रहिनन् विश्वकै वृद्ध महिला

रहिनन् विश्वकै वृद्ध महिला


Susannah Mushatt Jones

एजेन्सी । विश्वकै सबैभन्दा वृद्ध महिला १ सय १६ वर्षीया सुसान्नाह मुसात जोन्सको निधन भएको छ । लसएन्जेल्सस्थित वृद्धवृद्धामा लाग्ने रोग अध्ययन विज्ञान (जेरन्टोलोजी) रिसर्च ग्रुपका वरिष्ठ चिकित्सक रोवर्ट योङले जोन्सको गत बिहीबार निधन भएको जनाए । उक्त वृद्धाश्रममा तीन दशकदेखि बस्दै आएकी जोन्स पछिल्लो डेढ सातायता बिरामी थिइन् ।

सन् १८९९ मा मन्टगोमेरी अलावामामा जन्मेकी जोन्स एघार जना दाजुभाइ÷दिदीबहिनीमध्ये एक थिइन् । उनले काला किशोरीहरुका लागि स्थापना गरिएको विशेष विद्यालयमा अध्ययन गरी सन् १९२२ मा माध्यमिक तह उत्तीर्ण गरेकी थिइन् । केही वर्ष वैवाहिक जीवन बिताए पनि जोन्सको कोखबाट कुनै सन्तान भने जन्मेका थिएनन् ।

गत वर्ष जापानकी मिसाओ ओकावाको ११७ वर्षको उमेरमा टोकियोमा निधन भएपछि विश्वकी सबैभन्दा वृद्ध मानवका रुपमा उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा लेखिएको थियो । जोन्सको मृत्युपश्चात उनीभन्दा केही महिना कान्छी इटालीको मर्वानीयाकी ११६ वर्षीया इम्मा मोरानो विश्वकी सबैभन्दा वृद्ध व्यक्ति हुनेछिन् ।

susannah-mushatt-jones 2