‘अंकल बाँच्न सिकाउने लेख लेख्नुस् न !’-डिल्ली राम अंमाई

‘अंकल बाँच्न सिकाउने लेख लेख्नुस् न !’-डिल्ली राम अंमाई


terrorआतङ्ककारीहरूले अक्सर मानिसको सार्वजनिक जीवन पद्धतिलाई डर र त्रासको सिर्जना गरी हिंसा र धम्कीको प्रयोगमार्फत अकल्पनीय रुपमा क्षति पुर्याइरहेका हुन्छन । तिनीहरूको आक्रमण कतिबेला कुन उद्येश्यको लागि हुन्छ कसैले भन्न सक्दैन । अत: हामी मात्र नभएर हाम्रा बाल बालिकाको उज्ववल भविष्यको लागि हाम्रो नेपाली समाजले पनि तुरुन्त बच्चाहरुसमेत सार्वजनिक भेला बोलाई आफ्ना बच्चाहरुलाई सजग गराउनु आवश्यक भएको छ । अज्ञानताबस को कहाँ कतिबेला दुर्घटनामा पर्छ थाहा हुँदैन । यसको लागि एन आर एन ए वा आस्था लगायतका अगुवाहरुले हाम्रा किशोर किशोरी वा बाल्बच्चाहरुको सम्रक्षण गर्न बिशेष अभिवाभक मिटिङ वा विद्यार्थी प्रशिक्षण कार्यक्रम मार्फत सचेतना अभियानको शुरुवात गर्दा राम्रो हुने थियो।

अहिले आतंकबादी जेहादिहरुको बिग्बिगी बढिरहेको बेला हाम्रा निरपराधी र निर्दोश बच्चा तथा किशोर किशोरिहरुलाई उनीहरुले ललाई फकार्इ उपयोग वा आक्रमणबाट सचेत गर्न हरसम्भब प्रयास गर्नु अति आवश्यक छ । मैले अनगिन्ति आवाजहरु सुनिरहेको छु, हाम्रा छोराछोरी र भाइ भतिजाबाट अत्यन्त आवश्यक आग्रह गरेको पाएँ । उनीहहरुको प्रतिनिधित्वमा एउटा भाईले आफ्नो कुरो यसरी राखे –‘’अंकल पार्टिको बारेमा नि धेरै लेख लेखिन्छ, एन आर एन को बारेमा लेखको लेखा जोखा नै छैन । समाजमा भाईभाइको लडाईंका कथा पनि लेखिएका छन्, नाच्ने गाउँने कुरै नगरौँ तर यी लेखले कसलाई पो के दिए र ? हामीलाई अनुभवको कमी छ जताततै आतंकबादीको आतंक छ, चित्कार छ, धेरै बाँचेर अझ धेरै पढ्न मन छ । के लेख्दै हुनुहुन्छ अंकल ? अचेल हाम्रो लागि नी लेख्नुस् न !अब मिलाउन र रमाउन हैन बाँच्न सिकाउने लेख चाहियो ।‘’ यो आग्रहले मलाई र मेरो कलमलाई गिजाए जस्तै लागिरहेछ अचेल । त्यसैले आजकाल उनीहरुकै भविष्यकाे बारेमा लेखिरहुँ जस्तो लाग्छ । त्यही कारण हो, यो बिग्रँदो बातावरणमा अभिभावकहरुले पनि घरमा बच्चाहरुको सुरक्षाको लागि केही महत्वपूर्ण र सरल कदमहरुलाई आवश्यक ठानी लिपिबद्द गर्ने प्रयास गरेको छु, जुन कुराहरु हाम्रा बच्चाले थाहा पाए भने मेरो कलमलाई धन्य सम्झने छु :

१. बच्चाहरुसँग आतंकवाद बारेमा खुलेर कुरा गर्नुहोस्। आफ्नो परिवारसंग समय खर्चेर आतंकबादका सबै संकेतहरु र उनिहरुको संगतबाट हुने बेफाइदा र खतराको बारेमा कुरा गर्नुस् । आतंकबादबाट सृजित घटना र आतंकबादबाट हुने परीणाम बताउनुस् । घटनामा पर्न नदिन र परिसकेपछि पनि बचाउने रेड क्रस, शिक्षक, प्रहरी र नागरिक अगुवाहरुको बारेमा जानकारी दिनुस् ।

२. भिन्न भिन्न समयमा फरक फरक बाटोबाट स्कुल या अन्य ठाउको यात्राा गर्ने तरिकाहरु बच्चालाई सिकाउने वा आँफैले प्रयोग गर्दा आतंककारीले भेउ पाउँदैन र कसैलाई फँसाउने योजना बनाउन सक्दैनन । त्यो अभ्यासले बच्चाहरु चलाख हुन्छन् ।

३. हरेक दिनको समाचार सुचना सुनाउने । नियमित रुपमा यस्ता घटनाहरुको सुचना सुन्न बच्चाहरुलाई रेडियो, टेलिभिजन र अन्य सुचना केन्द्रबारे बानी बसाल्नु फाईदाजनक मानिन्छ । हाम्रो समुदायले पनि सार्वजनिक चेतावनी प्रणाली, साइरन र टेलिफोन प्रयोगको जानकारी दिनु पर्दछ । ती सामाग्रीहरु प्रयोग गर्दा के के कुरामा ध्यान दिनु पर्छ र साइरन बजेको अवस्थामा के गर्नु पर्छ सिकाउनु अनिवार्य हुन्छ ।

४. अहिले भइरहेको हाम्रो वरिपरिको सामाजिक बातावरण बारे बच्चाहरुलाई सतर्क गराउने । यदि केही संकास्पद कुराहरु वा कानुन मिचेर गरिएका कार्यहरु भैरहेका छन भने बच्चाहरुलाई हेरेर बस्न नभन्ने र नयाँ र सुरक्षित बाटोबाट घर आउन लगाउने । बाटोमा भएका त्यस्ता कृयाकलापबारे बच्चाहरुलाई अभिभावकले भन्न लगाउने।

बेल्जियमको कोत्रेकबाट सिरियाको युद्धमा भाग लिएका कट्टरपन्थी स्लामिक स्टेट अभियानका एक लडाकुले बुधवार फेसबुकमा बेल्जियमको सुरक्षा निकायलाई इङ्गित गर्दै एउटा धम्कीयुक्त भिडियो वक्तब्य पठाएको छ । ब्रसेलमा ३२ जनाको ज्यान जाने गरी आतंकबादी हमला भएको छ । जसको बिरुध्द यहाँको प्रशासनले कार्वाही समेत थालेको छ । जहाँ कही पनि दोहोरो भिडन्त हुने सम्भावनालाई नकार्न सकिंदैन । सरकारी कार्वाही र प्रतिसोधको ज्वालाले जो सुकैलाई पनि लपेट्न सक्दछ । ती घटनाहरुले यो संकेत् गर्दछन कि अब हाम्रा बच्चाहरु पनि पहिला जस्तो सुरक्षित छैनन् ।

५. बच्चाहरुलाई बदलिएको वरीपरिको बातावरण बारे जानकारी गराउने, कसैले फालेको बस्तु वा झोला छुन नदिने किनकि छोडिएको बस्तु बिस्फोटक पनि हुन सक्छ । यदि केही कुरा शंकास्पद लाग्यो भने तुरुन्त अलग्गिएर बाटो लागि हाल्ने । बेलुका वा आवश्यक भएमा त्यस्ता कुराको अबिभावकलाई जानकारी गराउन लगाउने वा पुलिसलाई फोन गर्ने ।

६. बच्चाहरुलाई प्रार्थमिक उपचार बिधि सानैबाट सिकाउनु राम्रो हुन्छ । जसले किशोर किशोरी वा बच्चाको जीवन दुर्घटना वा आतंककारीको आक्रमणबाट बच्चाउन मद्दत मिल्दछ ।

फेसबुकमा आफुले नचिनेका वा चिनेर पनि ढुक्क हुन नसक्ने कसैलाई साथी बनाइएको छ भने हटाउन लगाउने ।

७. बच्चाहरुको सुरक्षाको बारेमा योजना बनाउनु अहिले अनिबार्य हुन लागेको छ । केही दिनअगाडि बेल्जियममा घटेको घटनालाई नै लिउँ । अतिवादी साथीले लेखेको धेरैले लाइक गरे । कतिपयले हेर्दै नहेरी गरे भने कतिपयले साथी हो क्यारे मान्छे राम्रै थियो भनेर गरे । तर त्यो लाइक अहिले धेरै किसोर किशोरीहरुलाई अभिशाप भयो । त्यही लाइकको आधारमा प्रहरीले शंकास्पद स्थानहरुमा छापा मारी शंकास्पद व्यक्तिहरुलाई प्रकाउ गरेको छ। त्यसमा दुई जना घाइते भएका छन । त्यसमा कतिपय लहै लहैमा परे । अत बच्चा वा किशोर किशोरीहरुलाई यस्ता कुरामा सजग गराउनु अनिबार्य हुन्छ ।

८ .आपदकालीन निकासी मार्गहरु पहिचानको बारेमा बच्चाहरु जानकार हुनु पर्दछ । सोशियल भवनमा होस् वा स्कुल, आकस्मिक बाटो अवस्य हुन्छ । बिस्फोटकको कारणले होस् वा आन्तरिक करणले घरमा आगो लाग्न सक्छ । बच्चा मात्रै भएको बेलामा त्यस्तो दुर्घटना भयो भने बच्चाहरुले भाग्ने बाटो थाहा पाउनु उनिहरुको अधिकार हो । कामको बेफुर्सदीले अबिभावक नहुन सकिन्छ । त्यो बेलाको लागि आपदकालीन बाटो बारे सबै परिवारलाई जानकारी हुनु जरुरी हुन्छ ।

९. अग्रिम योजना: सामान्यतया -बिजुली, टेलिफोन, प्राकृतिक ग्याँस, पेट्रोल पंपों, नगद, एटीएम, र इन्टरनेट आदिको बारेमा घरका सबैले थाहा पाउनु जरुरी हुन्छ । आगो लाग्दा बिजुलिको मेन स्विच अफ गर्न सिकाउने, ग्यासको स्विच अफ गर्न सिकाउने, खनिज तेललाई अलग गर्न सिकाउने, नगद र बैंक कार्ड बचाउन सिकाउने योजना दुर्घतना हुनुभन्दा अगावै बच्चाहरुलाई सिकाइएको छ भने योजनाअनुसार महत्वपूर्ण समानहरूसहित सबैको ज्यान बाँच्न सक्दछ ।

१०. जोखिमबाट बच्न सिकाउने मिडियाहरु पढ्न बानी पार्ने । पेरिस र बेल्जियममा बुधबार घटेका आतंककारी घटनापछि धेरै किशोर किशोरिहरु इन्टरनेट, टेलिभिजन वा समाचार पत्रमा भएका घटना र भिडियो चित्रहरु देखेर आतंकबादी घटनाहरुबाट बच्न सिकेका छन ।

यहाँका स्थानिय धेरैजसो अबिभावकहरुले आफ्न बाल्बच्चा र किशोर किशोरीहरुलाई घरमा प्रशिक्षण नै दिन्छन । हामीले त्यो कती गरेका छौ वा छैनौ कुन्नी ?-