लन्डनमा २५६०औ बुद्ध जयन्ती समारोह हुँदै

लन्डनमा २५६०औ बुद्ध जयन्ती समारोह हुँदै


budh1लन्डन । यही आउँदो २१ मे २०१६,शनिवारका दिन लन्डन साउथ ह्यारोमा मगर संघ यूकेद्वारा २५६०औ बुद्ध जयन्ती समारोह(विशाक डे) भव्यताका साथ मनाउने निर्णय गरेको छ । गत अप्रिल २९ का दिन मगर भवन फान्बोरोमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बुद्ध जयन्तीलाई भव्यताका साथ मनाउन मगर बुद्धिस्ट सोसाइटिका अध्यक्ष कृष्ण दर्लामी मगरको संयाेजकत्वमा कार्यसमितिका पदाधिकारीहरुलाई बिभिन्न जिम्मेवारी सुम्पिएको छ । साथै उक्त कार्यक्रममा सहभागिताको लागि बेलायतबासीहरुमा अनुरोध गरिएको छ ।

बैठकले नेपालबाट भीक्षु टिलोक (ओम रानामगर )लाई प्रमुख अतिथिको रुपमा आमण्त्रित गरेको छ भने लुम्बिनी बुद्ध विहारका भीक्षु ईन्द्रशक (शेर तरामु मगर ) लाई बिशेष अतिथिको रुपमा आमणत्रण गरिएको छ ।

कार्यक्रम बिहान ०९:३० बजे शुरु हुने छ भने बेलुकि १८:३० बजे समापन गरिने जानकारी प्राप्त भएको छ । बिहान १० बजे भन्ते तिलोकका साथ उपस्थित भक्तजनहरु बुद्ध पूजा आराधणा गरी बुद्ध धम्म देशना गरिने छ । १२ :३० बजे पश्चात् भन्त तिलोकबाट बुद्ध दर्शनसम्बन्धी प्रवचन दिने कार्यक्रम रहेको छ । उक्त समारोहमा नेपाली तथा बिदेशी बुद्ध संघ सम्बन्धित संघसंस्थाहारुबाट बिशिष्ठ पाहुनाहरुलाई निम्तो दिईेएको छ । कार्यक्रम प्रवेश निःशुल्क रहेको छ भने श्रद्धालु भक्तजनहरुबाट निःशुल्क भोजनको व्यवस्था पनि गरिएको छ ।

बुद्ध जयन्तीको उपलक्ष्यमा हरेक बर्ष मगर संघ यूकेले नेपाल बाट भिक्षु आमन्त्रित गरी बुद्ध जयन्ती मनाउने गरेको छ ।बिशेष गरी बुद्ध नेपालमा जन्मेर पनि नेपालीहरुले बुद्ध शिक्षाको अवसरबाट वन्चित भएको, बुद्धको नाम मात्र उच्चारण गर्न सक्ने, बुद्ध शिक्षाबारे सैदान्तिक र व्यवहारिक ज्ञान नभएको, बुद्ध नेपालमा जन्मे पनि बिदेशी अनभिज्ञ रहेको, बुद्ध कुनै धर्म नभएर एउटा जीवन जिउने कला हो, शिक्षा हो भन्ने कुरा अनुभव गर्न नपाएको, बुद्धले पत्ता लगाउनु भएको चार आर्य सत्य के हो, बुद्धले सिकाएको अस्टाङिक मार्ग के हो लगायत बुद्ध धर्म के हो ?बुद्ध शिक्षालाई अझ चीर परिचित गराउनु र उनले संसारमा प्राणी जगतको लागि दिएको योग्दानको स्मरण गर्नु, सन्सारमा भइरहेको अशान्ति, व्यापक अन्धविश्वास, भ्रम आदिबारे जनचेतना फैलाउनु नै कार्यक्रमको मुख्य उदेस्य भएको मगर बुद्धिस्ट सोसाइटिका अध्यक्ष कृष्ण दर्लामीले जानकारी दिए ।

budh5
कार्यक्रम हुने स्थान
ह्यारो फुट्बल क्लब, साउथ ह्यारो, लन्डन, HA2 8SS
समय :-शनिवार, बिहान ०९:३० देखि बेलुकि १८:३० बजेसम्म
प्रवेश :-निःशुल्क
श्रद्धालु भक्त जनहरुबाट निःशुल्क भोजनको व्यवस्था गरिएको छ ।