ग्रेटर रशमूर नेपाली कम्युनिटिले १० के फन रनलाई निरन्तरता दिने

ग्रेटर रशमूर नेपाली कम्युनिटिले १० के फन रनलाई निरन्तरता दिने


greatrushफान्बराेह । ग्रेटर रशमूर नेपाली कम्युनिटिले गत वर्षजस्तै यस वर्ष पनि रशमूर बराेह काउन्सिल, ब्ल्याक वाटर भ्याली रनर्स र नयाँ युवासँगको साझेदारीमा १० के फन रनलाई निरन्तरता दिने भएको छ।
गत वर्ष ५०० जनाको लक्ष्य रहेकोमा यस वर्ष १००० जनाको सहभागिता गराउने लक्ष्य रहेको छ। नेपाली र स्थानिय समूदाय एक साथ् रही आयोजना गरिने उक्त फन रनमा गत वर्ष दुबै समूदायको बराबरी सहभागिता रहेको थियो। दुवै सुमूदायबीच आपसी हार्दिकता बढाउन उक्त दौड अत्यन्तै महत्वपूर्ण साबित भएकोले हरेक वर्ष अक्टुबरमा निरन्तर रुपमा आयोजना गर्ने गरी ग्रेटर रशमूर नेपाली कम्युनिटिले निर्णय गरेको छ भने अध्यक्ष ओम थापाको प्रस्ताबमा यस वर्ष सल्लाहाकार मेजर रिटायर्ड खिम गौचन संयोजक र बरिष्ठ उपाध्यक्ष जीव बेलबासे सहसंयोजक रहने गरी दौडको सम्पूर्ण जिम्मेवारी दिइएको छ।
आगामी ०४ अक्टुबर २०१६ आइतबार ठीक बिहान १० बजे शुरु हुने उक्त दौडको पूर्ब तयारी तीब्र रुपमा भइरहेको र इच्छुक व्यक्तिले २८ सेप्टेम्बर २०१६ भित्र अनलाइन दर्ता गरिसक्नु पर्ने कुरा संयोजक गौचनले बताए।
त्यसैगरी गत बुधबार ०१ जुन २०१६ मा रशमूर बराेह काउन्सिलका मार्टिन स्टेरियो, ब्ल्याक वाटर भ्याली रनर्सका मिडिया सेक्रेटरी स्टिभ राड्क्लिफ, सेक्रेटरी एण्डी राट्क्लिफ, संयोजक मेजर रिटायर्ड खिम गौचन र सहसंयोजक जीव बेलबासे समेतको बैठकले स्थानीय च्यारिटिलाई सपोर्ट, बढीभन्दा बढी सहभागिता, आबश्यक मार्सलको टुंगो लगाउने र ब्यापक प्रचार प्रसार गर्ने बिषयमा छलफल भई निर्णयसमेत भएको छ भने रशमूर एरिया मात्र नभई समस्त यू के बासी नेपाली समुदायमा सहभागिताको लागि ग्रेटर रशमूर नेपाली कम्युनिटिले हार्दिक आव्हान गरेको कुरा बरिष्ठ उपाध्यक्ष जीव बेलबासेले बताए।