राजदूतलाई छुरा प्रहार गर्ने राई ‘मानसिक रोगी’ रहेको दाबी

राजदूतलाई छुरा प्रहार गर्ने राई ‘मानसिक रोगी’ रहेको दाबी


आनन्दप्रसाद शर्मा राजदूत
छुरा प्रहारबाट घाइते भई अस्पताल भर्ना भएका साउदी अरबका लागि नेपाली कार्यवाहक लाई डिस्चार्ज गरिएको छ । आफ्नै कार्यकक्षमा छुरा प्रहारबाट मुख, काँध र औँलामा गम्भीर चोट लागेका शर्मालाई उपचारपछि बिहीबार साँझ डिस्चार्ज गरिएको दूतावासका द्वितीय सचिव विजय राउतलाई उद्धृत गर्दै राससले जानकारी दिएको छ । शर्मालाई बिहीबार बिहान करिब ११ बजे दूतावासकै आश्रयमा बस्दै आएका सुनसरीका लक्ष्मणबहादुर राईले उनको कार्यकक्षमै गएर छुरा प्रहार गरेका थिए । राउतका अनुसार शर्माको काँध र मुखमा टाँका लगाइएको छ । उपचारपछि कावा राजदूत शर्माको अवस्था सामान्य रहेको छ ।

बताइएअनुसार राजदूत शर्माको कार्यकक्षको ढोकाको चुकुल लगाएर सोफाले थुनेर आक्रमण गरिएको थियो । राई कार्यकक्षमा प्रवेश गरेर एक्कासी आक्रमण गर्न थालेपछि शर्मा चिच्याएका थिए । शर्मा चिच्याएको सुनेपछि दूतावासका कर्मचारीको सहयोगमा साउदी प्रहरीले ढोका तोडेर तुरुन्तै उनलाई उद्धार गरेको थियो । तुरुन्तै उद्धार हुन नसकेको भए ठूलै घटना हुनसक्ने घटनाको प्रकृतिले देखाएको बताइन्छ ।

छुरा प्रहारबाट घाइते भएका शर्मालाई तत्कालै उपचारका लागि रियादस्थित किङ फैसल अस्पतालमा पु¥याइएको थियो । शर्मालाई आक्रमण गर्ने राई भने एक महिनाअघिदेखि स्वदेश फिर्तीका लागि दूतावासकै आश्रयमा बस्दै आएका थिए । दूतावासका अनुसार मानसिक रोगी रहेका राईलाई केही दिन भित्रैमा स्वदेश पठाउने तयारी भइरहेको थियो ।

यसअघि राईलाई सबै प्रक्रिया पूरा गरेर स्वदेश पठाउनका लागि दुई पटक एअरपोर्ट लगिए पनि विभिन्न बहाना बनाएर स्वदेश फर्कन मानेका थिएनन् । राईले आफू कार्यरत कम्पनीकै भारतीय कामदारलाई समेत चक्कु प्रहार गरी भागेर दूतावासको सरणमा आएको बुझिएको छ । अभियुक्त राईलाई साउदी प्रहरीले नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया अगाडि बढाएको बताइएको छ ।