ग्रेटर रशमॊर नेपाली कम्युनिटिद्वारा ‘भिक्टोरिया-डे’ मनाइयो

ग्रेटर रशमॊर नेपाली कम्युनिटिद्वारा ‘भिक्टोरिया-डे’ मनाइयो


13414648_10206495760460045_358238379_nअल्डरशट । आज बेलायतकी महारानी एलिजाबेथ द्वीतियाको जन्म दिन [भिक्टोरिया डे] मनाउने काम भब्य रुपमा सम्पन्न भएको छ।
13413994_10206495760620049_1071874220_nयस वर्ष ग्रेटर रशमॊर नेपाली कम्युनिटिको सकृय पहलमा स्थानीय काउन्सिल एवं ब्रिटिश समुदायसंग प्रत्यक्ष रुपमा साझेदारी सहित सहकार्य गरी प्रथम नौमती बाजालगायत प्राय सबैजसो नेपालीसम्बद्ध संघ संस्थाको सहभागितामा ‘भिक्टोरिया-डे’ मनाइएको कुरा संस्थाका अध्यक्ष ओम थापाले बताए।
13435693_10206495761180063_379699284_nकार्यक्रममा नौमती बाजाको रौनक, नेपाली नर नारीहरुको नाच, विभिन्न धर्म, जाति एवं संस्कारसम्बध्द संस्कृति झल्कने पहिरनसहित करीब दूईसय भन्दा बढी परेडमा र करीब तीन हजारभन्दा बढी बाहिर स्वागतको लागि नेपाली समूदायको तर्फबाट सहभागिता रहेको र स्थानिय समुदायको तर्फबाट अत्यन्तै सकारात्मक रुपमा नेपाली र नेपालीका क्रियाकलापहरुलाई मन पराई स्वीकार गरिएको कुरा कार्यक्रम संयोजक एवं महासचिब रन्जिता मल्लले बताईन।
Victoria Day 2स्थानीय समुदाय र नेपाली समुदाय बिचको दुरीलाई निमिट्याण्र्न पार्न सफल उक्त कार्यक्रममा आफ्नो संस्कार झल्कने पोशाक सहित बि सी सी यू के, शिब कल्चर एण्ड कम्युनिटी सेन्टर, साइ सेन्टर फान्बरोह, क्षेत्री समाज यू के, तमुधी यू के, मगर संघ यू के, किरात सुनुवार सेवा समाज यू के, किरात राइ यायोखा, थकाली समाज यू के, याक्थुङ्ग चुमलुङ्ग, गेसो, मदत समूह, नया युवा, तमुधी आमा समूह लगायतका संस्थाहरुको उल्लेख्य सहभागिता रहेको कुरा बरिष्ठ उपाध्यक्ष जीव बेलबासेले बताए।
victoria Day 1यस कार्यक्रमलाई सफल पार्न कार्य समिति, सल्लाहाकारहरु, समस्त संघ संस्था, पत्रकारहरु समेतको भूमिका अत्यन्तै महत्वपूर्ण रहयो भने कार्यक्रम संयोजक रन्जिता मल्ल र सहसंयोजक बिर बलाल बिशेस धन्यबादका पात्र बने।
13414704_10206495760140037_42989884_nअन्त्यमा नेपाल बेलायत बीचको दौत्य सम्बन्ध दूई वर्ष पूरा गरेको उपलक्ष्यमा लर्ड किर्केट ग्राउण्ड लन्डनमा हुन गैरहेको
एम सी सी र नेपाली टिमबीच हुन गैरहेको क्रिकेट खेल हेर्न एवं खेलाडीलाइ प्रोत्साहन दिन जान इच्छुक व्यक्तिको लागि ग्रेटर रशमॊर नेपाली कम्युनिटीले दूईवटा बस बुक गरिसकेकोले सम्पर्कको लागि जानकारी गराइको थियो।
13414729_10206495761100061_449471753_n
13451153_10206495760180038_1959004278_n
13435652_10206495760300041_1667008180_n
-जीव बेलबासे