बेलायतमा पत्रकारकाे नयाँ कार्यसमितिकाे चयन, महासंघकाे केन्द्रीय शीर्षस्थ चार प्रमुख नेतृत्वकाे उपस्थिति

बेलायतमा पत्रकारकाे नयाँ कार्यसमितिकाे चयन, महासंघकाे केन्द्रीय शीर्षस्थ चार प्रमुख नेतृत्वकाे उपस्थिति


12809860_10208226866722631_852174720_oलण्डन । नेपाल पत्रकार महासंघकाे बेलायत शाखाकाे तेस्राे अधिवेशन अाज ०६ तारिख अाइतबार सम्पन्न भएकाे छ, जसले नरेश खपाङ्गीमगरकाे नेतृत्वकाे नयाँ कार्यसमितिकाे चयन गरेकाे छ । खपाङ्गी, अघिल्लाे कार्य समितिमा वरिष्ठ उपाध्यक्ष रहेका थिए । नयाँ कार्यसमितिकाे वरिष्ठ उपाध्यक्षमा श्याम लुइँटेल र धर्मराज अधिकारी, उपाध्यक्षमा ध्रुवराज अर्याल र मिलन शर्मा अनि महासचिवमा लिलामान शेरपुन्जा र नारायण गाउँलेकाे उमेदबारी परेकाे थियाे । कूल ७४ मतसंख्या भएकाे समितिमा ५५ मत खसेकाे थियाे जसकाे मतदानमा श्याम लुइँटेल, ध्रुवराज अर्याल र लिलामान शेरपुन्जा वहुमतकाे अाधारमा विजयी भएका छन् । अध्यक्ष नरेश खपाङ्गी मगर, सचिव शिव भण्डारी तथा सदस्यहरू नरेन्द्र बस्नेत, नृपेश उप्रेती, सुजन पराजुली निर्विराेध रूपमा चुनिएका हुन् ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाकाे तेस्राे अधिवेशनमा महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, उपाध्यक्ष अनिता विन्दु, महासचिव उजीर मगर, काेषाध्यक्ष सूर्यमणि गाैतमलगायत नेपाल सूचना तथा संचार मन्त्री शेरधन रार्इका प्रेस सल्लाहकार मातृका पाैडेलकाे अातीथ्यजनक उपस्थिति रहेकाे थियाे । नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील काेइरालाकाे निधनपछि नेपालकाे सबैभन्दा ठूलाे राजनैतिक पार्टीकाे अध्यक्षतालगायत नयाँ कार्यसमितिहरूमा अाउने नयाँ अनुहारहरूकाे बारे देश तथा विदेशमा सम्वद्ध जनचासाेसहित पत्रकारिताकाे चासाे तीव्र रहेकाे अवस्थामा, नेपाल पत्रकार महासंघका शीर्षस्थ लगभग सबै पदाधिकारीहरूकाे बेलायतस्थित शाखाकाे अधिवेशनकाे अवसरमा यहाँ उपस्थित हुनुलार्इ निक्कै अथपूर्ण किसिमले हेरिएकाे छ । कार्यक्रममा उपस्थित पत्रकारहरूले यसै विषयमा राखेका चासाेमा अध्यक्ष डा. विष्ठले ‘हामीले हाम्राे शाखालार्इ महत्वकाे रूपमा लिएर ‘प्रायाेटाइज्ड’ गरेकाे’ बुझ्न अाग्रह गरेका थिए र काेषाध्यक्ष सूर्यमणि गाैतमले ‘बेलायत शाखाबाट समूल रूपमा निमन्त्रणाकाे चिठी अाएकाे र साेही अाधार दिएर नेपालस्थित बेलायती दूतावासमा समय र रहर हुनेहरूले अावेदन दिँदा भीसा अाएकाेले अाफूलगायत साथीहरू यहाँ अाएकाे’ भन्दै ‘नेपाली राजनीतिक पार्टीकाे महाअधिवेशनभन्दा महासंघलार्इ बेलायत शाखाकाे अधिवेशन महत्वपूर्ण लागेकाे’ बताएका थिए ।

२०१० जुलार्इमा नेपाल पत्रकार महासंघ बेलायत शाखाकाे पहिलाे तदर्थ कार्यसमिति, नवीन पाेखरेलकाे संयाेजकत्वमा गठन भएकाे थियाे जसले अाफ्नाे पहिलाे अधिवेशन सन् २०१२ काे जनवरीमा सम्पन्न गरी नवीन पाेखरेलकाे नेतृत्वकाे एक कार्यसमितिकाे चयन गरेकाे थियाे । साे कार्यसमितिकाे लागि उपाध्यक्ष पदमा चिरन शर्मा र विपिन निराैलाबीच उमेदबारी परेर मतदानकाे अाधारमा चिरन शर्मा उपाध्यक्ष बनेका थिए । शाखाकाे दाेस्राे कार्यसमितिमा सम्पूर्ण कार्यसमिति बिनानिर्वाचन, चिरन शर्माकाे नेतृत्वमा गठन भएकाे थियाे । खासगरी चिरन शर्माकाे दुर्इ वर्षीय कार्यसमितिले बेलायतस्थित नेपाली समुदायमा, नेपाल पत्रकार महासंघ बेलायत शाखाकाे संलग्नता रहेकाे, अाफ्ना विविध कार्यहरू गरी देखाउन सफल भएकाे थियाे । समाजमा एक्कासी केही महत्वका साथ हेरिन थालिएकाे शाखामा यस कार्यकालमा विविध राजनैतिक हस्तक्षेपहरूका गतिविधिहरू देखिएका थिए, जसकाे प्रभावमा कार्यसमितिभित्रै दुर्इ धारका गुटहरूकाे निर्माण भर्इ एकले अर्काेकाे कार्यमा भाँजाे हाल्ने तथा नसघाउने किसिमका कार्यहरू भएका थिए । साेही अवधिमा जनजाति पत्रकार महासंघकाे गठन पनि भएकाे थियाे र पत्रकार महासंघ बेलायत शाखामा अावद्धता नराख्ने पत्रकारहरूकाे अर्काे गुटकाे पनि निर्माण भएकाे थियाे । शाखाकाे तेस्राे कार्यसमितिमा अध्यक्ष पदकाे दावेदारी दिँदै सर्वत्र समाचारमा विमला सेने सुब्बा, नरेश खपाङ्गीमगरलार्इ चुनाैतिकाे रूपमा अाएकी थिर्इन्, जसकाे सहमतिमा केही दिनअगाडि नै नरेश खपाङ्गीमगर निर्विराेध रूपमा अध्यक्ष चुनिएका समाचारहरू अाएकाे र समाजलार्इ पत्रकारहरूले राम्राे उदाहरण दिर्इ गतिशील बनाएकाेमा पत्रकारहरूकाे समझदारीकाे प्रशस्तै प्रशंसा गरिएकाे साेही निर्विराेध चयनकाे र साेकाे शैलीकाे विराेधमा अाज भएकाे अधिवेशनकाे बन्द सत्रमा अध्यक्ष पदकाे पूर्व प्रत्यासी विमला सेने सुब्बाले अति नै गम्भीर रूपकाे लिखित रूपमा अाराेप लगाउँदै अाफूमाथि षडयन्त्र गरिएकाे र अाफूलार्इ भेदभाव गरिएकाे भन्दै पत्रकार महासंघकाे अध्यक्ष, उपाध्यक्षमा ‘वाेद्यार्थ’ गरी छानबिन गरिपाउँ भनी लिखित निवेदन दिएकी थिर्इन् ।

नेपाल पत्रकार महासंघकाे विधानअनुसार याे तथा यसका शाखाकाे अध्यक्षता गर्नकाे लागि कम्तीमा पाँच वर्षकाे सदस्यता राखेकाे बूँदालार्इ ल्याएर साे ही अाधारमा सेने सुब्बाकाे उमेदबारी नै ‘बदर’ बनाइएकाेलार्इ ‘अाधार’ बनाउँदै बेलायतस्थित शाखा नै ‘पाँच वर्ष नपुगेकाे’ अनि विगतमा सबै नेतृत्वकर्ताहरू पनि साे बूँदाअन्तर्गत ‘अवैधानिक’ रहेकाे भन्ने तर्क सेने सुब्बाले राखेकिथिर्इन् । उनले अगाडि भनेकिथिर्इन् -“यदि ती विगतका नेतृत्वकर्ताहरू अवैधानिक नभए ममाथि पूर्ण रूपमा भेदभाव भएकाे हाे । त्याे किन र कसरी गरियाे ? के म महिला भएकाेले नै मलार्इ पक्षपात गरिएकाे हाे ? यसकाे जवाफकाे लागि महाशाखाले गम्भीर रूपमा छानबिन गर्नुपर्ने अाग्रह गर्दछु ।” उनले अाफ्नाे विमत राख्ने क्रममा बेलायती कानूनअनुसारकाे व्यक्तिकाे व्यक्तिगत विवरणकाे दुरूपयाेग गरिएकाे र कानूनकाे उलङ्घन भएकाेलार्इ छानबिन गरी शाखाले त्यसकाे सही विवरण नदिए अाफू कानूनी रूपमा अगाडि बढ्न सक्ने बताएकिथिर्इन् । बेलायतमा केहीअगाडि नै अामन्त्रित गरिएका नेपाल पत्रकार महासंघका महासचिव उजीर मगरलार्इ खासगरी यही अधिवेशनकाे लागि विशेषगरी झिकाइएकाे सम्वद्धहरू बताउँदछन् । अधिवेशनकाे बन्द सत्रमा पत्रकारहरूले राखेका विमतहरूमध्ये केहीका अाराेपमा, उजीर मगरले अाफ्नाे सांगठानिक पदकाे दबाब अाफूसम्मत पक्षलार्इ पक्षपाेषण गर्नकाे लागि दिने गरेकाे बताइएकाे छ । दुर्इ सालअघि बेल्जियममा भएकाे पत्रकार महासंघ युराेप शाखाकाे अधिवेशनमा उजीर मगरकाे उपस्थितिकाे दबाब तत्कालीन अध्यक्ष महेश थापा र प्रत्यासी अाेम शर्मामा परेकाे देखिएकाे थियाे । केजीन रार्इकाे बिजयमा त्यहाँ उजीर मगरकाे उपस्थितिकाे गहन छाप भएकाे मान्नेहरूले बेलायत शाखाकाे अधिवेशनमा स्पष्ट रूपकाे दबाव देखेका बताएका थिए, त्यसकाे उदाहरण बिमला सेने सुब्बाकाे अापत्तिमा साथ दिनेहरूकाे संख्याले बताउँदथ्याे । “तपार्इंले त बेलायतकाे अधिवेशनमा खेल खेल्नु भयाे भन्ने हल्ला छ त !” भन्ने प्रश्नमा हाँस्दै “…जहाँ उजीरकाे उपस्थिति हुन्छ, त्यहाँ खेल त हुन्छ नै ” भनेका थिए ।

करीव दुर्इ सयवटा संघसंस्थाहरूकाे गठन भएकाे बेलायतमा अझै नेपाली मिडियाकाे अावश्यक रूपकाे महत्वकाे सार्वजनिक प्रभाव अगाडि नअाएकाे भए तापनि सम्वद्ध पक्षहरूमा जनजाति, गैरजनजाति, कांग्रेस र एमालेलगायतका गुटहरूकाे व्यापक अभियान चलेकाे थियाे, नयाँ कार्यसमितिकाे निर्माणका क्रममा । अाअाफ्ना गुटकाहरूलार्इ भाेट दिन या जिताउनका लागि प्रत्यक्ष रूपमा सर्वत्र भन्दै गरेकाहरूकाे समाज व्यापक चर्चा भइरहेकाे सन्दर्भमा खुल्लमखुल्ला ‘मेराे उमेदबार (श्याम लुइंटेल) लार्इ जिताउन मैले अाफ्ना मान्छेहरूलार्इ भनेकाे हुँ’ भन्ने प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष रामशरण सिम्खडा एकातिर थिए भने अाफूलार्इ नेपाली कांग्रेसमा लागेकाे भन्दै अाफ्नाे उमेदबारीमा भाँजाे हाल्नेहरूलार्इ ‘भ्रम’ भएकाे र अाफू त्यसरी नलागेकाे स्पष्टिकरण, सचिवमा निर्विराेध चुनिएका शिव भण्डारीले सबैलार्इ बताएका थिए । अनाैठाे ‘विराेधाभासहरू’बीच सम्पन्न भएकाे अधिवेशनकाे अाैपचारिक चरणकाे मुख्य अातीत्थ बेलायतका लागि कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले गरेकाे थिए, जसमा विशेष अतिथि नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ठ थिए, गैरअावासीय नेपाली संघ बेलायत शाखाका अध्यक्ष मुछेत्र गुरूछ, पत्रकार महासंघका उपाध्यक्ष अनिता विन्दु, महासचिव उजीर मगर, काेषाध्यक्ष सूर्यमणि गाैतमलगायत बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरू अतिथिहरू रहेका थिए ।

-प्रकाश के.सी., लण्डनबाट