जनमतबाट लण्डनमा मुश्लिम मेयरकाे चयन

जनमतबाट लण्डनमा मुश्लिम मेयरकाे चयन


mp_sadiq_khanलण्डन । लेबाेर पार्टीकाे तर्फबाट उठेका सादिक खानले १,३१०,१४३ भाेट ल्याएर लण्डनकाे पहिलाे मुश्लिम मेयर बनेका छन् । कन्जर्भेटिभ उमेदबार ज्याक गाेल्डस्थिमले जम्मा ९९४,६१४ मत ल्याएका थिए । सादिक खानकाे मेयर पदकाे विजयले लेबाेर पार्टीमा निक्कै नै हाैसला ल्याएकाे छ । सादिक खान, पाकिस्तानी अाप्रवासी बाबुका अाठाैं सन्तान थिए । बस चालक बाबुका त्यतिधेरै सन्तानहरूका बीच संघर्षशील बालपन बिताएका सादिकले जीवनका दुःखहरूलार्इ निक्कै राम्राेसँग बुझेका बताइएका छन् ।
४५ वर्षीय खान लण्डनकाे टुटिङबाट एमपी रहेका छन् । पूर्व प्रधानमन्त्री गाेर्डन ब्राउनका सूचना तथा संचार राज्य मन्त्री रहिसकेका खानले कानूनमा युनिभर्सिटि अफ लण्डनबाट डिग्री लिएका छन् । खासगरी मानवअधिकारका लागि साेलिसिटर बनेर काम गरेका खान, लबाेरका पूर्व नेता एक मिलिब्याण्डका स्याडाे क्याविनेटमा काम गरेका थिए ।
सादिक खानकाे लण्डनकाे मेयरमा भएकाे विजयले बेलायतमा मुश्लिमहरूप्रति हेरिने अाम नजरमा अब प्रशस्तै सुधार हुने बताइएका छ र निश्चय नै खानकाे विजयले अाम अाप्रवासीहरूमा सकारात्मक प्रभाव पर्ने देखिन्छ ।
SADIK