क्षेत्री समाज यूकेकाे पाँचाैं अधिवेशन सम्पन्न

क्षेत्री समाज यूकेकाे पाँचाैं अधिवेशन सम्पन्न


chhetri-5thलन्डन, यही अप्रिल २ तारिख शनिवारका दिन बेलायतबासी नेपालीहरुको हकहितका लागि सन् २००७ मा स्थापित क्षेत्री समाज बेलायतको पाँचौं अधिवेशन भव्य रुपमा सम्पन्न भएकोछ | बेलायतको रेडिंगमा भएको उक्त अधिवेशनको उद्घाटन समाजका सम्रक्षक ध्रुव के.सी. र समाजकै अध्यक्ष्य प्रेम खड्काद्वारा सयुक्त रुपमा पानसमा बत्ति बालेर गरिएको थियो | संस्थाका अध्यक्ष प्रेम बहादुर खड्काको अध्यक्ष्यतामा बसेको सो अधिवेशनले समाजका पूर्व उपाध्याक्ष्य रि. क्याप्टेन धन बहादुर कुँवरलाई निर्बिरोध रुपमा संस्थाको अध्यक्ष्यमा चयन गरेको छ भने कुँवरको नेतृत्वमा आगामी दुइ वर्षको लागि २१ सदस्यीय कार्यसमितिको पनि चयन गरेकोछ | जसअनुरुप उपाध्यक्ष्यमा रि.क्याप्टेन टेक बहादुर जी.सी., महासचिव राजन कुमार क्षत्री, कोषाध्यक्ष्यमा गोबिन्द महत, सह-सचिव कुमार के.सी., सह-कोषाध्यक्ष्य सुश्री सेविका जी.सी., महिला संयोजक श्रद्दा थापा, जनसम्पर्क सचिव. दिल बहादुर जी.सी. र सांस्कृतिक सचिव श्रीमती सुनिता गौतम थापा, संचार संयोजक नरेन्द्र बस्नेत तथा कार्यकारी सदस्यहरुमा ललित कुमार न्यौपाने, कृष्ण थापा, श्रीमती माया के.सी., चन्द्र कार्की, उत्तम खत्री, यम भण्डारी, मनिष खड्का, पदम विर्ख रावल, श्रीमती प्रतिमा के.सी., इन्द्र क्षेत्री र टोप बहादुर रावत निर्विराेध चयन भएकाछन्|
IMG_2114कार्यक्रममा शुभकामना तथा स्वागत मन्तव्य दिंदै समाजलाई अघि बढाउन र समाजको हक हितको लागि सबैले मिलेर केही गरौँ भन्ने भावनाले अगाडि बढ्नु पर्ने सबैको राय रहेको थियो | समाजमा जेजति कार्यहरु भइरहेकाछन् त्यसलाई सबैले मिलेर अझ अगाडि बढाउने प्रयास गर्नुपर्ने र प्रतिस्पर्धाको भावनाले हैन सेवा र सहयोगको भावनाले अगाडि बढ्नुपर्ने जस्ता अवधारण राखिएका थिए | मन्तव्य प्रस्तुत गर्नेहरुमा समाजका अध्यक्ष्य प्रेम बहादुर खड्का, सम्रक्ष्यक ध्रुव के.सी., महासचिव टेक बहादुर जी.सी., पूर्व अध्यक्ष भीम बानिया र रामशरण सिंखडा थिए | महासचिव टेक बहादुर जी.सी.ले दुइवर्षे अवधिको सम्पूर्ण विवरणहरु प्रस्तु गरेका थिए | समाजलाई अझ बढी गतिशील र प्रभावकारी बनाउँदै लैजाने बाचासहित पुरानो कार्यसमितिले नयाँ कार्य समितिलाई हस्तान्तरण गरेको थियो |
-नरेन्द्र बस्नेत