प्रतिशतसम्म मत प्राप्त गर्नुहुने स्थिति छ ।
बागमती अञ्चलमा सिन्धुपाल्चोकको तीनमध्ये एउटा क्षेत्र र ललितपुरको एउटा क्षेत्रमा देउवाका सम्भावित समर्थकहरू विजयी भएका छन् । तर, काभे्रको चार र धादिङको तीन क्षेत्रमा देउवा समर्थक मानिएका करिब पन्ध्र प्रतिशत मात्र निर्वाचित भएका छन् । बागमती अञ्चलमा देउवाले कुल मत -३४८) को बढीमा बाइस प्रतिशत मात्र प्राप्त गर्ने स्थिति रहेको छ । राप्ती अञ्चलमा भने देउवा पक्षका चार प्रतिशत मात्र विजयी भएको ठानिन्छ । करिब सत्तरी प्रतिशत प्रतिनिधि खुमबहादुर खड्का समर्थक मानिएको राप्तीबाट सभापतिमा कसलाई बढी मत जानसक्छ भन्ने कुराको निर्धारण सभापति र महामन्त्रीको टिम कसरी बन्छ भन्ने कुराले गर्नेछ । महाकाली र सेतीमा देउवा पक्षका भनिने चालीस प्रतिशत र साठी प्रतिशतमा सुशील कोइराला र खुमबहादुर खड्का समर्थकहरू विजयी भएको विश्वास गरिएको छ । पूर्वाञ्चलमा साठी प्रतिशतभन्दा बढी सुशील कोइराला समर्थकहरू विजयी भएका छन् भने तर्राईका जिल्लामा कोइराला र खड्काको तुलनामा देउवा कमजोर देखिनुभएको छ । निर्वाचनको समग्र परिणामले सुशील कोइरालालाई काङ्गे्रसको सबैभन्दा बलियो नेता भएको प्रमाणित गरेको छ भने देउवा र खड्काको हैसियत बराबरीको देखाएको छ । सुशील कोइराला र खुमबहादुर खड्काबीच समझदारी बन्न सकेको अवस्थामा कोइराला सभापति पदमा सत्तरी प्रतिशतभन्दा बढी मत ल्याएर विजयी बन्नुहुने सम्भावना देखिन्छ । कदाचित देउवा र खड्काबीच सम्झौता भइहाल्यो भने त्यस्तो अवस्थामा सुशील कोइरालासँग कडा प्रतिस्पर्धा गर्न देउवा समक्ष हुनुहुने अनुमान गरिएको छ । तर, खड्कामाथि देउवासँग गठबन्धन नबनाउन तीव्र दबाब पारिरहेकोे छ । देउवाको टोलीमा सामेल भएर देउवालाई बलियो देखाउने भूमिका निर्वाह गर्नुभन्दा बरु महामन्त्री पदमा तटस्थ उम्मेदवार बन्नु उचित हुने राय खड्काका शुभचिन्तकहरूले खड्कालाई दिइरहेको बुझिएको छ । देउवाले भने खड्कालाई जसरी भए पनि आफ्नो पक्षमा ल्याइछाड्ने सोच बनाउनुभएको छ । प्राप्त जानकारीअनुसार देउवा खड्कालाई महामन्त्री मात्र होइन, अन्य पदाधिकारी तथा सदस्य पदमा समेत खड्का समर्थकहरूलाई आफ्नोतर्फको उम्मेदवार बनाउन राजी हुनुभएको छ । तर, देउवाबाट विगतमा पटकपटक ठूल्ठूला धोखा भएको हुनाले खड्काका समर्थकहरू दृढतापूर्वक देउवाका विपक्षमा उभिएका छन् । यदि सुशील कोइरालाले खड्कालाई आफ्नो टिममा मिलाउन खोज्नुभएन या सक्नुभएन भने त्यस्तो अवस्थामा खड्का र देउवाबीच एकप्रकारको गठबन्धन नबन्ला भन्न सकिँदैन । अहिले सुशील कोइरालाको टिममा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायतका नेताहरू छन्, खड्कासमेत उक्त टोलीमा सामेल भएमा काङ्गे्रसको मूल अंश यही रहेको अवस्था सिर्जना हुनेछ । त्यस्तो अवस्थामा देउवाले पच्चीस प्रतिशत मात्र मत प्राप्त गर्न सक्नुभयो भने पनि धेरै ठूलो उपलब्धि भएको मान्नुपर्ने हुन्छ । देउवा बलियो भए काङ्गे्रस पुन: विभाजित हुन सक्छ भन्ने त्रासका कारणले पनि महाधिवेशन प्रतिनिधिहरूको ठूलो सङ्ख्या देउवाको विपक्षमा उभिएको विश्वास गरिन्छ । गिरिजाप्रसाद कोइरालाको देहावसानपश्चात् काङ्गे्रसलाई नातावादमुक्त तुल्याउन र संस्थागत एवम् सामूहिक सोचअनुरूप पार्टी सञ्चालन गर्न पनि सुशील कोइरालालाई सभापति बनाइनुपर्छ भन्ने सोच काङ्गे्रसभित्र बनेको छ । पार्टी र प्रजातन्त्रलाई भ्रष्टाचारमुक्त तुल्याउन चाहनेहरू पनि देउवालाई दुबल बनाएर काङ्गे्रसमा राख्नुपर्ने धारणा राख्दछन् । यस्तो अवस्थामा देउवाले सभापति पदमा सुशील कोइरालालाई सर्वसम्मत बनाउन सहयोग पुर्‍याउनु देउवा स्वयम्का लागि पनि हितकारी हुने देखिन्छ । कोइरालासँग चुनाव लड्ने कार्य गर्नुभएमाा चुनाव परिणामले देउवाको ‘वरिष्ठ नेता’ पदवी पनि खोस्न सक्नेछ र खोसियो भने कुनै आर्श्चर्य हुनेछैन ।

कसको पक्षमा कति –
विभिन्न जिल्लाको प्राप्त परिणाम र विजयी उम्मेदवारहरूको स्थितिको अध्ययन एवम् विश्लेषण गर्दा काङ्गे्रसको आगामी महाधिवेशनमा सुशील कोइराला सभापति चयन हुनुहुने सम्भावना बढाएको छ । कोइरालाका पक्षमा कम्तीमा बाह्र सयभन्दा बढी मत देखिएको छ भने देउवाका पक्षमा कुल २८८० मध्ये ६ सय २८ मात्र देखिन्छ । तर, कतातिर मत जानसक्छ भनी स्पष्ट हुन नसकेकाहरूको सङ्ख्या एक हजारभन्दा बढी रहेको हुनाले कसको कति मत आउला भनी भन्न सकिने अवस्था छैन ।

कोइराला देउवा स्पष्ट हुन बाँकी जम्मा
पूर्वाञ्चल ३२१ १०६ २४५ ६७२
मध्यमाञ्चल ४५२ २३१ २८९ ९७२
पश्चिमाञ्चल २५१ १४१ १९६ ५८८
मध्यपश्चिमाञ्चल १२० ५९ २१७ ३९६
सुदुर पश्चिमाञ्चल ७९ ९१ ८२ २५२
कुल मत १२२३ ६२८ १०२९ २८८०

एकको मूल्य सात करोडसम्म !

भेडाबाख्रा कि सभासद् –
नयाँ नेपालमा सांसदहरूको किनबेच पनि नयाँ तरिकाले नै सुरु भएको छ । यसअघि सांसद खरिद गर्ने कार्य ‘प्रतिक्रियावादी’हरूबाट हुने गथ्र्यो भने यसपटक ‘महान् क्रान्तिकारी’हरूले सांसद खरिदको ‘महान्’ कार्य सुरु गरेका छन् । जसरी भए पनि प्रधानमन्त्री बन्न अग्रसर माओवादी अध्यक्ष प्रचण्डले मधेसका सांसदहरूलाई लक्षित गरेर आकर्षक भाउ दिनुभएको बुझिएको छ । माओवादी सूत्रले जनाएअनुसार प्रतिसांसद उसको प्रभावकारिता र व्यक्तित्व हेरी एकदेखि तीन करोड मूल्य निर्धारण गरिएको छ । तर, फोरम लोकतान्त्रिकका प्रमोद गुप्तालाई भने सात करोड रुपैयाँसम्म लगानी गरेर भए पनि माओवादीको पक्षमा ल्याइछाड्ने तयारी भइरहेको प्रचण्ड निकट सूत्रबाट थाहा भएको छ । गुप्ताले अन्य सांसदहरूलाई पनि माओवादीका पक्षमा ल्याउन सक्ने भएकोले उनको मूल्य सर्वाधिक बढी सात करोड निर्धारण गरिएको सम्बद्ध सूत्रको दाबी छ । माओवादीले नेकपा संयुक्त, सद्भावना र दुवै फोरमका सांसदहरूलाई खरिद गर्न सकिनेको सूचीमा राखेको छ र त्यस निम्ति पचहत्तर करोड रुपैयाँ लाग्न सक्ने अनुमान माओवादीले गरेको बताइन्छ । फोरमका अध्यक्ष उपेन्द्र यादव भने पैसा नखाने या नपाउने नेतामा परेका छन् । यादव र प्रचण्डबीच पहिले नै सम्झौता भइसकेको छ र त्यसअनुसार प्रचण्ड प्रधानमन्त्री भएमा उनी पुन: उपप्रधानमन्त्री बनाइनेछन् । यही गुप्त सम्झौताअनुरूप यादवले आफूले तटस्थझैं बसे पनि आफ्नो पक्षका एघार सांसदलाई प्रचण्डको पक्षमा मतदान गर्न खटाएका थिए । नेता जयप्रकाश गुप्तालाई सुइँकोसम्म नदिई यादवले प्रचण्डलाई मतदान गर्न आफ्ना एघार सांसद खटाएका थिए । पार्टी निर्णयविपरीत मतदान गरेका भए पनि अध्यक्ष यादवले उनीहरूलाई कारबाही नगर्ने बरु प्रचण्ड प्रधानमन्त्री भएमा पुरस्कृत गर्ने सङ्केत दिएका छन् । तमलोपाका महन्थ ठाकुरजस्ता नेतालाई समेत माओवादीले नगद दिएर खरिद गर्न खोजेको बुझिएको छ । ठाकुरलाई दुइ करोड रुपैयाँ दिने प्रस्ताव माओवादीले गरेको थियो, तर ठाकुरले माओवादी प्रस्तावलाई आफ्नो अपमान भन्दै सीधै अस्वीकार गरिदिनुभएको छ । तर्राईका सांसदहरूलाई लक्षित गरी भेडाबाख्रासरह खरिद गर्ने प्रयास भइरहँदा पनि त्यसको सशक्त प्रतिवाद नगर्नाले तर्राईका नेता तथा सभासद्हरूप्रतिको विश्वसनियता अरू घट्ने स्थिति बनेको छ । शुक्रबार -साउन २१) गते हुने निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न प्रचण्ड जतिसुकै खर्च गर्न र जस्तोसुकै सम्झौता गर्न पनि तयार रहनुभएको छ । प्रचण्डको यस्तो तत्परताले डेढ दशकअघि शेरबहादुर देउवा आदिको कालखण्डमा भएको सांसद खरिदविक्री प्रकरणलाई पनि बिर्साउने सम्भावना बढाएको छ ।

फोरम फुटाउने जिम्मा प्रमोद गुप्तालाई
माओवादीले मधेसी जनअधिकार फोरम फुटाउन सभासद् प्रमोद गुप्तालाई विशेष जिम्मेवारी दिएको समाचार प्राप्त भएको छ । जानकारीअनुसार प्रमोदले विजय गच्छदारको विरुद्धमा करिब एक दर्जन सभासद् भेला गरी काठमाडौंको विभिन्न स्थानमा गुप्त बैठकहरू गर्ने गर्नुभएको छ । गुप्ताले प्रचण्ड नेतृत्वको सरकारमा सामेल हुन सभासद्हरूलाई उकास्ने गर्दै आउनुभएको छ । साउन सत्र
गते सम्पन्न प्रधानमन्त्रीको निर्वाचनमा प्रचण्डले उपेन्द्र यादवको फोरमबाट झैं गच्छदार नेतृत्वको फोरमबाट सभासद्हरूबाट पनि ‘फ्लोर क्रस’ गरेर आफ्नो समर्थनमा आउने विश्वास गर्नुभएको थियो । तर, कारणवश त्यस दिन गुप्तालगायतले ‘फ्लोर क्रस’ गरेनन् । साउन २१ गते हुने निर्वाचनमा भने प्रमोद गुप्तालगायतका कम्तीमा एघार सभासद्ले आफूलाई मत दिने विश्वास प्रचण्डले गर्नुभएको छ । तर, यसरी प्राप्त हुने मतले प्रचण्डलाई प्रधानमन्त्री चयन गर्नसक्ने सम्भावना देखिँदैन । एमाले तटस्थ बसेको अवस्थामा मधेसकेन्दि्रत दलहरूको पूरै वा अधिक समर्थन प्राप्त भएमा मात्र प्रचण्ड प्रधानमन्त्री बन्न सक्नुहुने स्थिति छ ।

रहस्यमयी सक्रियता
माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाइछाड्न केही विवादास्पद एवम् रहस्यमयी व्यक्तिहरू विशेष रूपले सक्रिय हुँदै आएका छन् । यसक्रममा कुशकुमार जोशीसहित केही व्यापारिक पृष्ठभूमिका मानिसहरू सक्रिय रहेका छन् भने केहीचाहिँ कुनै ठोस पृष्ठभूमिबिनाका मानिसहरू पनि देखिएका छन् । यतिबेला राजबहादुर सिंह र पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहोराको सक्रियतालाई विशेष रहस्यमयी मानिएको छ । सिंह र बोहोरा दुवै प्रचण्डका पक्षमा सांसद जुटाउन भित्रभित्रै सक्रिय रहेका छन् । उनीहरू दुवैले तर्राईकेन्दि्रत दलका सभासद्हरू फुटाएर लैजाने जिम्मेवारी पाएको बुझिएको छ । राजबहादुरले प्रचण्ड प्रधानमन्त्री बनेपछि आफूलाई सञ्चार मन्त्रालयको जिम्मेवारी मिल्नुपर्ने र्सतमा यस प्रकारको काम गरिरहेको बताइन्छ, तर बोहोरा कुन निहित उद्देश्य पूर्तिका लागि प्रचण्डका पक्षमा लागेका हुन् खुल्न सकेको छैन । भनिन्छ, राजबहादुरले प्रचण्डलाई बढीमा पन्ध्रजना सांसद जुटाइदिने विश्वास दिलाएका छन् । उनले आफ्ना लागि काम गर्न काभे्रको पनौतीतिरका कालोवर्णका एक मोटा व्यक्तिलाई खटाएका छन्, जसलाई
मरिचमान सिंह र लोकेन्द्रबहादुर चन्दको खास मानिसका रूपमा चिनिन्छ । पछिल्लो समयमा यी व्यक्तिले रामबहादुर थापा बादल र कृष्णबहादुर महरासँग पनि त्यत्तिकै घनिष्ट सम्बन्ध बनाएको बताइन्छ । सिंहले यसरी आफ्नो कारिन्दा खटाएको भए पनि बोहोरा भने आफैं खटेका छन् । रहस्यमयी बोहोराले प्रहरी महानिरीक्षकबाट अवकाश प्राप्त गर्नुअघि राजधानी काठमाडौं, वीरगन्ज, नारायणगढ, नेपालगन्ज, धनगढी, पोखरा, महेन्द्रनगरलगायत सबै प्रमुख सहर तथा पर्यटकीय महत्वका रमणीय स्थलहरूमा घरजग्गा जोडिसकेका थिए । प्रहरी अधिकृतका रूपमा सर्वाधिक कमाइ गर्न सक्ने व्यक्तिका रूपमा परिचित बोहोराले केही समययता ‘प्रचण्डका लागि’ काम गर्दै आएका छन् । रत्नशमशेर राणालाई कार्यकाल सकिनु अगावै अवकाश दिलाएर महानिरीक्षक पद हत्याउन सफल -सुदूरपश्चिमी नाता लगाएर तत्कालिक गृहमन्त्री देउवाको सहयोगमा) मोतीलाल बोहोराले केपी ओली गृहमन्त्री भएर आउनेबित्तिकै उहाँको प्रशंसामा ‘मुखमा साक्षात् सरस्वतीले बास गरेको’ विशेषणसहित सार्वजनिक अभिव्यक्ति दिएका थिए । महानिरीक्षकबाट अवकाश लिइसकेपछि बोहोरा एमालेमा प्रवेश गरे र एमालेको प्रचारमा सक्रिय सहभागी भएका थिए । तर, उनी एमालेमा धेरै दिन टिक्न सकेनन्, देउवा प्रधानमन्त्री भएपछि काङ्गे्रसमा प्रवेश गरे र आफू ‘बीपी कोइरालाको अनन्य भक्त’ भएको अभिव्यक्ति ठाउँ-ठाउँमा उनले दिँदै हिँडे । काङ्गे्रस फुटेपछि केही समय देउवा काङ्गे्रसमा लागेका उनी देउवा प्रधानमन्त्रीबाट हटेपछि नेपाली काङ्गे्रसतिर सरेका थिए । ०६१ मा राजाको सक्रिय शासन सुरु भएपछि राजाकै पक्षमा लागेका बोहोराले एफएम रेडियोलाई अन्तर्वार्ता दिँदै एकपटक भनेका थिए, ‘प्यारा प्रजाहरूलाई भेट्न मौसुफ सरकार आफैं सवारी होइबक्सेको छ ।’ उनी २०६३ वैशाखमा लोकतन्त्र स्थापना नभइन्जेल राजाकै कट्टर समर्थकका रूपमा रहिरहे, तर ०६३ पछि भने उनले राजालाई छाडिदिए र पुन: काङ्गे्रसमा घुस्न प्रयत्न गरे । काङ्गे्रसका तर्फबाट सभासद् बन्न हरेक बिहान बुढानीलकण्ठस्थित शेरबहादुर देउवाको दरबारमा धाउन थालेका उनी मौका नपाउने बुझेपछि लुसुक्क माओवादीतिर लागेका थिए । यतिबेला प्रचण्डलाई प्रधानमन्त्री बनाउनु मोतीलालको मुख्य लक्ष्य बनेको छ र मधेसका सभासद्हरूलाई ‘कन्भिन्स गर्ने र आफ्नो बनाउने’ ड्युटी उनलाई दिइएको छ । साउन २१ गतेसम्ममा दुइ दर्जनभन्दा बढी मधेसी सांसदलाई प्रचण्डको पोल्टामा हालिदिने विश्वास मोतीलालले माओवादीलाई दिलाएका छन् । बोहोराले आफ्नो कुन उद्देश्य पूरा गर्न माओवादीलाई यसरी सघाउन पुगेका हुन् सो बुझन सकिएको छैन । देशभरि छरिएर रहेको अर्बाैं मूल्यबराबरको सम्पत्ति रक्षा गर्न मात्र बोहोरा यसरी माओवादीतिर लागेको हुनसक्ने अनुमान बोहोरा निकटवर्तीहरूले गरेका छन् ।

टि्रपर व्यवसायी आन्दोलनमा
जथाभावी करअसुलीको मारमा परेपछि धादिङका टि्रपर व्यवसायी आन्दोलनमा उत्रिएका छन् । जिविसलाई प्रतिटि्रप ७५० रुपैयाँ कर तिर्दै आएकोमा साउन १ गतेदेखि अचानक करको दर प्रतिटि्रप एक हजार दस पुर्‍याइएपछि उनीहरू बाध्यतापूर्वक आन्दोलनको मुडमा पुगेका हुन् ।
ठेकेदारको पहलमा चार राजनीतिक दल र जिविसका कर्मचारी मिलेर आफूखुसी ढङ्गले कर वृद्धि गरेको विरोधमा व्यवसायीहरूले जिविस र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिए पनि सुनुवाइ नभएको गुनासोसमेत उनीहरूले गरेका छन् । जिविसले एक स्थान -खत्रीपौवा)मा ढाट राखी कर उठाउने व्यवस्था गरेकोमा ठेकेदारले नियमविपरीत दुइ ठाउँमा ढाट राखी कर असुल्न थालेको र त्यसमाथि विभिन्न क्लबका नाउँमा कुण्डलेमण्डलेहरूले समेत टि्रपैपिच्छे पचास रुपैयाँका दरले चन्दा असुल्ने गरेको व्यवसायीहरूको दु:खेसो छ । यसरी राज्यको नियमकानुन नै मिचेर जथाभावी रकम असुल्ने कार्य भइरहँदा पनि कानुन पालना गराउनुपर्ने निकायले चार दलका प्रतिनिधिसमक्ष प्रशासन निरीह रहेको लाचारी व्यवसायीहरूसमक्ष व्यक्त गरेकोसमेत बुझिएको छ । प्रशासनको लाचारी देखेर दिक्क भएका व्यवसायीले गत आइतबार ४ घन्टा राजमार्ग अवरुद्ध गरेका थिए । त्यसपछि प्रशासनले सात दिनभित्र समस्या समाधान गर्ने आश्वासन दिएर राजमार्ग खुलाएको थियो । व्यवसायीहरू भने जिविसको उक्त आश्वासनप्रति ढुक्क नभए पनि सात दिन कुर्ने र त्यसपछि पनि बढाइएको कर कायम रहेमा सशक्त आन्दोलनमा उत्रने निष्कर्षमा पुगेका छन् ।

प्रहरीकै मिलेमतोमा माओवादीमा अर्को ँकालीबहादुर’ प्रकट
माओवादीका नाममा काला कुकृत्यहरू गर्दै आमजनमानसमा बद्नामी कमाएका माओवादीका केन्द्रीय सदस्य कालीबहादुर खामको चर्चा सेलाउन नपाउँदै, उक्त पार्टीभित्र अर्का ‘कालीबहादुर’को पनि उल्लेख्य भूमिका रहेको प्रमाण फेलापरेको छ ।
प्रसङ्ग हो- आफूलाई विक्रम राना, विक्रम र्राई, विक्रम थापा, विक्रम लामा भन्दै ठाउँअनुकूल घर र थर ढाँटेर ठगी गर्दै हिँड्ने वाईसीएल कार्यकर्ता विक्रम रानाको । ठग विक्रम रानाले आफूलाई काभे्र वाईसीएलको इन्चार्ज रहेको र आफू प्रचण्ड र वाईसीएलका केन्द्रीय अध्यक्ष गणेशमान पुनको विश्वास-पात्र भएकोले उनीहरूको विशेष निर्देशनमा हाल शक्तिखोर जनसेना क्याम्पमा रेखदेख गर्दै छु भन्दै मकवानपुर, नवलपरासी मात्रै होइन, चितवनमा पनि ठग्दै हिँडेका छन् । पछिल्लोपटक ठगिन पुगेका सूर्यबहादुर ठकुरी, वीरबहादुर खड्का, आनी आलमलगायतका व्यक्तिले बताएअनुसार विक्रमले आफूसँग नाङ्गै देखिने ऐना भएको र उक्त ऐना बेच्नुपरेको छ, करोडौं पर्छ, विदेशी पार्टी खोज्नुस् भन्दै केही दिनअघि पीडितहरूसमक्ष प्रस्ताव राखेका थिए । पीडितहरूले ठीकै छ के गर्नुपर्‍यो त – भन्दा पीडितहरूलाई यस्तो काम गोप्यमा गर्नुपर्छ, पार्टीको यही निर्देशन छ । पार्टीले बेच्ने जिम्मा मलाई दिएको छ भन्दै पीडित व्यक्तिहरूलाई नारायणगढ, पुल्चोकनजिकैको शुभरात्रि गेस्टहाउसमा ११९ नं. को कोठा लिई यही साउन ९ गतेदेखि राखेका थिए । त्यसको भोलिपल्ट अहिले एड्भान्सका लागि तीन लाख दिनुस् आवश्यक छ, अरू रकम काम भएपछि मिलाउँला भनी रकम असुलेका थिए ।
रकम लिएपछि २-४ घन्टा बाहिर निस्केका विक्रम राना तथा प्रशासनसँग मेरो पहुँच छ, भन्दै धम्काउने वाईसीएल इन्चार्ज गजेन्द्र भन्ने कुमार लामाले, सन्तोष थापा -सन्तोष कोइराला), हरि थापालगायतका ६ जना साथी लिएर आएर सामान हेरी, हाम्रो सामान साटिए छ, कि उही सामान देऊ, होइन भने गोली ठोकेर मारिदिन्छौँ । भरतपुरका डीएसपी र इन्स्पेक्टरसँग हाम्रो मिलेमतो छ । तिमीहरूलाई मारे पनि हामीलाई केही हुँदैन भन्दै कोठाभित्र सबैलाई बन्दी बनाएर राखेका थिए । यो ठगी प्रकरणको सम्पूर्ण योजना चितवन, टाँडी, शान्तिचोकका नामुद ठग हरि सिलवालको रहेको पनि बुझिएको छ । पीडितमध्ये एकजनाले आफ्नो सूत्रमार्फत उच्च प्रहरी अधिकृतसँग काठमाडौंमा सर्म्पर्क राखी आफूहरूलाई बन्दी गराइको र उल्लिखित स्थानमा राखिएको हुँदा यथाशीघ्र उद्धार गर्नुपर्‍यो, अन्यथा हाम्रो ज्यान जान सक्छ भन्ने सूचना दिएपछि, ११ साउन ३:३० बजेतिर चितवन प्रहरीलाई तुरुन्त अपहरणमुक्त गराउने आदेश माथिबाट भएको थियो । तर भरतपुरका डीएसपीले थाहा पाउँनेबित्तिकै आदेश अवज्ञा गरी विक्रम रानालाई तुरुन्त भाग, माथिको पक्रने आदेश छ भनी जानकारी दिएपछि विक्रम राना ४:४० बजे तिमीहरूले यिनलाई ठीक पार, म काम छ भनी बाहिर निस्केका थिए, त्यहाँ रहेका सन्तोष थापा र गजेन्द्रलगायतका वाईसीएलले पीडितहरूबाट थप १ लाख नगद लिई, ३ दिनभित्र तिर्ने गरी ९ लाखको तमसुक गराएर साँझ ६:०० बजेतिर छोडिदिएका छन् । यदि ३ दिनभित्र नतिरेमा जहाँ भेट्यो, त्यहीँ गोली हान्ने र्सत भएकोले पीडितहरू ज्यान बचाउन काठमाडौं प्रवेश गरेका छन् । आखिर रक्षक नै भक्षक बनेपछि कसको के लाग्दो रहेछ र – रक्षक नै भक्षक भएपछि कसको के लाग्दो रहेछ र –
– बच्चुकैलाश शर्मा

यस्तो छ धादिङ- ३ को क्षेत्रीय समिति
गत १५ गते धादिङ गजुरीमा सम्पन्न नेपाली काङ्ग्रेसको क्षेत्रीय अधिवेशनले जीवनाथ ढकालको सभापतित्वमा क्षेत्रीय कार्यसमिति गठन गरेको छ । समितिको सचिवमा भुवन बिसुराल निरि्वरोध निर्वाचित भएका छन् भने कोषाध्यक्षमा भीमसेन पाण्डेलाई छनोट गरिएको छ । यसैगरी सदस्यहरूमा श्याम सुवेदी, कृष्ण रिजाल, विनोद भण्डारी, भवानी रूपाखेती, मञ्जु घले, जीवन तामाङ, गोविन्द पाण्डे, कुमार सिंखडा, श्रीराम जमकट्टेल, कृष्ण विक, सावित्री बञ्जारा, कविता इटनी, कर्ण तामाङ र जिल्ला सदस्यका लागि भएको खुला मतदानबाट इन्द्रबहादुर कँडेल र अर्जुन उप्रेती निर्वाचित भएका छन् ।
यसैगरी ऋषिनाथ त्रिपाठीको सभापतित्वमा नेका बेनिघाट गाउँ समिति गठन भएको छ । समितिको सचिवमा शिव रेग्मी र कोषाध्यक्षमा प्रवीणकुमार त्रिपाठी छानिएका छन् भने सदस्यहरूमा प्रमोद सिलवाल, कृष्ण कोइराला, कुनलाल श्रेष्ठ, झंक रिजाल, तिलक गुरुङ, लालबहादुर ठकुरी, सन्दीप घले र धनमाया श्रेष्ठ निर्वाचित भएका छन् ।

शोकतन्त्रका लागि फोरम लोकतान्त्रिक त्याग गर्न तयार
न्ाारायणगढ । मधेसी जनअधिकार नेपाल लोकतान्त्रिकका केन्द्रीय सदस्य अजय शाहीले माधव नेपालले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएको एक महिना बितिसक्दा पनि तीन ठूला दलले नयाँ सरकार बनाउन नसक्नु दुभाग्य भएको बताएका छन् । उनले ठूला दलले सरकार बनाउन नसके अब नयाँ सरकार बनाउने पालो फोरम लोकतान्त्रिकको रहेको दाबी पनि गरे । यदि १७ गते पनि नयाँ प्रधानमन्त्री चयन हुननसके समस्त मधेशवादी दलहरूलगायत सिंगो राष्ट्रको प्रतिनिधित्व अब मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक) ले नै गर्नुपर्ने दाबी युवा नेता शाहीले गरे । मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक पार्टीको प्रथम वारि्षकोत्सव समारोहलाई पर्सामा पार्टी कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गर्दै नारायणी अञ्चल इन्चार्जसमेत रहेका शाहीले लोकतन्त्रको रक्षाका लागि आफ्नो पार्टीले जे-जस्तो त्याग गर्न परे पनि पछि नहट्ने जिकिर गरे । वारि्षकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्का केन्द्रीय सदस्य वीरेन्द्रराज नेपालीले नेपाली काङ्गे्रस विश्वेश्वरप्रसाद कोइरालाको विचार र चिन्तनबाट पछि हटेको देखिएकोले आफूहरूले नेपाली काङ्गे्रस परित्याग गरी फोरम लोकतान्त्रिकको झन्डा बोकेको बताउँदै माओवादी पार्टी नागरिक पार्टी नबनेसम्म उसलाई विश्वास गर्न नसकिने बताए । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष जोखाप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्य महेश चौधरी, भरत चौधरी, नरबहादुर र्राई, लनि महतो, सुनिता देवालगायतका वक्ताले मन्तव्य व्यक्त गरे । कार्यक्रममा एमाओवादी, नेपाली काङ्गे्रस र एमाले परित्याग गरेका १५० व्यक्तिलाई फोरम लोकतान्त्रिकको प्रारम्भिक सदस्यता दिई पार्टी प्रवेश गराइएको पार्टी अध्यक्ष जोखा चौधरीले जानकारी दिए ।
-आरपी उपाध्याय

लुटेरासमूह ‘प्रहरी-फन्दा’मा -नरहरिराज आचार्य
रौतहट । लामो समयदेखि कानुन हातमा लिएर व्यावसायिक रूपमा अपराध तथा डकैतीको सञ्जाल फैलाउन सक्रिय एक समूहलाई ढिलै भए पनि प्रहरी पक्राउ गर्न सफल भएको छ ।
चन्द्रनिगाहपुरदेखि जिल्लाको पश्चिम भेगमा जाने एक मात्र मैरा सडक खण्डमा लुटेराको समूहले व्यवसायीहरूदेखि निहत्था यात्रु तथा सर्वसाधारणको नगद, गरगहना तथा सवारीसाधन लुट्दै आएको थियो । करिब आठ किलोमिटर जङ्गल पर्ने सो सडक खण्डमा प्रहरीको अनुपस्थितिमा लुटेरा समूहले जुनसुकै समयमा पनि आफ्नो क्रियाकलाप गर्न सक्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले विशेष र्सतर्कता अपनाएको केही समयपछि नै त्यस्तो सफलता मिलेको हो ।
हातहतियारसहित पक्राउ परेका पेशेवर मोटरसाइकल लुटेरालाई चन्द्रनिगाहपुर प्रहरीले सार्वजनिक गरेको छ । तीन थान नलकटुवा पेस्तोलसहित पक्राउ परेका ती अभियुक्तले अन्य केही घटनामा पनि आफ्नो संलग्नता भएको स्वीकार गरेका छन् । चन्द्रनिगाहपुर बजारबाट हरिहरपुरस्थित घर जाँदै गरेका सुदीप चौधरीलाई सो क्षेत्रको जङ्गलको सडकमा रोकी हतियारधारी समूहले उनको बीआर ५ बी ६९७३ नम्बरको टीभीएस मोटरसाइकल र मोबाइल लुटेका थिए । घटनालगत्तै प्रहरी निरीक्षक गौतम मिश्रको कमाण्डमा गएको टोलीले लुटेको मोटरसाइकलमा भाग्दै गरेका मकवानपुर, मकरान्चुली गाविस-८ का दिलीप गुरुङ र हेटौंडा नगरपालिका- ८ का सन्तोषकुमार चौधरीलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका अभियुक्तका साथै उनीहरूबाट बरामद भएको ३ थान नलकटुवा पेस्तोल र ६ थान गोलीसहित प्रहरीले सोमबार उनीहरूलाई सार्वजनिक गरेको छ । तीनजनाको समुहमा रहेकामध्ये दुइ पक्राउ परे पनि एकजना भने प्रहरीको पञ्जाबाट भाग्न सफल भएको छ । उक्त समूह पक्राउ परेपछि आगामी दिनमा सो स्थानमा आपराधिक गतिविधिमा कमी आउने विश्वास स्थानीय बासिन्दाले गरेका छन् ।
सशस्त्र प्रहरीको छविमा धब्बा
गौर । मध्यतर्राईका जिल्लामा भूमिगत समूहका नाममा हिंसा बढ्दै गएपछि सरकाले परिचालन गरेको सशस्त्र प्रहरी रौतहट जिल्लामा यतिबेला जनताको सुरक्षामा भन्दा रकम आर्जन गर्न लागेको जनगुनासा आउन थालेका छन् । केही भ्रष्ट स्वभावका प्रहरी अधिकृतहरूका कारण यस्ता जनगुनासा आइरहेका पाइएको छ ।
रौतहटको सीमाक्षेत्र तथा अन्य क्षेत्रमा परिचालित सशस्त्र प्रहरीको टिमलाई पछिल्लोपटक अनियमित तवरले बर्दीको आडमा रकम असुली गरेको आरोप लागेको छ । विभिन्न स्थानमा परिचालित सशस्त्र प्रहरीले शान्ति सुरक्षामा भन्दा कताबाट कसरी रकम आउँछ भन्नेतिर ध्यान दिन थालेपछि जिल्लाको शान्तिसुुुरक्ष्ँाको अवस्था रामभरोसाको अवस्थामा पुगेको हो । सुरक्षा गतिविधि निष्त्रिmय भएका कारण जिल्लामा यतिखेर यसअघि नामै नसुनिएका भूमिगत समूहले चन्दाआतङ्क मच्चाइरहेका छन् । त्यस्ता समूहले हतियार तथा धम्कीको भरमा चन्दा असुलेर स्थानीय सङ्घसंस्था, व्यापारी र कर्मचारीलाई सताउन थालेका छन् । सीमा सुरक्षा बल रौतहट, गौरका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर श्रेष्ठले स्थानीय तस्करहरूसँग मासिक सात लाख लिने गरेको आरोप जिल्लावासीले किटानका साथ लगाएका छन् । प्रउ श्रेष्ठले रकम असुल्न खटाउने गरेका सशस्त्र प्रहरीका सादा पोसाकका घुमुवा प्रहरीले अहिले भूमिगत समूहका व्यक्तिहरूको शैलीमा अवैध तवरले रकम असुलिरहेको गुनासा स्थानीय व्यापारीले गरेका छन् । यसअघि पनि जथाभावी रूपमा रकम असुली गरेको जनगुनासो आएपछि सशस्त्रका घुमुवा प्रमोद साहलाई रुद्र बाहिनी पथलैयाले एक साता पहिले तानेको थियो । तर, अहिले फेरि पनि निज साहलाई जिल्लामा ल्याउन एसपी श्रेष्ठ भरमग्दुर प्रयासमा लागेको थाहा हुन आएको छ । अहिले नाजायज तरिकाले रकम असुल्न उपरीक्ष्ँक श्रेष्ठले नागेन्द्र साहलाई घुमुवा राखेको सशस्त्र प्रहरी स्रोतले बताएको छ । सीमा सुरक्षा बल गौरका प्रमुख श्रेष्ठले रासायनिक मलखाद्य, लत्ताकपडा, गाईगोरु तस्कर, नुन तथा कुखुराका चल्ला तस्करबाट मासिक सात लाख आम्दानी गर्ने गरेको दाबी गरिएको छ । उनले सशस्त्र प्रहरीका सीमा सुरक्ष्ँा विभाग प्रमुख एआईजी कोषराज वन्त र रुद्र बाहिनी पथलैयाका प्रमुख डीआईजी ऋषवदेव भट्टर्राईलाई मासिक दुइ लाख बुझाउने गरेकोसमेत प्रहरी स्रोतले जनायो । सीमाक्षेत्र तथा अन्य स्थानमा रहेका सशस्त्र बेस क्याम्पका इन्चार्जहरूबाट साप्ताहिक तथा मासिक रूपमा रकम लिएर तस्करीको लाइन चालू गरेको आरोप श्रेष्ठमाथि लाग्दै आएको छ । गत साता औरैयामा मलखाद्य लोड गरिएको एक ट्रक पक्राउ गरी सशस्त्र प्रहरीले एक लाख रुपैयाँ लिएर छाडेको स्थानीय बासिन्दाले बताएका छन् । जिल्लास्थित सशस्त्र प्रहरीको एक टोलीले हालै मात्र औरैया बजारका व्यापारी लालबाबु साहको रड, सिमेन्ट लोड भएको ट्याक्टर पक्राउ गरी भन्सार बुझाउनुको साटो ६० हजार रुपैयाँ लिएर छाडेको आरोप लागेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका सशस्त्रका बेसहरूले स्थानीय व्यापारी, तस्कर तथा उद्योगीहरूसँग मासिक रूपमा रकम असुलेर सीमा सुरक्षा बल गौरका प्रमुखलाई बुझाउने गरेको स्वयम् सशस्त्र प्रहरीका केही कनिष्ठ प्रहरी अधिकृतहरूले नाम उल्लेख नगर्ने र्सतमा बताएका छन् । सशस्त्र प्रहरीको दुधियाभार बेस क्याम्पले शिवनगर र कटहरियामा दैनिक रूपमा खेलाइने कौडा तथा जुवाबाट मासिक रकम असुल्दै आएको छ भने स्थानीय तस्कर धर्मनाथ जैसवाल, उमाशंकरलगायतका व्यक्तिहरूबाट रकम लिएर सीमा सुरक्ष्ँा बलको कार्यालय गौरमामा बुझाउने गरेको छ ।
गंगा पिप्रा गाविसमा रहेको सशस्त्र प्रहरीको बेसका इन्चार्ज राजकुमार कँडेलले मासिक ५० हजार रुपैयाँ गौरस्थित कार्यालयमा बुझाउने गरेको स्रोतको दाबी छ । त्यस्तै बंकुलस्थित बेस क्याम्पले ४० हजार बुझाउने गरेको बुझिएको छ । कुल मिलाएर श्रेष्ठले अवैध रूपमा मासिक सात लाख रुपैयाँ बुभ\mने गरेका छन् । त्यसैगरी चन्द्रनिगाहपुर गौर रोडको चार स्थानमा रहेको चेकपोस्टबाट पनि दैनिक रूपमा रकम असुल्ने गरिएको छ । ती पोस्टमा खटिने सुरक्षाकर्मीले उनीहरूले स्थानीय तस्कर तथा चोरीका साना भारतीय गाडीबाट रकम झार्ने गरेको पाइएको छ । गौर रोडको गरुडा, जयनगर, दालमिल र झनखुन्वामा रहेको चेकप्वाइन्टले गौर रोडमा चल्ने सवारी साधनबाट चेकजाँचको नाममा अवैध रकम लिने गरेको गुनासो पीडितहरूले लामो समयदेखि गर्दै आएका छन् । ती प्रहरी अधिकृतले पैसाको आडमा जिल्लाको शिवनगर, कटहरिया, हरिहरपुर, बरेवा र बंकुलका विभिन्न गाउँमा अवैध रूपमा खेलाइने जुवाबाट मासिक रकम लिएर निर्वाध रूपमा कानुनले निषेध गरेको अवैध काम गर्न छुट दिएका छन् ।

उम्मेदवारी घोषणा
नेपाली काङ्ग्रे्रसका नेता तारानाथ रानाभाट आगामी महाधिवेशनमा केन्द्रीय समिति सदस्यको उम्मेदवार बन्नुहुने भएको छ । कास्कीबाट महाधिवेशन प्रतिनिधिमा विजयी रानाभाट यसअघि पार्टीको महामन्त्रीसमेत भइसक्नुभएको छ । त्यसैगरी काङ्ग्रे्रसका युवा नेता एवम् सभासद् शोभाकर पराजुलीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुहुने भएको छ ।
बाराबाट प्रतिनिधि निर्वाचित पराजुली काङ्ग्रे्रसका जुझारु युवा नेताको कोटिमा पर्नुहुन्छ । त्यस्तै धादिङबाट प्रतिनिधि निर्वाचित हरि अधिकारी पनि केन्द्रीय सदस्यको उम्मेदवार बन्नुहुने भएको छ ।
काठमाडौं काङ्ग्रे्रसका लोकप्रिय युवा नेता लोकेश ढकालले काठमाडौं काङ्ग्रे्रस कार्यसमितिको सभापति पदमा उम्मेदवारी दिनुहुने भएको छ । प्रजातान्त्रिक आन्दोलनमा लामो समयदेखि सक्रिय र सशक्त भूमिका निर्वाह गर्दै आउनुभएका ढकालको उम्मेदवारीलाई काठमाडौंका काङ्ग्रे्रस कार्यकर्ताले अत्यन्त सकारात्मक रूपमा लिएको बताइन्छ । उता धादिङ काङ्ग्रे्रसको सभापति पदमा रामनाथ अधिकारीले पुन: उम्मेदवारी दिनहुने भएको छ । धादिङमा भीमप्रसाद ढुंगाना र रमेश धमलालगायतका युवा नेताहरूले पनि सभापति पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको बुझिएको छ । चितवनबाट प्रतिनिधि निर्वाचित केशवराज कँडेलले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको छ । यसपटक महाधिवेशनमा थुपै्र नयाँ अनुहारले उम्मेदवारी दिने तयारी गरेका छन् र वस्तुस्थितिको अध्ययन गर्दा यसपालि धेरैजसो नयाँ अनुहार नै केन्द्रीय समितिमा पुग्ने सम्भावना देखिएको छ ।

धादिङ काङ्ग्रे्रसमा रोचक परिणाम
नेपाली काङ्ग्रे्रस धादिङको क्षेत्रीय अधिवेशनले रोमाञ्चक एवम् आर्श्चर्यजनक परिणाम दिएको छ । तीन क्षेत्र रहेको धादिङको तीनवटै क्षेत्रमा सम्पन्न अधिवेशनबाट सुशील कोइरालाका समर्थकहरू अत्यधिक सङ्ख्यामा निर्वाचित भएका छन् । जिल्लाका लोकप्रिय नेता हरि अधिकारीको सक्रिय प्रयासका कारण यसप्रकारको नतिजा प्राप्त भएको विश्वास गरिन्छ । प्राप्त जानकारीअनुसार धादिङ क्षेत्र नं. ३ को अधिवेशनबाट निर्वाचित एघार महाधिवेशन प्रतिनिधिहरूमा कोइराला समर्थकहरूको सङ्ख्या दस रहेको छ भने देउवा पक्षका एकजना मात्र निर्वाचित भएका छन् । क्षेत्रीय सभापतिमा पनि कोइराला समर्थक नै निरि्वरोध निर्वाचित भएका छन् । सभापतिमा जीवनाथ ढकाल निर्वाचित हुनुभएको छ भने महाधिवेशन प्रतिनिधिहरूमा हरि अधिकारी, देवप्रकाश त्रिपाठी, देवीप्रसाद सिलवाल, विश्व अर्याल, शिवप्रसाद उप्रेती, बुद्धलक्ष्मी लामा, चिरञ्जीवी सुनार, सीता सुवेदी, टेकबहादुर प्रजा, मधुसूदन श्रेष्ठ र माधव पाण्डे निर्वाचित हुनुभएको छ ।
त्यसैगरी क्षेत्र नं. २ मा पनि एघारमध्ये दसजना कोइराला समर्थक विजयी भएका छन् । पार्टी सभापति रामनाथ अधिकारीसहित भीमप्रसाद ढुङ्गाना, रमेश धमला, डा. राजाराम कार्की, झंकनारायण भट्ट, कमला कुमाल, नारायण श्रेष्ठ, टेकेन्द्र र्राई, शंकर दर्जी, उर्मिला थपलिया र कल्पना अधिकारी महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ भने क्षेत्रीय सभापतिमा विनोद तिमिल्सिना विजयी बन्नुभएको छ । त्यस्तै, क्षेत्र नं. १ मा दिलमान पाख्रिन, वासु तिमिल्सिना, फणिकान्त छतकुली, तिलक रुवाली र हरि सिंखडालगायतका नेताहरू महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ । जिल्ला नेता हरि अधिकारी केन्द्रीय सदस्यको उम्मेदवार बन्नुहुने सम्भावना रहेको छ ।

दुग्ध विकास संस्थान भ्रष्टाचारले दुगन्धित
सरकारी संस्थामा बसेर पैसा कमाउने मन हुने कर्मचारीले दुग्ध विकास संस्थानका अजवलाल यादवसँग सल्लाह लिनुपर्ने गफ हिजोआज सो संस्थानका कर्मचारीबीच निकै चल्ने गरेको बुझिएको छ । दूधमा पानी मिसाएर आमउपभोक्ता ठग्नेदेखि मेसिन तथा अन्य सामान खरिदमा भ्रष्टाचार गरी अजवलालले रेकर्ड कायम राखेपछि यस्तो चर्चा सुरु भएको कर्मचारी स्रोतले बतायो
संस्थानमा नौ वर्ष गुजारिसकेका अजवले ‘गजव’को काम गरेर करोडौं कमाएका रहेछन् भन्ने केही फेहरिस्त घटना र विचारलाई प्राप्त भएको छ । प्राप्त विवरणअनुसार पाँच सय मिलिलिटर दूध -प्रतिप्याकेट)मा १० मिलिलिटर कम राखेर संस्थानले दैनिक बिक्री-वितरण गर्दै आएको दुइ लाख ६० हजार प्याकेटबाट दुइ हजार दुइ सय लिटरको रकम यादवले कुम्ल्याउँछन् । यो रकम ८८ हजार रुपैयाँ हुन आउँछ । दूधमा ३ प्रतिशत फ्याट हुनुपर्ने मापदण्ड छ, जब कि अजवलालले १.७ देखि २ प्रतिशतमात्र राखेर वितरण गर्दै आएका रहेछन् । त्यस्तै परिणामभन्दा बढी एसएनएफ र प्याकेट फुटेको भन्दै दैनिक एक लाख ४५ हजारभन्दा बढी रकम उनकै गोजीमा जाने गरेको पनि उनी निकटका कर्मचारीले दाबी गरे ।
गाउँका किसानबाट औसत २८ रुपैयाँमा दुग्ध खरिद गर्ने संस्थानले उपभोक्तालाई भने ४० रुपैयाँमा बिक्री गर्दै आएको छ । त्यसो त संस्थानले साँखु, बनेपा, बलेफी र भक्तपुरका केन्द्रहरूबाट दूधमा पानी मिसाउँदै आएको पनि बुझिएको छ । किसानबाट हाल संस्थानले दैनिक ६५ हजार लिटर खरिद गरे पनि बजारमा भने एक लाख ३२ हजार लिटर दूध बिक्री गर्ने गरेको छ । यस हिसाबमा दैनिक ३२५० लिटर पानी दूधको मूल्यमा अजवलालले उपभोक्तालाई खरिद गराउँदै आएका छन् भनेे यसरी पानीलाई दूध बनाएर जनतालाई पिलाउन सकेबापत मासिक ३० लाख नगद अजवलालले व्यक्तिगत ढुकुटीमा भित्याउँछन् ।
गत असार १७ गते नै सेवावधि समाप्त भएका यादवले एकातिर संस्थानको चलानी नं. २२९९ बाट पत्र लेखेर नागरिक लगानी कोषबाट १४ लाख ३ हजार ८ सय ९० पैसाको उपदान लिइसकेका छन् भने अर्कातिर उनले संस्थान डुबाउने हिसाबले गुडमरि्नङ डेरी, भक्तपुरमा ५० प्रतिशत सेयर लगानी गरेको थाहा हुन आएको छ । त्यसो त यादवले इलाममा आशिष डेरी स्थापना गरेका छन् भने त्यहीको छेपीटारमा रहेको चीज कारखानामा ५० प्रतिशत सेयर लगानी गरेको केही समयअघि मात्र कर्मचारीले पत्ता लगाएका थिए । गत फागुनमा ४ लाख केजी धुलो दूध र २ लाख केजी वटरको आयात गर्दा पनि बजार मूल्यभन्दा सय रुपैयाँ महँगोमा खरिद गरी त्यसबापत पाएको कमिशन खोजबिन गर्नुपर्ने माग कर्मचारीहरू ले नै गर्न थालेका छन् । सार्वजनिक खरिद ऐन २०६३ विपरीत आयात गरिएको सो समानको बारेमा अख्तियारको पनि आँखा नजानुलाई रहस्यमय तरिकाले हेरिएको छ । त्यसो त संस्थानसँग दुइ लाख ३० हजार केजी मख्खन मौज्जाद रहँदा र भण्डारण गर्ने स्थानको अभावमा पनि उनले सीताराम मिल्कस्सँग ५० हजार केजी थप मख्खन खरिद गरेका थिए । स्वस्तिक ट्रेड लिङ्कमार्फत उनको पनि सेयर रहेको सीताराम मिल्कस्सँग खरिद गरेको सो मख्खन भने अहिले कुहिएको छ । जसले गर्दा संस्थानको भण्डारहरू गन्हाएका छन् । त्यसलाई व्यवस्थित गर्ने काम नगरी उनी रिटायर्ड भएका छन् । आव ०६६/०६७ मा ल्यामिनार प्लास्टिक विराटनगरबाट ३ सय मे.टन पोलिथिन फिल्म खरिद गर्दा पनि मापदण्डभन्दा १० प्रतिशत कम गुणस्तरको झिकाई प्रतिकेजी ३ सयका दरले हुन आउने करोडौं कमिशन घोटाला गरेका यादवले कम्पनीलाई वारि्षक ६७ लाख घाटामा पारेका थिए ।
यता संस्थानको कर्मचारी सेवा विनियमावली २०६३ को दफा ५४ को उपदफा ४ ले दुइ वर्षभन्दा बढी एक स्थानमा कर्मचारी राख्न नपाउने स्पष्ट उल्लेख गरे पनि विगत तीन वर्षदेखि कमिशन र रकम आउने सबै स्थानमा उनले नजिकका कर्मचारीको सेट मिलाएर कमिशन लिइरहेको पनि थाहा हुन आएको छ । यसरी सेट मिलाइएकाहरूमा चीज आयोजना प्रमुख डार्.र् इश्वरी अधिकारी, साँखु चिस्यान केन्द्रमा सन्तोष कटवाल र नरेश जोशीलाई भक्तपुर चिस्यान केन्द्रमा राखेर रकम असुल्ने गर्ने गरेको रहस्य अहिले खुलेको छ । संस्थानमा भ्रष्टचार मौलाएको र उपभोक्तालाई ठगी गरेर आफ्नो दुनो सोझ्याउने यादवसँगै उनका सहयोगीका रूपमा चिनिएका डा. अधिकारी, जोशी, कटुवालमात्र होइन, केन्द्रीय लेखा प्रमुख मधुसूदनप्रसाद यादव, बजार प्रमुख गंगा तिमल्सेना, बनेपाका चिस्यान केन्द्र प्रमुख जनक विष्ट, बलेफी चिस्यान केन्द्र प्रमुख दिनेश जोशीलगायत पनि भ्रष्टचारको केसमा तानिने भएका छन् ।
नागरिकता प्रमाणपत्रसमेत शङ्काको घेरामा रहेको महाप्रबन्धक यादवले संस्थानमा नौ वर्ष बसेर गरेको लुटको छानबिन गर्नुपर्नेमा असार १७ गते अवकाश पाइसकेका भए पनि प्रशासनलाई मुठ्ठीमा लिएर अझै जीएमको हैसियतले काम गरिरहेको देखिनु घोर आर्श्चर्यको विषय बनेको छ । – सम्पन्नता शाह

ककसमा उषा
संविधानसभा महिला सभासद् समूह -ककस) मा उषाकला र्राई संयोजक हुनुभएको छ । महिलाका मुद्दामा पार्टी एजेण्डाभन्दा माथि उठेर काम गर्नका लागि गठन भएको ककसमा सबै दलका गरी १९७ जना महिला सभासद् आबद्ध छन् । यसअघि मोहमदी सिद्दिकी -नेपाली काङ्ग्रेस) र दामा शर्मा -नेकपा माओवादी) ले संयोजकको भूमिका निर्वाह गरिसक्नुभएको छ । पार्टी केन्द्रीय सदस्यसमेत रहनुभएकी खोटाङकी उषाकला र्राई नेकपा एमाले सम्बद्ध सभासद् हुनुहुन्छ । उहाँ थोरै बौद्धिक महिला सभासद्मध्ये एक मानिनुहुन्छ । ककसले राज्यको हरेक निकायमा समावेशी, समानुपातिक प्रतिनिधित्वको कुरालाई अगाडि सारेको छ । आगामी मन्त्रिपरिषद्मा कम्तीमा ३३ प्रतिशत महिलाको सहभागितालाई ककसले जोडदार माग गर्ने बुझिएको छ ।

फेरि देशव्यापी शैक्षिक हड्ताल
आम गरिव विद्यार्थीको भावनाविपरीत त्रिभुवन विश्वविद्यालयले प्रमाणपत्र तह विस्थापन गरेको र तीन प्रमुख विद्यार्थी सङ्गठनले त्यसमा सहमति जनाएको विरोधमा ११ दलका विद्यार्थी सङ्गठनले आज बुधबार राजधानीमा कोणसभा र भोलि बिहीबार देशव्यापी शैक्षिक हड्तालको आह्वान गरेका छन् । यसरी संयुक्त रूपमा आन्दोलनको आह्वान गर्ने विद्यार्थी सङ्गठनहरूमा विद्यार्थी मञ्च, मधेसी विद्यार्थी फोरम नेपाल -लोकतान्त्रिक), नेक्राविसंघ, तमविफ्रन्ट, अखिल -छैटौँ), अखिल -एकीकृत), अनेरास्ववियु -पाँचौँ), मधेसी विद्यार्थी फोरम, नेपाल, नेराविफे, नेविमञ्च र अखिल -माओवादी) रहेका छन् ।

मानवबस्तीमा रोग भित्याउन खोज्नेलाई अदालतको झापड
स्थानीय बासिन्दाको असहमति र विरोध हुँदाहुँदै काठमाडौं महादेवस्थान-१ स्थित व्यक्तिको जमिन भाडामा लिएर जबर्जस्ती राँगा-भैंसी सङ्कलन केन्द्र बनाउन खोजेको विषयले अदालतमा प्रवेश पाएको छ । पशुपक्षीजन्य सङ्घका अध्यक्ष राजेन्द्र गोपालीले थानकोटनजिक सो स्थानमा १३ रोपनी जमिन भाडामा लिएर राँगा-भैंसी थुपार्न लागेका र क्षेत्र विस्तार गर्दै उनले त्यहीँ बधशाला निर्माण गर्ने तथा छाला-हड्डी प्रशोधन कार्यसमेत गर्ने योजना बनाएको बुझेपछि उनको सो कदमको स्थानीय सचेत बासिन्दाले विरोध गर्दै आएका छन् ।
मानवबस्तीबीचमा त्यसरी राँगा-भैंसी सङ्कलन गरी बधशाला बनाउँदा वरपरको वातावरणमा अत्यन्त नकारात्मक प्रभाव पर्ने र दुगन्ध फैलिएर बस्नै नसकिने अवस्था आइपर्ने स्थानीयको भनाइ रहिआइएको छ भने गत वैशाख-जेठदेखि नै अनेक प्रलोभन र बल प्रयोग गरेर गोपाली त्यहाँ सङ्कलन केन्द्र बनाउन उद्यत् रहिआएको बुझिएको छ । रोचक त के छ भने जुन जमिन उनले भाडामा लिन सम्झौता गरेको भनिएको छ त्यसका तल्सिङले समेत आफ्नो जानकारीबिना गाविससचिवलाई हात लिएर मोहीसँग सम्झौता गरिएको भनी गाविस कार्यालयमा उजुरी हालेका छन् । तर, सो उजुरीपत्र नै गाविससचिवले बेपत्ता बनाएका र मोहीका छोराहरूसँग जमिन भाडासम्बन्धी सम्झौता गरिएबाट यस प्रकरणमा गाविससचिव रामकृष्ण शर्मा ढकालको समेत अवाञ्छित संलग्नता रहेको अनुमान गरिएको छ । सम्झौताको निर्णय गर्न डाकिएको भेेलाको उपस्थितिमा स्थानीयवासीको हस्ताक्षर गराए पनि निर्णय गर्दा एकलौटी गरिएको र त्यसमा स्थानीयको हस्ताक्षर नरहेको पनि बुझिएको छ । यस विषयमा गाविससचिव ढकालले सम्बन्धित जग्गाका तल्सिङ र मोहीबीच आपसी सहमति भइसकेको र बाँकी कुरा पुनरावेदन अदालतलाई नै सोध्नुपर्ने प्रतिक्रिया दिए भने ठेकेदार गोपालीसँग सर्म्पर्क हुन सकेन ।
यसअघि आयल निगम स्टोरनजिक बधशाला र थानकोटमाथिको घुमाउने भन्ने ठाउँमा छाला सङ्कलन केन्द्र बनाई परिचालन गर्दै आएकोमा स्थानीयकै प्रतिरोधबाट लखेटिएका गोपाली झन् अटेर गर्दै घनाबस्ती र स्कुलहरू भएको स्थानमा पशुजन्य कारोबार गर्न उद्यत् भएको देख्दा स्थानीयवासी आर्श्चर्यमा परेका छन् । सो स्थनमा सगरमाथा, चन्द्रागिरी र रिभ्स स्कुलहरू सञ्चालनमा रहेका छन् भने हजारौँ स्कुले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने वातावरणविद्हरूको कथन रहेको छ । ती स्कुलका व्यवस्थापनले समेत सो कार्यको विरोधमा गाविसमा सुझाव दिएको तर सुनुवाइ नभएको बताइन्छ । नेपालको सीमापारिदेखिका रोगी राँगा-भैंसी ल्याइने र कैयन त गाडीमै मरिसकेका हुने, तर त्यसलाई समेत काटेर मासुका रूपमा बेच्ने गरिएको भन्दै निकै अघिदेखि जनस्वास्थ्यका हिमायती, वातावरणविद् एवम् जनसमुदायले आवाज उठाउँदै आएका भए पनि सरकारले समेत जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यस विषयलाई उपेक्षा गर्दै आएको देखिन्छ ।
यसैबीच अदालतसम्म पुगेको यस मामलामा पाटन पुनरावेदन अदालतले ‘स्थानीय निवेदक जनताको स्वच्छतापूर्वक बस्न पाउने नैर्सर्गिक अधिकार हनन हुने देखिएको’ आशयमा निर्णय गर्दै मुद्दाको टुङ्गो नलागेसम्म सङ्कलन केन्द्र निर्माणकार्य रोक्का गर्नू-गराउनू भनी अन्तरिम आदेश जारी गरेको छ । पुनरावेदन अदालतका माननीय न्यायाधीश तेजबहादुर केसी र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले गत असार २० गते गरेको निर्णयमा भनिएको छ- ‘…मानवबस्ती रहेको वडा स्थानमा पशु चौपायाको सङ्कलन केन्द्र बनाई सञ्चालन गरिँदा सोबाट दुगन्ध र प्रदूषण हुने भई निवेदकसहितका स्वच्छ वातावरणमा रहन पाउने नैर्सर्गिक अधिकारसमेतमा प्रतिकूल असर पर्ने आशङ्कालाई मध्यनजर राखी विपक्षीहरूको उक्त १३-६-० रोपनी क्षेत्रफलको जग्गा स्थानमा राँगा-भैंसी सङ्कलन केन्द्रको निर्माण तथा बजार स्थापना र सञ्चालनसम्बन्धी कुनै कार्य नगर्नू-नगराउनू भनी विपक्षीहरूका नाउँमा मिति ०६७/३/१६ गते जारी भएको अन्तरिम आदेशलाई यो निवेदकको अन्तिम टुङ्गो नलागेसम्मका लागि निरन्तरता प्रदान गरिएको छ ।’
मुद्दाको अर्को पेसी आगामी २६ गते बुधबारका दिन तोकिएको छ भने पुनरावेदनको अन्तरिम आदेशबाट राँगा-भैंसी सङ्कलन केन्द्रको विपक्षमा उभिएका स्थानीय जनतामा सुखद आशा सञ्चार भएको बुझिएको छ ।
– हरिप्रसाद ओझा -प्रशिक्षार्थी)

ज्यान मार्ने धम्की दिँदै कुकर्म
मानव बेचविखन तथा ओसारपसार धन्दामा संलग्न सरस्वती प्याकुर्‍याललाई प्रहरीले पक्राउ गरेको छ । नुवाकोट गेर्खु- ३ घर भई महाबौद्धमा न्यू रेसुङ्गा गेस्टहाउस सञ्चालन गर्दै आएकी ४५ वर्षीया प्याकुर्‍यालले एक युवतीलाई सुरुमा राम्रो तलबको प्रलोभन देखाई आफ्नो गेस्टहाउसमा सरसफाइको काममा लगाएको र पछि निजले ती युवतीलाई विभिन्न धाकधम्की र आर्थिक प्रलोभनसमेतमा पारी गेस्टहाउसका ग्राहकहरूसँग यौनसर्म्पर्क गर्न बाध्य तुल्याएको उजुरी प्रहरीमा परेको थियो । यौनसर्म्पर्क गर्न नमाने बेपत्ता पार्ने र ज्यानै लिनेसम्मको धम्की दिएर गत असारको पहिलो सातादेखि साउन ७ गतेसम्म यौनशोषण गरेको भन्दै पीडित युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

डा. अरुण बुढालाई प्रकाश मानवअधिकार पुरस्कार
अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) ले प्रकाश मानवअधिकार पुरस्कार-०६६ डडेल्धुरामा चिकित्सकका रूपमा कार्यरत डा. अरुण बुढालाई प्रदान गरेको छ । डा. अरुणलाई सम्मानपत्रका साथै ५० हजार राशिको पुरस्कारले सम्मान गरएको हो । डडेल्धुराको टिम अस्पतालमा कुष्ठरोगपीडित पिता रघुवीर बुढा र माता पार्वती बुढाको कोखबाट ०३७ साउन ३० गते जन्मिएका डा. अरुणको बाल्यकाल कुष्ठरोगीहरूकै सामीप्यमा उनीहरूले भोग्नुपरेको सामाजिक, सांस्कृतिक विभेद र प्रताडना समानुभूत गर्दै बितेको थियो । उनीहरूजस्तै रोगी-दु:खीको दु:खमोचन गर्ने उत्कण्ठाले उनलाई डडेल्धुराको उग्रतारा माध्यमिक विद्यालय, ललितपुरको पाटन बहुमुखी क्याम्पसबाट चीनको सियाङ जियाओ तोङ विश्वविद्यालय हुँदै पुन: जन्मस्थल टिम अस्पतालमा नै पुर्‍याएको थियो । केन्द्रको गम्भीर नजर पुग्न नसकेको सो क्षेत्रमा स्तरीय स्वास्थ्य सेवा दिने टिम अस्पतालमा मात्र उनको सेवा सीमित नरही आवश्यकताअनुसार समयसमयमा विभिन्न जिल्लामा स्वास्थ्य शिविरको आयोजन गरी डा. अरुणले दुगम गाउँका आधारभूत स्वास्थ्यको अधिकारबाट वञ्चित बासिन्दालाई पनि स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन् । प्रकाश मानवअधिकार पुरस्कारबाट सम्मानित हुने डा. बुढा १६औं व्यक्ति हुन् । यसअघि विनयकुमार कसजू, गजेन्द्रबहादुर बस्नेत, ऋषिराम थारू, दयावीरसिंह कंसाकार, रामानन्दप्रसाद सिंह, विश्वेन्द्र पासवान, सोनाम छेजुङ लामा, बसन्तीदेवी झा, नारायणप्रसाद शर्मा, टेकनाथ बराल, रामबहादुर चन्द, शिवबहादुर कार्की, रामरतिदेवी राम, दुखुवा थारू र उत्तम सञ्जेल आ-आफ्ना क्षेत्रबाट देश र जनताका निम्ति पुर्‍याएको योगदानका लागि सो पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

मिथिला नाट्यकला पुरस्कृत
गत साता राजधानीमा सम्पन्न एक कार्यक्रममा राष्ट्रिय रंगमञ्चको क्षेत्रमा प्रस्तुत भइरहेको एक संस्था अभिनन्दित एवम् पुरस्कृत भएको छ । नाट्यकलाको क्षेत्रमार्फत उत्कृष्ट योगदान राष्ट्रलाई पुर्‍याइएकोमा मिथिला नाट्यकला परिषद् पुरस्कृत भएको हो । परिषद् एकाउन्न हजार रुपैयाँ राशि एवम् सम्मानपत्र रहेको ‘सेवा पुरस्कार नेपाल ०६७’ द्वारा विभूषित एवम् पुरस्कृत भएको हो । कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले हरेक दुइ वर्षमा नाट्यकलाको क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्ति, सङ्घ/संस्थालाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ । अभिनन्दनपछि स्वामी आनन्द अरुणले स्व. बद्रीविक्रम साँच्चै कर्मयोगी भएको विचार व्यक्त गर्नुभयो ।
अभिनन्दन ग्रहण गर्दै मिथिला नाट्य कला परिषद्का तर्फबाट अध्यक्ष सुनीलकुमार मल्लिकले पुरस्कारको राशि नाट्यकलाकै क्षेत्रमा खर्च गरिने बताउँदै मिथिलाले नाट्यकलामार्फत आमनिमुखा नेपाली जनताको आवाज बोल्ने गरेको र भविष्यमा पनि आफ्नो यही नै अभियान रहेको बताउनुभयो । कार्यक्रमका अवसरमा गुठीद्वारा प्रकाशित सेवा नेपाल -भवानी घिमिरे विशेष) र बद्रीविक्रम थापाका अन्तर्वार्ता -अन्तर्वार्तासङ्ग्रह) प्रमुख अतिथि स्वामी आनन्द अरुण एवम् विशिष्ट अतिथि मधेसी जनअधिकार फोरमका नेता शरत्सिंह भण्डारीले विमोचन गर्नुभएको थियो ।

पत्रकार भन्दै ठग्ने पक्राउ
मोरङ सुन्दरपुर- २ का रुद्र कट्टेललाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं गौशाला बस्दै आएका ३५ वर्षीय कट्टेलले आफूलाई पत्रकारको आवरण दिएर सर्वसाधारणसँग विभिन्न बहानामा जबर्जस्ती नगद असुल्ने धन्दा गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीले निजलाई साउन १२ गते राति दरबारमार्गबाट विश्व युवा हिन्दू नेपाली एकता समाजको सहयोग रसिद बिक्री गरिरहेको अवस्थामा रसिद ३ थान, शुभारम्भ धार्मिक पत्रिका लेखिएको रसिद प्याड १ थानलगायत ठगीमा प्रयोग गरिने अन्य सामानसहित पक्राउ गरेको थियो ।
यसैगरी काठमाडौं महानगरपालिका- ३१ बागबजार एरियामा रहेका लज, होटल तथा रेस्टुरेन्टहरूमा अवैध रूपमा धाकधम्की दिई चन्दा उठाइरहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दाङ तुल्सीपुर- ४ का २० वर्षीय पवन पौडेल र लक्ष्मीपुर गाविस-६ का २० वर्षीय सूर्यकिरण भन्ने गोपाल भण्डारी रहेका छन् ।

मर्मतका नाममा दुइ लाख घुस
महानगरीय प्रहरी वृत्त कालिमाटीका डीएसपी भोला रावलले सवारी मर्मतको नाममा सोल्टी होटलस्थित रोयल क्यासिनोबाट दुइ लाख रुपैयाँ घुस लिएको प्रहरी सूत्रले जनाएको छ । तर, त्यसरी मर्मतका नाममा त्यसरी लिइएको पैसा उनले आफ्नै पकेटमा हालेपछि वृत्तभित्रै खैलाबैला मच्चिएको बुझिएको छ । काठमाडौं परिसरले क्यासिनोमा नेपाली प्रवेशलाई रोक्ने अभियान थाले पनि स्थानीय प्रहरीका कारण त्यो सफल हुन सकेको छैन । डीएसपी रावलले पनि परिसरलाई झुक्याउँदै क्यासिनोमा संरक्षण दिइरहेका स्रोतले बताए । सोही संरक्षणबापत उनले गत हप्तामात्र दुइ लाख रुपैयाँ बुझेको सूत्रको दाबी छ ।
गृहमन्त्री भीम रावलको आडमा आफूमाथिको प्रहरीको समेत आदेश नमानी डीएसपी रावल यतिखेर कमाउ अभियानमा लागेका छन् । गृहमन्त्री रावलका आफन्त भएकाले उनीविरुद्ध काठमाडौं परिसरमा कर्तव्य ज्यानको मुद्दा भए पनि कुनै कारबाही हुन सकेको छैन । दुइ महिनाअघि सानु सुनुवारको हत्यामा डीएसपी रावलको संलग्नता पुष्टि भइसकेको छ । हिरासतमै पैसा नदिएको भनेर निर्घ कुटपिट गर्दा सुनुवारको मृत्यु भएको थियो । त्यस घटनाको सम्बन्धमा प्रहरीकै २/२ वटा समितिले डीएसपी रावल दोषी रहेको प्रतिवेदन प्रहरी महानिरीक्षकलाई बुझाइसकेको छ । त्यस्तै मानवअधिकार आयोगले पनि डीएसपी रावललाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको महिना नाघिसकेको छ । तर, गृहमन्त्री रावलकै संरक्षणमा उनलाई कारबाही गर्न नसकिएको प्रहरी उच्च स्रोतले बताएको छ ।
हिरासतमा हत्या गर्नेजस्तो जघन्य अपराधमा संलग्न प्रहरीहरू तत्काल निलम्बनमा पर्ने गरेका छन् । तर, डीएसपी रावललाई कारबाही नगरेर प्रहरीलाई नै बदनाम गराएको कुरा प्रहरीभित्रै उठ्न थालेको छ । उक्त घटनाको अनुसन्धान गर्न गठन गरिएको एक छानबिन समितिका संयोजक रहेका एसपी यादवराज खनाल अनुसन्धानमा डीएसपी रावलको कमजोरी पाइएको बताउँछन् ।
स-साना कमजोरीमा पनि कारबाही हुने गरेको प्रहरी सङ्गठनमा त्यति ठूलो घटनामा मुछिएका प्रहरी अधिकृतलाई कारबाही हुन नसक्नुले नेपाल प्रहरीभित्र कति धेरै राजनीति रहेछ भन्ने एकातिर प्रस्ट भएको छ भने अर्कातिर गृहमन्त्री रावलको संरक्षण पाएपछि डीएसपी रावल यतिखेर हप्ता असुलीमा व्यस्त रहेका छन् । डान्स, बार तथा गेस्टहाउसबाट मात्र होइन विभिन्न बहाना बनाएर व्यापारीहरूसँग पैसा असुलीलाई पनि उनले तीव्रता दिएका छन् । रावलको भ्रष्टाचारमा काठमाडौं परिसर र आयुक्तको कार्यालय समेत मूकदर्शक बनेको छ ।
– सिर्जना चापागाईं

गीतकारहरू आन्दोलनको पक्षमा
गीत-सङ्गीत यस्तो शक्तिशाली माध्यम हो जसले सम्पूर्ण दुु:ख पीडा भुलाउन सक्छ भने त्यसैले रुवाउन पनि सक्छ । गीत रेकर्ड हुन्छ, बजारमा आउँछ, तर चर्चा हुन्छ गायकको । गीत उत्कृष्ट भयो भने तिनै गायकले वाहवाही पाउँछन् । तर, गीतलाई उत्कृष्ट बनाउन लामो साधना गर्ने गीतकार भने ओझेलमै पर्छन् । यस्तै पीडा पोखेका छन्, नेपालका चर्चित गीतकारहरूले ।
राजधानीको वाल्मीकि विद्यापीठमा गीतकार सङ्घ नेपालले हालै आयोजना गरेको गीतकार भेलामा सहभागी गीतकारले उद्घोष गरे- ‘अब एक्लै साधना गरेर मात्र सम्भव छैन, सङ्गठन र आन्दोलन जरुरी भइसक्यो ।’ केही साताअघि मात्र तदर्थ समिति निर्माण भएको सङ्घले मुख्यत: सदस्यता विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको थियो । ‘सबैभन्दा पछाडि परेको अवस्था गीतकारको भएकाले आफ्नो हकहित र अधिकारका लागि सङ्घको निर्माण भएको हो,’ सङ्घका अध्यक्ष डा. कृष्णहरि बरालले भने, ‘सीआरबीटीको हक वृद्धि गरी गीतकार, सङ्गीतकार र गायकले पाउनैपर्छ ।’ अर्का पुराना गीतकार रत्नशमशेर थापाले रेडियो नेपालकोे सर्न्दर्भ कोट्याउँदै भने, ‘यहाँ जसले गीत गायो उसैको गीत हुन्छ, रेडियो नेपालदेखि बसेको परम्परा एफएममा पनि कायमै छ ।’ किरण खरेल, राजेन्द्र थापालगायतले मिडियाले गीतकारको नाम भन्न बिर्सिए पनि गायकले समेत कार्यक्रममा गीतकारलाई बिर्सने गरेको दु:खेसो पोखे ।
‘यहाँ त चक्काजाम, तोडफोड नगरी कसैले सुन्दो रहेनछ,’ गीतकार तथा सङ्गीतकार दीपक जङ्गमले भने, ‘योगेश वैद्य, गीतकार गोविन्द कटुवालजस्ता स्रस्टा बिरामी हुँदा खै सरकारले सुनेको -‘ कालीप्रसाद रिजालले त स्रस्टा बिरामी हँुदा पैसा उठाउनुपर्ने तीतो यथार्थ सुनाए । गायन समाज नेपालका अध्यक्ष रामकृष्ण ढकाल, सङ्गीत निर्देशक समाजका शान्तिराम र्राईसमेत उपस्थित कार्यक्रममा र्राईले भने, ‘जसरी यहाँका तीन दल नमिली केही हुँदैन, गीतकार, सङ्गीतकार र गायक एकजुट नभएसम्म कसैले सुन्नेवाला छैन ।’ उनले थपे, ‘करिब १५ लाखमा स्थापना भएको एफएमले १५ करोड मूल्यबराबरका गीत जम्मा गरेको छ, तर तिनै स्रष्टालाई लात हानिरहेछ ।’ सोही कार्यक्रममा सङ्गीत रोयल्टी समाजका भुपेन्द्र खड्काले रेडियो नेपालले वारि्षक विज्ञापनको एक प्रतिशत रकम स्रस्टालाई रोयल्टी दिनेबारे सम्झौता भइसकेको जानकारी दिए ।
मोबाइलमा गीतको सीआरबीटी डाउनलोड गरेबापत नेपाल टेलिकमले दिने रोयल्टी स्रस्टाले अन्यन्तै न्यून पाएको अवस्थामा यसबारे थप सुविधाका लागि पनि सङ्घले आवाज उठाउने अध्यक्ष डा. बरालले बताएका छन् । – फणीन्द्र संगम

आसरा केन्द्रको साधारणसभा
लागूऔषध तथा दुर्व्यसनमा फसेका युवाहरूलाई उपचार सेवा पुर्‍याउँदै आएको रानीबारीस्थित आसरा सुधार केन्द्रको १२औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा मन्तव्य दिँदै केन्द्रका अध्यक्ष श्रीमती देविना चन्दले सुधार केन्द्रले उपचारको माध्यमद्वारा व्यक्तिलाई देशको असल नागरिकका रूपमा पुनर्स्थापना गराउने काम गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा केन्द्रका सचिव श्रीमती सुनिता राणाले वारि्षक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष श्रीमती सिर्जना शाहबाट आर्थिक वर्ष ०६६/०६७ को आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय डा. काशीराज कुँवर र प्रकाश कुँवर, प्रहरी नायव महानिरीक्षक गणेशराज र्राई, समाजसेवी जीएन शर्मालगायतका व्यक्ति उपस्थित थिए ।