बेलायतमा वुध्दको २५६०औं जयन्ति सम्पन्न

बेलायतमा वुध्दको २५६०औं जयन्ति सम्पन्न


13281897_10206371282948185_2070977784_nलण्डन । हिजो बेलायतकाे अल्डरसटस्थित शिव कल्चर सेन्टरमा गौतम वुध्दको २५६०औं जन्म दिवस धुमधामका साथ मनाइएकाे छ । विश्वभरका मानव कल्याण र शान्तिका लागि कार्यक्रमकाे शुरूमा दीप प्रज्वलन गरिएकाे थियाे । प्रत्येक नेपालीले स्वधर्मको वास्ता नगरी वुध्द मेरो देशमा जन्मेका हुन् र मलाई यसमा गर्व छ भन्दै बेलायतको संसद भवन अगाडिको पहिलो कार्यक्रम होस् वा पल्मस्टिडको सडक महोत्सव होस् वा अल्डरशटको गुम्वा र एम्पायर हलभित्र होस् आफ्नाे उपस्थिति र श्रध्दा दर्शाएका छन् ।
हुन त केही समूह वा व्यक्तिले वुद्ध भगवान र धर्म आफ्नो निजी नै हाे झैं पनि नगरेका होइनन् । तर गाैतम वुद्धकाे २५६०औं जन्म जयन्तिको शुभ–मुहर्तलाई छोपी बेलायत अल्डरशटस्थित शिव कल्चर सेण्टरले संचालन गरेको सनातन हिन्दू मन्दिरमा वुध्द प्रतिमाको प्राण प्रतिष्ठा गरी हिन्दु देवता र वुध्द भगवानलाई समान श्रध्दा गर्ने श्रध्दालुहरुलाई समर्पण गरेको छ ।
13282177_10206371283108189_1109307378_nवुद्ध प्रतिमाको प्रतिस्थापन वौध्द धार्मिक पध्दतिअनुसार धार्मिक गुरु(लामा) केशाङ्ग घलेबाट मन्त्रोवाचन गरी भएको थियो । प्राण प्रतिस्थापनपछि लामा गुरुवाट प्रवचन दिँदै सबैले वुध्दका उपदेश वास्तविक जीवनमा प्रयोग गरी देखाएमा सम्पूर्ण मानव जातिको कल्याण र विश्व शान्ति हुन्छ भने । कार्यक्रमको शुरुमा मन्दिरका संरक्षक डा. विनोद कुमार र वयोवृध्द कृष्ण गुरुङ्ग र उनकी धर्मपत्नी दिलसराद्वारा पानसमा दीप प्रज्वलन गरिएको थियो । उक्त अवसरमा फानवरो साई सेण्टरका साई भक्तहरुले भजन प्रस्तुत र प्रसाद व्यवस्था गरेका थिए। कार्यक्रमम विभिन्न संघ संस्थाका प्रतिनिधि, संस्थाका सदस्य र भक्तजनहरुको उपस्थिति थियो ।
13236225_10206371282788181_834986781_n
-भीम बानिया