इजिप्ट एअरको विमान दुर्घटनाबारे नयाँ सुराग

इजिप्ट एअरको विमान दुर्घटनाबारे नयाँ सुराग


plane

एजेन्सी । इजिप्ट एअरको विमान समुद्रमा खस्नुपूर्व विमानको अगाडिको भागबाट धुवाँको मुस्लो आएको विमान दुर्घटनाबारे अनुसन्धानमा संलग्न टोलीले शनिबार बताएको छ । अनुसन्धान टोलीले विमान दुर्घटनापूर्व अगाडिको भागबाट आगो निस्केको बताए पनि विमान दुर्घटनाको बारेमा केही बताएका छैनन् । गत बिहीबार बिहान पेरिसबाट कायरोका लागि उडेको इजिप्ट एयरको एयरबस ३२० को फ्लाइट नं ८०४ दुर्घटनामा परेको समाचार सोही दिन अपरान्ह आएको थियो ।

दुर्घटनामा परेको बिमानले लक्ष्यबाट सुरुमा नब्बे डिग्री बनाई फर्किएको तर पछि पूर्ण वृत्त बनाउने गरी मोडिएको यसअघि नै इजिप्टको सेनाले बताएको थियो । त्यसपछि विमानको राडारसँग सम्पर्कविच्छेद भएको भए पनि यसमा कार्यरत कुनै कर्मचारीले पनि कुनै विपद्को सङ्केत भने उक्त समयसम्म संकेत गरेका थिएनन् ।

इजिप्टको सेनाले समुद्रमा अहिलेसम्म भेटिएका विमानका भग्नावशेष, एउटा गुलावी रङको सुटकेस, लाइफ ज्याकेट र विमानको नाम अङ्कित बाहिरी भाग र सिटका खोलहरु देखिने फोटोहरु शनिबार सार्वजनिक गरेको छ ।

फ्रान्सको उड्डयन प्राधिकरणको सुरक्षा विभाग इजिप्ट एअरको फ्लाइट नं एमएस ८०४ क्याविनमा धुवाँ निस्केको सङ्केत गर्ने स्वचालित सूचना प्राप्त गरेको बताएको छ । विमानको ब्ल्याक बक्स भने शनिबार अपराह्नसम्म भेटिएको छैन । विमानको ल्यावमा धुवाँ आएको र करिब तीन मिनेटमा विमानको प्रबिधि बन्द भएको बुझिएबाट उक्त विमान अपहरण गरिएको सङ्केत नपाईएको विज्ञहरुले बताएका छन् ।