प्रवासी नेपाली महिला मंचको तेस्रोअधिवेशन सम्पन्न

प्रवासी नेपाली महिला मंचको तेस्रोअधिवेशन सम्पन्न


1917939_1056991594359064_1777329352536403438_nबेल्जियम,मार्च १९,प्रबासी नेपाली महिला मंच बेल्जियमको तेस्रो अधिबेशन महिला नेत्री झुना निरौलाको अध्यक्षतामा २५ सदस्यीय समिति निर्माण गर्दै बेल्जियमको एन्टेर्पेन शहरमा सम्पन्न भएको छ ।
यस अधिबेशनबाट उपादक्ष्यत्रयमा क्रमश मुना केसी, सबिता दाहाल र इश्वरा शर्मा निर्वाचित भएका छन भने सचिब र कोषादक्ष्यमा क्रमश ज्ञानु बरुवाल, निता बराल सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनको खुल्ला सत्रमा बेल्जियमस्थित अधिकांश संघ संस्थाहरुले अधिवेशन सफलताको शुभकामना दिएका थिए । एन आर एन ए अन्तर्राष्ट्रिय सचिव अर्जुन कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा महिला नेत्री हरि भट्टराई व्दारा सन्चालन गरिएको पहिलो सत्रको सभापतित्व सोही समितिकी निबर्तमान अध्यक्ष इशा गुरुङले गरेकी थिइन् ।
-डिल्लि अम्माइ