फागुकाे रंगीन लहरहरू लण्डनमा पनि

फागुकाे रंगीन लहरहरू लण्डनमा पनि


1658554_10152320116799282_2082113182_oलण्डन । अाज नेपालमा धुमधामका साथ फागु पर्व अर्थात् होली पर्व मनाइँदै छ । हाेली पर्व नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ।
1291494_10152320108579282_1933765425_oहोली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गीन बनाउँछन् । होली पर्वलाई मेलमिलाप र सद्भावको सन्देश दिने पर्वको रुपमा लिइँदै आएको पाइन्छ । फागु पर्व दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रहृलादलाई मार्ने उद्देश्यले ब्रहृमाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी थिइन् भने प्रहृलादलाई आगोले छुन नसकेको हिन्दू धर्मशास्त्रहरूमा उल्लेख छ । सोही समयदेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।
1939765_10152320112599282_282031849_oद्धापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्धारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा सफल नभई प्राण त्याग्न पुगेकी र निजलाई व्रजवासीहरूले जलाई फागु महोत्सव मनाउने प्रथा चलेको पनि धर्मशास्त्रहरूमा उल्लेख छ । त होली पर्वले हिजोआज रुप परिवर्तन गरी विकृति फैल्याएको पनि प्रशस्त रुपमा देख्न पाइन्छ । मानिसलाई दु:ख दिने महिलामाथि होलीको बहानामा आक्रमण गर्ने जस्ता थुप्रै घटनाहरु भइरहेकोछन् । सामाजिक संजालको बढ्दो प्रयोग र प्रभावका कारण हिजोआज होली खेल्ने चलन पनि देश विदेश सबैतिर तेत्तिकै बढ्दै गैरहेकोछ । विशेषगरी होलीलाई दुइदिन मनाउने हाम्रो परम्परा भए पनि एक हप्ता अघिदेखि नै होली खेलेर रंगीन तस्वीरहरु सामाजिक संजाल्हारुमा राख्ने गरेको पाइन्छ स्वेच्छा र साथीभाई आफन्त इष्टमित्रहरुसँग मिलेर आपसी रमाइलोको हिसाबले होली खेल्नाले अवश्य पनि राम्रो हुनेछ ।
10005989_10152320116029282_915404694_oफागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली शुरु भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।
-नरेन्द्र बस्नेत