गुल्मी बडागाउँको आगलागी पीडितलाई क्षेत्री समाज बेलायतको सहयोग

गुल्मी बडागाउँको आगलागी पीडितलाई क्षेत्री समाज बेलायतको सहयोग


13224194_10209721615939057_70588538_oलण्डन / गत ११ मेमा क्षेत्री समाज बेलायतले गुल्मी जिल्लाको बडागाउँ गा.बि.स वडा न १ र २ दजाकोटमा भएको भिषण आगलागीमा परी बिचल्ली भएका परिवारजनको सहयोगको लागि सहानुभूति तथा ऐक्यबद्धतास्वरूप आर्थिक सहयोग गरेको छ। क्षेत्री समाज बेलायतको पहल तथा सो समाजका आपतकालीन राहत कोषका संयोजिका प्रतिमा के.सी.को संयोजनमा छोटो समयमा समाजका सदस्यहरुबाट संकलन गरिएको रकम ६१२ पाउण्ड बेलायतमा सकृय गुल्मी जिल्ला समाज यूकेमार्फत आज हस्तारण गरिएको छ। संयोजिका प्रतिमा के.सी.ले एक समारोहबीच गुल्मी जिल्ला समाजका अध्यक्ष्य राम गलामीलाई सो रकम हस्तान्तरण गरिन् । उक्त रकम हस्तान्तरण कार्यक्रममा क्षेत्री समाजका सचिब कुमार के.सी., कार्यसमितिका सदस्य इन्द्र क्षेत्री, क्षेत्री समाज रेडिंगका सल्लाहकार अर्जुन बस्नेत तथा गुल्मी जिल्ला समाज यूकेका कार्य समिति सदस्य राम सापकोटाको उपस्थिति रहेको थियो। संयोजिका के.सी. ले सो अवसरमा क्षेत्री संमाज बेलायतका अध्यक्ष क्या. रि. धन बहादुर कुँवर तथा महासचिव राजन कुमार क्षेत्रीको सहानुभूति संदेशसमेत स्मरण गराएका थिए। सो कार्यक्रममा अध्यक्ष राम गलामीले क्षेत्री समाजले गुल्मी जिल्ला समाजको पहलमा सहयोग सकलन भइरहेको अभियानमा सहानुभूति तथा सहयोग गरेकोमा क्षेत्री समाजलासई बिशेष धन्यबाद दिएका थिए।
गत शनिबार स्थानीय वेदपानी सामुदायिक वनबाट शुरु भएको आगो तिलार सामुदायिक वन हुँदै अनियन्त्रित भएर गाउँमा पसेको थियो। सो आगलागीमा परी एक जनाले ज्यान गुमाएका थिए। ९२ वटा घरहरु जलेर नस्ट भएका थिए भने करोडौको अन्नपात, धनमाल तथा चौपायाहरू जलेर खरानी भएको थियाे।
-राम