सिटौलाको बेग्लै चलखेल

सिटौलाको बेग्लै चलखेल


SITAUALA_2

नेपाली कांग्रेसमा सर्वाधिक कुटिल र जटिल मानिएका ले आफ्नो हैसियत जोगाउन फेरि चलखेल सुरु गर्नुभएको छ । खड्गप्रसाद ओली नेतृत्वको सरकारमा कांग्रेसलाई सहभागी गराउन विगत आठ महिनादेखि नै विभिन्न प्रकारले कसरत गर्दै आउनुभएका सिटौलाले तत्काल ओली नेतृत्वको सरकारमा कांग्रेस सहभागी भइदिने र ६ महिनापछि कांग्रेसका लागि ओलीले छोडिदिनुपर्ने गरी ‘कुरा मिलाउन’ प्रयास गर्नुभएको थियो । तर, सिटौलाको प्रयास सफल हुन सकेन । कांग्रेस–एमाओवादी मिलेर ओली नेतृत्वको सरकार विस्थापित गर्न कसरत भइरहेको सुइँको पाउनेबित्तिकै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटी ‘प्रचण्डसँग डिल गर्न तपाईंहरू सक्नुहुन्न’ भन्दै त्यसको जिम्मेवारी आफूलाई दिन सिटौलाले आग्रह गर्नुभएको थियो । त्यसरी देउवासँग प्रचण्डलाई बुझ्न र ठीक ढङ्गले ‘डिल’ गर्न आफूले मात्र सक्ने दाबी गर्नुभएका सिटौलाले प्रचण्डलाई भेटेरचाहिँ ‘इण्डियाको भर–विश्वासमा पर्नुहुँदैन’ भनी सचेत गराउने प्रयत्न गर्नुभएको बुझिएको छ । सिटौलाको भूमिकाबारे थाहा पाएका नेताहरू आपसी छलफलका क्रममा यस विषयलाई लिएर हाँस्ने गरेको बताइएको छ ।