केन्द्रीय सदस्य बन्न सैयौँ इच्छुक

केन्द्रीय सदस्य बन्न सैयौँ इच्छुक


NC Flag

नेपाली काङग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिन काङग्रेसका नयाँ र पुराना नेतादेखि ब्यवसायिक पृष्ठभूमिका ब्यक्तिहरूले समेत इच्छा राखेका छन् । प्रजातान्त्रिक आन्दोलनसँग पञ्चायतकालदेखि नै जोडिएका तर चिकित्सा पेशामा आबद्ध डा. राजाराम कार्कीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । त्यसैगरि, बैकिङ क्षेत्रमा लगानीकर्ताको रूपमा आबद्ध बिष्णुप्रसाद धितालले पनि पाँच नम्बर प्रदेशबाट उम्मेद्वारी दिने भएका छन् । त्यस्तै लामो समयदेखि प्रजातान्त्रिक आन्दोलनमा संलग्न हुँदै आउनुभएका ख्यातिप्राप्त गायक नन्दकृष्ण जोशीले सात नम्बर प्रदेशबाट उम्मेद्वारी दिने तयारी गरिरहनुभएको छ ।

केन्द्रीय सदस्यको उम्मेद्वार बन्न तयारी गरिरहनुभएका अन्य नेता तथा कार्यकर्ताहरूमा तारानाथ रानाभाट, नरेन्द्रविक्रम नेम्वाङ, भीष्मराज आङ्दम्बे, विश्वप्रकाश शर्मा, एनपी साउद, राजु खनाल, देवेन्द्र कँडेल, दीपकप्रकाश बाँस्कोटा, भरत शाह, अमुत अर्याल, पदम पालुंगा, रमेश रिजाल, चन्द्र भण्डारी, बहादुरसिंह लामा, जीवनबहादुर शाही, श्याम घिमिरे, हरिप्रसाद नेपाल, वीरबहादुर बलायर छन् । त्यसैगरि, प्रदिप गिरी, मनमोहन भट्टराई, महालक्ष्मी उपाध्याय डीना, लक्ष्मी खतिवडा, महेश आचार्य, बद्रि पाण्डे, प्रदीप पौडेल, अशोक कोइराला, रामचन्द्र तिवारी, शोभाकर पराजुली, बलबहादुर केसी, गोविन्दराज जोशी, शुक्रराज शर्मा, प्रतिमा गौतम, आनन्दप्रसाद ढुङ्गाना, डा. सुरेशचन्द्र चालिसे, सुधीर शिवाकोटी, महेश थपलिया, तुलसी सुब्बा, राजिव ढुङ्गाना, रेवती भुषाल, हृदयराम थानी, भुपेन्द्रजङ शाही, दिलेन्द्रप्रसाद बडु, ध्रुब वाग्ले, रणबहादुर रावल, जगन्नाथ पौडेल, बालकृष्ण खाण, रामकुमार चौधरी, कृष्णचन्द्र नेपाली, यज्ञबहादुर थापा, तिलक रुवाली, बासु तिमिल्सेना, उमा दाहाल, दिलमान पाख्रिन तामाङ, अम्बिका अधिकारी, रीता खनाल, कल्पना अधिकारी, रामनाथ अधिकारी, गोपालमान श्रेष्ठ, बालकृष्ण दाहाल, राजेन्द्र अमात्यले पनि उम्मेदवार दिने भएका छन् । त्यस्तै, सुरेन्द्र पाण्डे, अर्जुनप्रसाद जोशी, शङ्कर भण्डारी, मोहम्मद आफ्ताव आलम, कृष्ण यादव, कुमार रेग्मी, केशवकुमार बुढाथोकी, कृष्ण लामा, दुर्योधन सिंह चौधरी, हरिबोल भट्टराई, जीवन डंगोल, रञ्जित कर्ण, चिन्तनराज पौडेल, टेकराज पौडेललगायतले पनि पनि उम्मेद्वारी दिने भएका छन् ।

महाधिवेशनपछि पदाधिकारीमा नियुक्त हुने प्रवल सम्भावना रहेका नेताहरू खुमबहादुर खड्का, डा. रामशरण महत, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, लक्ष्मणप्रसाद घिमिरे, डा. शेखर कोइराला, डा. नारायण खड्का, डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल आदिले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुुहुने भएको छ ।