स्कटल्याण्डमा नेप्लिज हिमालयन एसोसिएसनले नयाँ वर्ष मनायाे

स्कटल्याण्डमा नेप्लिज हिमालयन एसोसिएसनले नयाँ वर्ष मनायाे


12994406_10207311031188056_966049555045615291_nएबर्डिन, स्कट्ल्याण्ड/ नेप्लिज हिमालयन एसोसिएसन एबर्डिन स्कट्ल्याण्डले नेपाली नयाँ बर्ष २०७३ भब्य र सभ्य रुपमा मनाएको छ । नयाँ वर्षको अबसर पारेर स्थानीय मेस्ट्रिक हलमा आयोजित कार्यक्रममा नया वर्षको शुभकामना साटासाट गर्नुका साथै चर्चित गायक हेमन्त शर्मा र स्थानीय कलाकारहरुको साथमा भब्य साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा एबर्डिनमा भएका नेपालीहरूकाे ठूलो उपस्थिति रहेको थियो ।

आचार्य पण्डित श्री घनश्याम सुबेदीद्वारा बैद्धिक मन्त्र स्वातिक वाचन गरी शुरु भएको कार्यक्रममा फेसन शो, गायन, नृत्य लगायतका प्रस्तुतिहरु समाबेस गरिएको थियो । गायक हेमन्त शर्मासहित स्थानीय कलाकारहरु पवी सिम्खड, शुभेक्षा तिवारी, सुहार्जन भट्टराई, सनुजा क्षेत्री, प्रकृती भट्ट, अन्शु भण्डारी, दीपशिखा उप्रेती, आध्या रेग्मी, विविशा उप्रेती लगायतले गायन तथा नृत्य प्रस्तुत गरेका थिए । खचाखच भरिएको हलामा नया वर्षको रमाइलो कार्यक्रमको साथमा स्वादिलो भोजन ग्रहण गर्दै शुभकामना साटासाट गर्न ब्यस्त सहभागिहरुको दृश्य निकै रोचक देखिन्थ्यो । उक्त नयाँ बर्ष बिशेष कार्यक्रमका सम्योजक संचारकर्मी शिव तिवारीले यस्तो बृहत र ब्यबस्थित कार्यक्रम पहिलो पल्ट भएको भन्दै खुशी ब्यक्त गरे।

12963867_10207311031308059_3473182429168683696_nदुई चरण गरी सम्पन्न उक्त कार्यक्रमको शुरुमा भर्खर अध्ययन पूरा गरेका ग्राजुएट्सहरु तथा सन्स्थाले सन्चालन गरेको नेपाली भाषा अधयापन गर्दै गरेका नेपाली स्वयमसेवक शिक्षक शिक्षिकहरुलाई सम्मान स्वरुप कदर पत्र प्रदान गरिएको थियो ।

सस्थाका अध्यक्ष टंक थापाले स्वागत तथा शुभकामना मन्तब्य दिंदै हरेक नेपाली नयाँ बर्षमा गरिने यस्तो कार्यक्रमले नेपाली दाजुभाई दिदी बहिनीहरुमा आपसी सदभाब मेलमिलाप र हार्दिकता बढ्ने भन्दै आफ्नो परम्परा र संस्कृतिको जगेर्ना हुनुका साथै नयाँ पिढिले पनि महशुस गर्ने अवसर पाउने बताए ।
-शिव तिवारी