ग्रेटर रसमुर नेपाली कम्युनिटिले मनायो नेपाली नयाँ वर्ष

ग्रेटर रसमुर नेपाली कम्युनिटिले मनायो नेपाली नयाँ वर्ष


IMG_8170अल्डरशट ०८ अप्रिल २०१६ । ग्रेटर रशमोर नेपाली कम्युनिटिले नेपाली नया बर्ष २०७३ मनाउने काम भब्यताकासाथ सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष ओम थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बेलायतका लागि नेपाली दूताबासका कार्यबाहक राजदूत तेज बहादुर छेत्री, श्रीमती रिता छेत्री, रशमोर ब्रो काउन्सिलका मेयर मार्टिन टेन्नेन्ट, काउन्सिलरहरु, स्थानीय प्रहरी, प्रशासन, आर्मी कर्नल, एन आर एन यू के का अध्यक्ष मुछेत्र गुरुङ, उपाध्यक्ष योग फगामी, महिला संयोजक सुशिला रार्इ, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार महासंघका अध्यक्ष नरेश खपांगी, स्थानीय एभरेष्ट टाइमसका अतिथि सम्पादक पूर्ण गुरुङ, फोटो पत्रकार मिलन तमु, एन आर एन यू के का संरक्षक सूर्य गुरुङ, एन आर एन आइ सी सी का सल्लाहाकार डमर घले, ट्राफिक मेनेजमेन्ट टास्क फोर्स संयोजक थर्क सेन, जी आर एन सी संस्थापक एवं पूर्ब अध्यक्षहरु सुर्जे गुरुङ, रोहित गुरुङ, मधुकर गुरुङ, सम्पूर्ण सल्लाकारहरु, लगायत स्थानीय नेपाली जनसमुदायका अतिरिक्त स्थानीय समूदायको समेत उल्लेख्य सहभागिता रहेको थियो।

IMG_8171दुर्इ चरणमा संचालित कार्यक्रमको पहिलो चरण महासचिब रन्जिता मल्लले संचालन गरेकी थिर्इन् भने उपाध्यक्ष राम धन राइले हेल्थ एण्ड सेफ्टीको बारेमा बताएका थिए। कार्यक्रममा बरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक जीव बेलबासेले स्वागत मन्तब्य दिएका थिए भने प्रमुख अतिथि बेलायतका लागि नेपाली दूताबासका कार्यबाहक राजदूत तेज बहादुर छेत्री, बिशेष अतिथि रशमोर बराेह काउन्सिलका मेयर मार्टीन टेन्नेन्ट र एन आर एन यू के का अध्यक्ष मुछेत्र गुरुङले शुभकामना मन्तब्य दिएका थिए।

IMG_8172पहिलो चरणको अन्त्यमा अध्यक्ष ओम थापाले शुभकामना एवं सबैलाई धन्यबाद दिंदै हालसम्म संस्थाले गरेका र बार्षिक क्यालेन्डर अनुसार आगामी दिनमा गरिने कामको बारेमा बताए। त्यसैगरी गत बर्ष आयोजना गरिएको रशमोर १० के दौड स्थायी रुपमा जी आर एन सी को क्यालेन्डरमा अङ्गीकार गरिएको बताउँदै जी आर एन सीले स्थानीय काउन्सिलसंग प्रत्यक्ष रुपमा समन्वय गर्दै काम गर्दै आएको र यस संस्थाबाट गरिने हरेक कामहरुको सरोकार स्थानीय नेपाली समुदायमा मात्र सीमित नभई हामी रहने बस्ने समग्र समूदायको स्तरोन्नत्ति रहेको बताए भने यहाँ मात्र नभई नेपालमा समेत दुःख सुखको साथीको रुपमा संस्थाले काम गरेको र गत बर्ष भूकम्पले क्षतिग्रस्त दुर्गम क्षेत्र सिन्धुपाल्चोक जिल्ल भीमटार गाबिसस्थित श्री परोपकारी मा बि को पुन: निर्माण बी जी डब्लू एस र स्थानीय जनताको समेत सहयोग लिई सम्पन्न भएको र अप्रिल १९ २०१६ मा हस्तान्तरण गरिने कुरा बताए।
कार्यक्रमको दोस्रो चरण सांस्कृतिक कार्यक्रम, संस्थाका उपाध्यक्ष छबि माया पुन, बरिष्ठ समाज सेबी पुष्पा गुरुङ शिला लिम्बू र खड्क थापाले संयुक्त रुपमा गरेका थिए। कार्यक्रममा बरिष्ठ गायक शम्भु रार्इ, रामजी खांड, देविका के सी र स्थानीय लछुमन कलाकार रानाको बेजोड प्रुस्तुती रहेको थियो भने गत १६ फेब्रुअरी २०१६ देखि अप्रिल ०६ सम्म लगातार संस्थाको पहलमा सास्कृतिक सचिब एवं प्रशिक्षक लछुमन राना, रश्मि पोखरेल र सह प्रशिक्षक लक्ष्मी रानाको सहयोगमा प्रशिक्षित स्थानीय नानीहरुको नृत्यले सबैलाई चकित गराएको थियो।

IMG_8173उपस्थित सबैले बिहान ०१.०० बजेसम्म नाची नाची आनन्द लिएको उक्त कार्यक्रममा बरिष्ठ गायक शम्भु रार्इ, रामजी खांड, देविका के सी र एम्पायर बेन्कुटिंग एण्ड हलका प्रबन्धक पूरण गिरीलाई प्रमुख अतिथिद्वारा कदरस्वरूप प्रमाण पत्र दिएको थियो भने प्रशिक्षित नानीहरुलाई समेत प्रमाण पत्र प्रदान गरिएको थियो। नेपालीबीच पनि यति सम्म परिपक्क डी जे डाइमण्ड नामको डिजे रहेछ भनी सबै छक्क पर्ने गरी प्रखर युबा हिराले डिजेको व्यस्थापन गरेका थिए। कार्यक्रममा सबैको सहयोग त रह्यो नै, यसपटक सल्लाहकारहरुको बिशेष सहयोग रहेको कुरा बरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक जीव बेलबासेले बताए।
-बेलबासे, तस्वीर श्राेत: मिलन तमू