उत्तरी इराकको दूतावास संयुक्त सेनाद्वारा ध्वस्त

उत्तरी इराकको दूतावास संयुक्त सेनाद्वारा ध्वस्त


coalition has destroyed the Turkish consulate compound in Mosul
एजेन्सी । आइएस आतङ्ककारीद्धारा सन् २०१४ देखि नै कब्जामा लिई सञ्चालन गरिरहेको उत्तरी इराकको एक दूतावास अमेरिकासँग आवद्ध संयुक्त सेनाले सोमबार ध्वस्त गरेका छन् । उत्तरी इराकको मोसुल सहरमा रहेको टर्कीज राजदूतावास आइएसले नियन्त्रणमा लिएका थिए । सोमबार अमेरिकी सेनाको आक्रमणमा परी सो दूतावास ध्वस्त भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

टर्कीको विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिलाई उद्धृत गर्दै जनाइएअनुसार कब्जामा लिइएको सो दूतावासमा आइएसका उच्च कमाण्डर बसोबास गर्दै आएका थिए । उक्त दूतावासकमा स्थानीय समयाअनुसार सोमबार अपराह्न ३ बजे आक्रमण गरिएको प्रकाशित विज्ञप्तिमा जनाइएको छ । आइएस विरुद्धको कारबाहीमा अन्तर्राष्ट्रिय संयुक्त सेनाको हरेक क्रियाकलापमा सहयोग गर्ने टर्की सेनाले जानकारी दिएको छ । सन् २०१४ को जुन महिनामा आइएस आतङ्ककारीहरुले राजदूतावासका कन्सुलरसहित ४९ जना कर्मचारीलाई अपहरण गरेका थिए ।