कसको निकटका कतिले जिते ?

कसको निकटका कतिले जिते ?


NC Election Result (12) (1)
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले निकै बुद्धिमतापूर्ण ढङ्गले मतदान गरेको निर्वाचन परिणामले देखाएको छ । अत्यधिक बहुमत (१८२२) ले शेरबहादुर देउवालाई सभापतिमा विजयी गराउने उनीहरूले महामन्त्रीमा कोइराला पक्षका डा. शशाङ्क कोइरालालाई (१४१७) विजयी बनाएका छन् । त्यस्तै कोइरालानिकटकै सीतादेवी यादवलाई (१२१७) कोषाध्यक्षमा चयन गरिदिएका छन् । सभापति देउवालाई काम गर्न सहज हुनेगरी बहुमत स्थानमा विजयी बनाउने मतदाताहरूले कोइराला पक्षलाई सम्मानजनक स्थान दिएका छन् भने रामचन्द्र पौडेलनिकटका केही नेतालाई पनि केन्द्रीय सदस्य बनाइदिएका छन् । कुल ६४ जना पदाधिकारी तथा सदस्यका लागि भएको निर्वाचनमा शेरबहादुर देउवानिकटका ३६, कोइरालानिकटका २३ र रामचन्द्र पौडेलनिकटका पाँचजना निर्वाचित भएका छन् । सभापति देउवाले २१ सदस्यहरू मनोनीत गर्न पाउने वैधानिक प्रावधान रहेको छ । तीमध्ये दुई रामचन्द्र पौडेल र कृष्ण सिटौला रहने निश्चित भएको छ ।

सभापति : शेरबहादुर देउवा (१८२२)
महामन्त्री : डा. शशाङ्क कोइराला (१४१७)
कोषाध्यक्ष : सीतादेवी यादव ( १२१७) (कोइराला)

डा. शेखर कोइराला – १८४८ (कोइराला)
खुमबहादुर खड्का – १८४६ (देउवा)
प्रकाशमान सिंह – १७९५ (कोइराला)
केबी गुरुङ – १७७३ (देउवा)
प्रदीप गिरी – १७२५ (देउवा)
प्रदीप पौडेल – १७०९ (कोइराला)
बालकृष्ण खाण – १७०४ (देउवा)
धनराज गुरुङ – १६९७ (कोइराला)
रमेश लेखक – १६८९ (देउवा)
पूर्णबहादुर खड्का – १६८६ (देउवा)
विमलेन्द्र निधि – १६८० (देउवा)
बलबहादुर केसी – १६७४ (कोइराला)
महेश आचार्य – १६६९ (कोइराला)
विश्वप्रकाश शर्मा – १६२० (देउवा)
सुजाता कोइराला – १६१९ (कोइराला)
डा. रामशरण महत – १६११ (कोइराला)
एनपी सावद – १५४७ (देउवा)
शंकर भण्डारी – १५४७ (देउवा)
ज्ञानेन्द्रबहादुर कार्की – १५०२ (देउवा)
गोपालमान श्रेष्ठ – १४९९ (देउवा)
चन्द्र भण्डारी १४९२ – (देउवा)
डा. प्रकाशशरण महत – १४९१ (देउवा)
बद्री पाण्डे १४८५ – (कोइराला)
डा. नारायण खड्का – १४६४ (कोइराला)
डा. मीनेन्द्र रिजाल – १४२० (कोइराला)

प्रदेश नं. १
गुरुराज घिमिरे (कोइराला)
भीष्मराज आङदेम्बे (देउवा)

प्रदेश नं. २
आनन्दप्रसाद ढुङ्गाना (कोइराला)
रमेश रिजाल (देउवा)

प्रदेश नं. ३
मोहनबहादुर बस्नेत (देउवा)
नवीन्द्रराज जोशी (पौडेल)

प्रदेश नं. ४
सुरेन्द्रराज पाण्डे (देउवा)
गोविन्द भट्टराई (पौडेल)

प्रदेश नं. ५
दीपक गिरी (कोइराला)
देवेन्द्रराज कँडेल (देउवा)

प्रदेश नं. ६
हृदयराम थानी (कोइराला)
जीवनबहादुर शाही (देउवा)

प्रदेश न. ७
वीरबहादुर बलायर (देउवा)
दिलेन्द्रप्रसाद बडु (कोइराला)

महिला
सरिता प्रसार्इं (कोइराला)
डा. डिला सङ्ग्रौला (देउवा)
पुष्पा भुसाल (देउवा)
कमला पन्त (पौडेल)
ईश्वरी न्यौपाने (देउवा)
अम्बिका बस्नेत (देउवा)

मधेसी
अजयकुमार चौरसिया (देउवा)
रामकृष्ण यादव (कोइराला)
महेन्द्र यादव (देउवा)
पार्वती डीसी चौधरी (देउवा
किरण यादव (कोइराला)

जनजाति
बहादुरसिंह लामा (देउवा)
कल्याण गुरुङ (कोइराला)
चीनकाजी श्रेष्ठ (कोइराला)
सीता गुरुङ (देउवा)
रत्ना शेरचन (पौडेल)

दलित
जीवन परियार (पौडेल)
मानबहादुर विश्वकर्मा (देउवा)
मीन विश्वकर्मा (देउवा)
लक्ष्मी परियार (देउवा)
सुजाता परियार (देउवा)

मुस्लिम
फर्मुल्लाह मन्सुर (देउवा)