प्रवासी मंचको नेतृत्वमा दुई नेताको घमासान हुने

प्रवासी मंचको नेतृत्वमा दुई नेताको घमासान हुने


13087322_10206252014798500_1859224845420245828_nबेल्जियममा अधिवेसनको भब्य तयारी हुँदै छ । युरोप भरिबाट निम्तालुहरु आउँदै छन् र दुई नेताको प्रचारमा कार्यकर्ताहरु रात दिन खटेका छन् । जनवादी गीत संगीतसहित दिउँसो १ बजेबाट हुने उक्त कार्यक्रम सभ्य बनाउन छुट्टै स्वयम् सेवक परिक्षालन गरिने आयोजकले जनाएका छन् ।
प्रवासी नेपाली मञ्च बेल्जियमको पाँचौ अधिबेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि हुन एमाले केन्द्रिय सदस्य तथा युरोप इन्चार्ज नेत्री राम कुमारी झाँक्री बेल्जियम अाइपुगेकी छन् । आगामी कार्यकालको अध्यक्षको लागि दुई जना प्रवासी मन्चका प्रखर खेलाडीहरु मैदानमा देखिएका छन् । आन्त्रोपेन निवासी मृदूभासी, कुशल संगठक र पारदर्शी युवा नेतृत्वको रुपमा बिनोद न्यौपानेको प्रचार गरिएको छ भने सन्तुलित र बौद्धिक नेतृत्वको रुपमा लुभेन निवासी बोधराज पौडेल अगाडि आउने निश्चित प्राय भएको छ । भूपू अध्यक्षहरुको राय बुझ्न खोज्दा उनीहरुले सहमति हुन सक्ने संकेत गरे पनि कसको पक्षमा पल्ला भारी छ भनेर खुल्न चाहेनन् ।
आन्त्रोपेन र गेन्ट ब्रुगे क्षेत्रमा न्यौपानेको माहोल राम्रो देखिन्छ भने लुभेन र ब्रुसेल क्षेत्रमा पौडेलको प्रचार तीब्र छ । प्रबासी नेपाली मंचमा बिनोद न्यौपानेको पक्षमा बोल्ने एक प्रचारकका अनुसार प्रकृयामै गए पनि बिनोदको जीत सुनिस्चित रहेको बताए । उनले बिनोद निर्बिवाद र कुशल संगठक भएको कुरामा जोड दिए भने एन आर एन ए बेल्जियमको निर्वाचनको भूमिकाले बोधराजलाई बिवादित बनाएको, आयुक्त भएर पनि राजनैतिक भूमिकाबाट रजिनामा नदिदै सबैलाई मनोनयन र प्रमाणपत्र दिएको, अघोषित स्म्बन्धले संगठनको गरिमामा अग्रणी भूमिका खेल्न नसकेको जस्ता आरोपहरु तेर्साए । तर गेन्टका एकजना प्रतिनिधिले अबको नेतृत्व बौध्दिक र शालीन हुनु पर्ने तर्क गरे भने पौडेलको बिकल्प न्यौपाने कदापि हुन नसक्ने जिकीर गरे ।
भोलि मे ८ यी दुई नेताको लागि अग्नि परिक्षा हुने देखिन्छ । गत एन आर एन एको चुनावपछि देखिएको जनमत अनुसार बेल्जियमका नेपाली राजनैतिक समुदायबीच सबै भन्दा ठूलो संगठनको अधिवेसनले युरोपभरि नै तरंग ल्याइदिएको छ । राजातन्त्र बिरुद्धको आन्दोलनमा रगत बगाउने युवाहरुको आशा र आस्थाको जिउँदो इतिहास झाँक्री युरोप भरिका प्रवासी नेपाली मंचहरुको सम्मेलन गराउने भन्दै आएकी छन् । सबैले आशा गरेका छन् सहमतिको । यदि सहमति नभए पनि फरक नपर्ने र सबै क्षेत्रका सकृय सदस्यले आफ्नो विश्वाशको मत दिएर नेतृत्व चुन्ने बताउँछन् प्रवासी मंचका कार्यकर्ताहरु ।
-डिल्लिराम अम्मार्इ