उत्कृष्ट खेलाडी सम्मानित

उत्कृष्ट खेलाडी सम्मानित


राजुकाजी आदर्श खेल व्यक्तित्व

best-player-3e
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले २५ खेलका वर्षका उत्कृष्ट खेलाडीलाई ऐतिहासिक नगरी भक्तपुरमा सम्मान गरेको छ । त्यसैगरी आदर्श व्यक्तित्वका रूपमा सङ्घले नेपाली फुटबलका चर्चित प्रशिक्षक तथा पूर्वखेलाडी राजुकाजी शाक्यलाई २५ हजार नगद पुरस्कारसहित सम्मान गरेको छ । नगद पुरस्कार गजराज जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष राम जोशीले प्रायोजन गरेका थिए । खेलाडी तथा आदर्श व्यक्तित्वलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुच्छे, नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पालगायतले पुरस्कार तथा अवार्ड प्रदान गरेका थिए । सो अवसरमा भक्तपुर नगरपालिकाले स्थानीय सांस्कृतिक नाचहरू प्रस्तुत गरेको थियो भने हास्यकलाकार विल्सनविक्रम राईले प्रदर्शन गरेका थिए । वर्ष खेलाडीबाट सम्मानित हुनेमा आर्चरीका जितबहादुर मुताङ, एथलेटिक्सका ज्योतिचन्द्र पार्खिङ, ब्याडमिन्टनकी नङशल तामाङ रहे ।

त्यसैगरी बास्केटबलबाट स्नेहा श्रेष्ठ, बक्सिङमा पूर्ण राई, क्रिकेटमा राजु रिजाल, साइक्लिङमा अजय पण्डित क्षेत्री वर्ष खेलाडी चुनिए । फेन्सिङमा रामबहादुर शाही, फुटबलमा नवयुग श्रेष्ठ, जिमन्यास्टिकका ऋषिका श्रेष्ठ, जुडोमा रमेश मगर, करातेकी विमला तामाङ, लनटेनिसका संरक्षक भूषण बज्राचार्य उत्कृष्ट वर्ष खेलाडी चुनिए । त्यसैगरी राफ्टिङ एन्ड क्यानोइङतर्फ नेपबहादुर मगर, टेबलटेनिसकी दीप साउथ, तेक्वान्दोकी निशा रावल, सेपाताक्रोका अनिल गुरुङ वर्ष खेलाडीबाट पुरस्कृत भए । ट्रायथलनका रुद्र कटवाल, सुटिङकी स्नेहा राज्यलक्ष्मी राणा, सफ्टटेनिसका प्रदीप खत्री, पौडीका शिरीष गुरुङ, भारोत्तोलनकी तारादेवी पुन उत्कृष्ट वर्ष खेलाडी घोषित भए । कुस्तीका सरोज यादव, उसुकी झरना गुरुङ, गल्फका टंकबहादुर कार्की उत्कृष्ट वर्ष खेलाडीबाट सम्मानित भएको कार्यक्रमका संयोजक दीपक थापाले बताए । उत्कृष्ट वर्ष खेलाडी भएका खेलाडीले जनही १० हजार पुरस्कारसमेत प्राप्त गरेका थिए । इन्चोन एसियाडमा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट वर्ष खेलाडी चयन गरिएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक विष्टले बताए ।