बेलायतमा एक पाउन्डको नयाँ सिक्का आउने

बेलायतमा एक पाउन्डको नयाँ सिक्का आउने


1890लन्डन, बेलायतमा हाल प्रचलनमा रहेको गोलो आकारमा रहेको एक पाउन्डको सिक्का अब धेरै समयसम्म रहने छैन । तीन दशकभन्दा बढी समयसम्म प्रचलनमा रहेको उक्त सिक्काको नक्कली धेरै आउन थालेपछि नक्कल गर्नेहरुलाई निरुत्साहित गर्ने उद्देश्यले नयाँ सिक्क्लाई प्रचलनमा ल्याउन लागिएको हो । नयाँ आउने सिक्कामा १२ओटा पाटाहरु हुनेछन् जुन संसारकै सुरक्षित सिक्का मध्येमा पर्दछ । हाल प्रचलनमा रहेको गोलो सिक्का प्रत्यक सयमा तीन ओटा सिक्का नक्कली हुने गरेकोछ । अब आउने नयाँ सिक्काले आर्थिक पक्ष्यलार्इ मजबुत बनाउनेछ भने नक्कली कारोबार गर्नेहरुलाई पनि नियन्त्रण गर्ने स्बेलायत सरकारको विश्वास रहेकोछ ।
cccसन् २०१७ को मार्चबाट सर्वसाधारण समक्ष पुर्याउने लक्ष रहेको सो सिक्कालाई प्रारम्भ भएको ६ महिनाभित्रमा सम्पूर्ण पुराना सिक्कालाई फिर्ता गरिसकिनेछ, त्यसपछि भने पुराना सिक्काहरु निष्कृय हुनेछन् । उक्त नयाँ सिक्का ल्याउने सम्बन्धमा सन् २०१४ को बजेटमा नै घोषणा गरिएको थियो । दुइटा रंगको धातुको समीश्रण उक्त सिक्का एक मिनेटमा ४ हजारभन्दा बढी उत्पादन हुनेछन् । हाल विशेषगरी कार पार्कलगायत विभिन्न भेन्डिंग मशिनहरुमा एक पाउन्डको सिक्का व्यापक प्रचलन हुँदै आएकोछ । यो नयाँ परकारको सिक्काको प्रयोगबाट सम्पूर्ण भेन्डिंग मशिनहरुलाई पनि नयाँ परिवर्तन गर्नुपर्ने हुन्छ । नयाँ सिक्का लागू हुन अझै एक वर्ष बाँकी रहे पनि खुत्रुकेमा पैसा संकलन गर्नेहरुले तोकिएको समयअघि नै त्यसलाई व्यवस्थित गर्न सके राम्रो हुनेछ ।