ओ एन यफ बेल्जियमको निर्वाचनबाट नेतृत्व चयन

ओ एन यफ बेल्जियमको निर्वाचनबाट नेतृत्व चयन


13244746_10206340636773994_5382209901990848444_nबेल्जियम । बेल्जियम प्रवासी नेपाली मञ्च बेल्जियमको यही १६ मे सोमबार सम्पन्न निर्वाचनबाट बोधराज पौडेलको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको छ । निर्वाचनबाटै दुई उपाध्यक्षहरु क्रमश रन्जन सिंखडा र कृष्ण दाहाल निर्वाचित भए भने महसचिवमा चन्द्र शर्मा बिजयी भएका छन् ।
P1270644अध्यक्ष पदमा बोधराज पौडेल र सालिग्राम थपालियाबीच कडा प्रतिस्पर्धा भएको थियो, जसमा पौडेलले एक मतको अन्तरले थपालियालाई जितेका हुन् । सोही दिनको भेलाले यूरोप प्रतिनिधिको रुपमा नारायण अधिकारीलाई सर्वसम्मत गरेको हो । उक्त अधिवेशनको नेतृत्व मार्ग निर्देशनको लागि प्रमुख अतिथिको रुपमा एमाले नेत्री राम कुमारी झाँक्री आएकी थिर्इन् । स्मरण रहोस्, मे ९ मा भएको उक्त मन्चको अधिवेशन बिवाद र बिवादपछि भएको प्रहरी हस्तक्षेपका कारण रोकिएको थियो ।
P1270635
-डिल्ली अम्मार्इ